
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ भदौ । नेपाली महिलाहरूको महान चाड हरितालिका तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरू बजारमा सार्वजनिक हुन थालेका छन् । यसैबीच, लोक दोहोरी गायिका सुमित्रा गौतमको स्वर रहेको तीज गीत ‘सम्झायो माइतीघर’ सार्वजनिक भएको छ । दुर्योधन बस्नेतको शब्द रहेको यस भिडियोमा सुरेस शाहीको संगीत रहेको पाईन्छ । गीतको भिडियोमा एलिना राइमाझी, सुरबिर पण्डित, विद्या कार्की, राम सिह भाटको अभिनय रहेको गितमा ललित केसीले निर्देशन गरेको हो । यस भिडियोलाई न्युज२४ग्यालेक्सीले पर्दामा ल्याएको छ भने भिडियोको सम्पादन बिरेन्द्र भाटले गरेका छन् ।
झापा, १३ भदौ । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ६८ वटा निवेदन परेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिए । त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । यस्तै मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९…
झापा, १३ भदौ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए । मन्त्रालयले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सन् २०२० को सेप्टेम्बरमा नेपाल र इजरायलबीच सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सन् २०२१ मा एक हजार १४७ जना नेपाली कामदार इजरायल गइरहेका छन् । केयर गिभरका लागि गएका नेपालीहरूको कामबाट इजरायल र इजरायली कम्पनीहरू सन्तुष्ट…
बिर्तामोड, १३ भदौ । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत ३ वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो । विशेष नगरसभामा आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो । यस्तै विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९…
झापा, १३ भदौ । प्रदेश १ सरकारले संसदमा पेश गरेको प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ पारित तत्काल पारित गर्न नेपाल पत्रकार महासंघ प्रदेश समितिले माग गरेको छ । महासंघका महासचिव विवेक गौतमले आज एक विज्ञप्ति जारी गर्दै २०७८ फागुन ११ गते प्रदेशसभामा दर्ता भएको विधेयक अहिलेसम्म पारित नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘प्रदेशको सञ्चार माध्यमहरूको व्यवस्थापन, पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमको दर्ता र नवीकरण, समानुपातिक विज्ञापन वितरणसहित सञ्चार क्षेत्रको विकास गर्ने उद्देश्यले आएको विधेयकका कतिपय प्रावधानलाई सच्याएर अझै सकारात्मक बनाउनुपर्छ भन्ने नेपाल पत्रकार महासंघको धारणा छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तर,…
भद्रपुर, १३ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा सञ्चालित जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एकसमारोहका बीच झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले प्रतियोगिताको औपचारिक समापन गर्नुभएको हो । समापन समारोहमा प्रजिअ रिजालले खेलकुद देशको पहिचानको महत्वपुर्ण आधारस्तम्भ भएकोले खेलकुदलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने धारणा राख्नु भयो । उहाँले खेल र खेलाडीलाई साधन–स्रोत र सुविधा यथोचित ढंगले उपलब्ध गराउन सक्दा मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताउनु भयो । कार्यक्रममा झापा जिल्ला खेलकुद विकास ससमितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले छनोट प्रतियोगिताको…
बिर्तामोड, १३ भदौ । पत्रकार सुब्रत न्यौपानेले जन्मदिनको अवसरमा बिर्तामोड–१० को विराट आधारभूत विद्यालयका लागि बालउपयोगी पुस्तक दिएका छन् । एपीवान टेलिभिजनका प्रादेशिक व्युरो कोर्डिनेटर समेत रहेका पत्रकार न्यौपानेले विद्यालयको बाल क्लवका पदाधिकारीलाई ती पुस्तक हस्तान्तरण गरेका हुन् । भदौ १२ गते पत्रकार न्यौपानेको जन्मदिन हो । स्पीक कर्नर डटकमका सम्पादक समेत रहेका न्यौपानेले विद्यालयले स्थापना गरेको पुस्तकालयका लागि जन्मदिनको अवसरमा बाल उपयोगी पुस्तक हस्तान्तरण गरिएको बताए । ‘कोर्ष भन्दा बाहिरका बालउपयोगी पुस्तकमा पनि बालबालिकाको ध्यान जानुपर्छ’, पत्रकार न्यौपानेले भने, ‘अनि मात्र उनीहरु थप रचनात्मक बन्न सक्छन् ।’ न्यौपानेले जन्मदिनमा पुस्तक उपलब्ध गराएकोप्रति विद्यालयले खुशी प्रकट गरेको छ । शिक्षक…
भद्रपुर, १३ भदौ । आसन्न निर्वाचनका लागि झापाबाट नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षी र समानुपातिक आकांक्षी उम्मेदवारहरुको नाम जिल्लाले प्रदेश कमिटीलाई सिफारिस गरेको एकीकृत समाजवादी पार्टी झापाका प्रचार विभाग प्रमुख जिल्ला तीर्थ सिग्देलले जानकारी दिनुभयो । पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे, दुर्गा भट्टराई, विष्णुमाया पाठक, क्षेत्र नं. २ बाट पोलटब्युरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य निलमणि बराल, अर्जुन मेचे, रमा खवास, क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य पुष्प पोखरेल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, क्षेत्र…
बिर्तामोड, १३ भदौ । शिक्षा संगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् । झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको इक्यान झापाका अध्यक्ष लमिलन ओलीले बताए । रक्तदान जीवनदान भन्ने नाराका साथ बिर्तामोड स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको रक्तदानमा ४० जनाभन्दा धेरैले रक्तदान गरेका छन् । झापा शाखाले यस पटक रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना…
झापा, १३ भदौ । मोरङ, केराबारी–८, शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीय छोरीसहित बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा २८ वर्षीय रिता चापागाईं फुयाल छिन् । उनी गत साउन ३ गते दिउँसो केराबारीस्थित साप्ताहिक बजारमा किनमेल गर्न भन्दै आफ्नी ९ वर्षकी छोरीलाई लिएर गएकी थिइन् । सोही दिन दिउँसो ३ बजेदेखि आमाछोरी नै बेपत्ता भएका हुन् । उनको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा उनका श्रीमान् सूर्यप्रसाद फुयाँलले निवेदन दिएका छन् । साउन ४ गते बिहान १० बजे बनेपाको टेलिकम अफिस अगाडि आफ्नी श्रीमती ओर्लिएको जानकारी धरानदेखि काठमाडौं चल्ने मितेरी बसका स्टाफले दिएको सूर्यप्रसादको भनाइ छ । लामो समय विदेशका…