
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २३ साउन । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित ठुलो नेते खोलामा पुल बन्ने भएको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण सात करोडको लागतमा पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई ५० मिटर रहने पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर अमृतकुमार दाहालले जानकारी दिए । पुल निर्माण स्थलको आज अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन, रोङ गाउँपालिका अध्यक्ष सुभास तामाङ, प्रदेश सांसद धिरेन शर्मा अर्जुनधारा वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेत लगायतले स्थलगत अनुगमन गर्नुभएको अर्जुनधारा नगरपालिकाका प्रेस सल्लाहकार नन्दलाल खतिवडाले जानकारी दिनुभयो । उक्त खोलामा पुल बनेपछि अर्जुनधार र रोङ गाउँपालिकाका स्थानीयबासी लाभान्वित हुनेछन् । उक्त खोलामा हाल काठ…
विराटनगर, २३ साउन । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् । नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् । नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला…
बिर्तामोड, २३ साउन । झापाको अर्जुनधारा जलेश्वर धाममा छठ युवा फ्रन्टले निःशुल्क पानी, फलफुल र जुस वितरण गरेको छ । आज मन्दिर परिसरमा फ्रन्टले भक्तजनका लागि फलफुल पानी र जुस वितरण गरेको हो । प्रत्येक वर्ष साउन महिनाको एक सोमबार सामाजिक कार्य गर्दै आएको बताउँदै फ्रन्टका अध्यक्ष दिपक शाहाले करिब २५ सय भक्तजनका लागि पानी, केरा, स्याउ लगायतका फलफुल वितरण गरिएको जानकारी दिए । उक्त सामग्र वितरण कार्यक्रममा फ्रन्टका बरिष्ठ उपाध्यक्ष अरूण जैसवाल, उपाध्यक्ष आशिष शर्मा, अभिषेक शर्मा, महासचिव उज्जवल शाहा, कार्यक्रम संयोजक दिपचन शाहा, कोषाध्यक्ष चन्दन शाहा, सहकोषाध्यक्ष बिजेश्वरी शाहा, सचिव रतन चौधरी लगायतको उपस्थिति रहेको थियो । त्यस्तै…
झापा, २३ साउन । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरूसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरूसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल…
झापा, २३ साउन । राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गरेका हुन् । बैठकमा पेश भएका प्रतिवेदनमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७र७८, राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन, २०७७÷७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरिएको हो । बैठकले ‘कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले उक्त समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाका…
झापा, २३ साउन । तरलताको समस्या देखिएपछि सहकारी संस्थाका सदस्य बचतकर्ताले एकपटकमा ५ प्रतिशत मात्रै रकम निकाल्न पाउने भएका छन् । सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाले यस्तो आह्वान गरेका हुन् । गौतम श्री बहुउद्देश्यीय सहकारी लिमिटेडका निक्षेपकर्ताले निक्षेप फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी गरेपछि अन्य सहकारीमा पनि निक्षेप फिर्ताको चाप बढेको छ। बजारमा तरलता अभाव भएका बेला निक्षेपकर्ताले धमाधम रकम फिर्ताका लागि आवेदन दिन थालेपछि थप समस्या सिर्जना हुनबाट रोक्न तालिका बनाएर भुक्तानी गर्न आह्वान गरेको राष्ट्रिय सहकारी महासंघले जनाएको छ। तरलता अभाव नभएका सहकारीमा भने यो…
झापा, २३ साउन । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ। निगमका अनुसार पछिल्लो १६ जुलाई र १ अगस्ट दुई पटकमा गरेर पेट्रोल प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा, डिजेल…
झापा, २३ साउन । झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् । आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
भद्रपुर, २३ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा आइतबार बेलुका एक जना महिलाको मृत्यु भएको छ । बुद्धशान्ति–२ रबरबगानस्थित भित्रि सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अर्जुनधारा नगरपालिका–७ की ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी कार्कीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्सी अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो । मृतक मोटरसाइकल चालक अर्जुनधारा–७ का ४४ वर्षीय सुमन कार्कीका आमा हुन् । सुमन सकुशल रहेका छन्…
बिर्तामोड, २३ साउन । नेपाल सरकारको प्रस्तावित राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही १२० किलोमिटर सडकको एसियाली विकास बैँकले स्तरोन्नति गर्ने भएको छ । हालको २ लेनबाट ४ लेनमा स्तरोन्नति गर्ने भएको हो । सडक एशियन हाइवे स्टेन्र्डडको हुने आज बिर्तामोड नगरपालिकाको हलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको हो । आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन प्रतिवेदनका सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस सडकको बारेमा बिस्तृत जानकारी गराईएको थियो । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामि पौषसम्ममा ठेक्का खुल्ने र आगामि वर्षको सुरुवात देखिनै निर्माणको काम सुरु हुने आयोजनाका वातावरण विज्ञ राजेन श्रेष्ठले जानकारी दिनु भयो । करिब २८ अर्ब १७…