
भारतको उत्तर प्रदेश राज्यस्थित उन्नावमा बुबा–छोराले देवी–देवताका मूर्ति अनलाइनमा किनेर सयौं वर्ष पुरानो भन्दै भक्तजनलाई ठगेको घटना सार्वजनिक भएको छ । उनीहरुले १६९ भारुमा किनेको मुर्तिको सेटलाई पहिले खेतमा गाडेको र गाउँलेलाई बोलाएर खेत खनेर निकालेको भन्दै सयौं वर्ष पुरानो मूर्ति भेटिएको भन्दै प्रचार गरिएको पाइएको छ ।
पाँच सय वर्ष पुरानो मूर्ति भेटिएको हल्ला छिट्टै वरिपरि फैलिन थालेपछि पूजा गर्नेहरुको भिड लाग्यो । दुई दिनमा भक्तजनले ती मूर्तिमा ३५ हजार भारुको भेटी चढाए । तर पछि मूर्ति डेलिभरी गर्ने व्यक्तिले पोल खोलिदिएपछि अहिले ती बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा अशोककुमार र उनका दुई छोराहरु रवि तथा विजय गौतम छन् । प्रहरीका अनुसार दुई दिनमा मूर्तिलाई फलफूलसहित करिब ३५ हजारको भेटी चढाइएको थियो । बाबु र दुवै छोराले पनि पैसाका लागि सबै प्रपन्च रहेको स्वीकारेका छन् ।
खेतबाट हिन्दू देवताका पहेँलो धातुका मूर्तिहरू बाहिर निस्केको खबर पाएपछि एसडीएम र स्टेशन इन्चार्ज पनि घटनास्थल पुगेका थिए । उनले पुरातत्व विभागका अधिकारीलाई खबर गरी अभियुक्त अशोकको घरमा राखिएका मूर्तिहरू ल्याएका थिए । १६९ भारुमा अनलाइन अनलाइन अर्डर गरिएको खुल्यो ।
पाँचसय वर्ष पुरानो मूर्ति खेतमा भेटिएको कुरा अनलाईनमा पनि चर्चा हुन थाल्यो । त्यससम्बन्धि तस्विर मीशोका डेलिभरी म्यान गोरेलनले पनि देखे । उनले लगतै तस्बिर चिनिहाले । त्यसपछि उनले उक्त क्षेत्रका प्रहरी इन्चार्जलाई सम्पर्क गरेर मूर्ति अनलाइन अर्डर गरेको बताए । प्रहरीले शान्ति व्यवस्था भंग गरेको र जनताको विश्वासमा खेलाची गरेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको सो क्षेत्रका प्रहरी चौकी इन्चार्ज अनुराग सिंहले बताए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



