
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ साउन । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो । गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।
बिर्तामोड, २१ साउन । माध्यमिक परीक्षा तह एसईई पास गरेका विद्यार्थीले झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट पढ्न पाउने भएका छन् । विद्यार्थीको बढदो माग र आवश्यकता समेतका आधारमा आदर्श स्कूल अफ म्यानेजमेन्टले यस्तो अवसर सिर्जना गरेको हो । झापाको बिर्तामोडमा पुरानो यातायात कार्यालयदेखि दुई सय मिटर दक्षिणमा आदर्श स्कूल अफ म्यानेजमेन्ट सञ्चालनमा छ । पूर्वाधारयुक्त आदर्श स्कूल अफ म्यानेजमेन्ट निधि एचएमको एउटा व्लक हो । २०७४ सालमा स्थापना भएको आदर्श स्कूल अफ म्यानेजमेन्टले होटल व्यवसायको क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादनको प्रारम्भिक आधार तयार गर्दै विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक सीप सिकाइरहेको छ । एसईई पास गरेपछि के विषय पढ्ने भन्ने अन्योलमा परेका…
झापा, २१ साउन । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्ने पक्षमा काँग्रेस देखिन्छ। त्यसअनुसार ७६ निर्वाचन क्षेत्रमा काँग्रेसले सबैभन्दा बढी मत पाएको छ। ती निर्वाचन क्षेत्र काँग्रेसले आगामी निर्वाचनमा नछाड्ने पक्षमा रहेको जानकारी दिँदै एक नेताले एमालेले सबैभन्दा धेरै मत पाएको प्रतिनिधिसभाको ७१ निर्वाचन क्षेत्रका विषयमा कार्यदलले बढी काम गर्ने दाबी गरे । त्यसरी अघि बढ्दा प्रत्यक्षतर्फ माओवादी केन्द्र करिब ४०, नेकपा एस र जसपाले १०र१५ क्षेत्र प्रत्यक्षतर्फ पाउने नेताहरूको बुझाइ छ। तर, माओवादी केन्द्र काँग्रेसलाई प्रतिनिधिसभामा बहुमत ल्याउनबाट रोक्दै वामपन्थी…
झापा, २१ साउन । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम नै रहेको आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले बताउनुभयो । ऐनले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ। उक्त प्रावधान बमोजिम तालमेल गर्ने राजनीतिक दलले आयोगमा दर्ता रहेको आफ्नै चुनाव चिह्न वा अन्य छुट्टै चुनाव चिह्नसमेत रोजेर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन पाउनेछन् । आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक…
झापा, २१ साउन । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य थालेको छ। मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले कर्मचारीको तलब वृद्धिलाई व्यवस्थित, प्रभावकारी र समय सापेक्ष बनाउने उद्देश्यले उच्च स्तरीय तलब आयोग गठन गर्न मन्त्रालयले प्रारम्भिक छलफल…
झापा, २१ साउन । ‘लायक’ सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ‘सचिव डम्प गर्ने अखडा’ बन्न पुगेको छ । कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर कारबाही गरेको अनुभूति दिलाइन्छ । यस्ता प्रवृत्तिका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कामकारवाही प्रभावकारी हुन नसकेको कार्यालयकै कर्मचारीको आरोप छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सात सचिव रहेकोमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुनस् दुई सचिव प्रधानमन्त्री कार्यालयमा ल्याएको छ । अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यलयको अतिरिक्त समूहमा राखिएको छ । जहाँ उनीहरुको कुनै काम नै हुँदैन । आजको राजधानी दैनिकमा खबर…
चितवन, २० साउन । बाल गायक प्रिन्स सिलवालले हरितालिका तीज पर्वलाई लक्षित गरेर बुट्टे सारी गीत सार्वजनिक गर्नुभएको छ । बाध्यताले विदेशीनु परेको बुबा, भड्किलो बन्दै गएको तीजमा आमा र छोराबीचको झगडालाई सिलवालले गीत मार्फत ल्याउनुभएको हो । प्रिन्सको बुट्टे सारी बोलेको तीज गीत उहाँले बिहीबार आफ्नो आधिकारिक युटुब च्यानल ‘प्रिन्स सिलवाल अफिसियल’बाट सार्वजनिक गर्नुभएको प्रिन्सका बुबा रमेश सिलवालले जानकारी दिनुभयो । यो पटक प्रिन्स सिलवाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिनुभएको छ । सार्वजनिक गरिएको गीतमा सीताराम सिलवालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने आदेश गुरुमछानले एरेन्ज गर्नुभएको छ । म्युजिक भिडियोमा गायक प्रिन्स सिलवालसँगै सन्ध्या बुढा, नम्रता शर्मा…
भद्रपुर, २० साउन । झापाको सदरमुकाम रहेको भद्रपुरमा ‘भद्रपुर महोत्सव’ शुरु भएको छ । भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने, संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनिकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धनलगायतका उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो । खेलकुदलगायत सामाजिक गतिविधिमा सक्रिय भद्रपुर युवा क्लवले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकाबाट स्वीकृति लिई ‘भद्रपुर महोत्सव’ आयोजना गरेको क्लवका अध्यक्ष बिर्जु सहनीले जानकारी दिनु भयो । महोत्सवमा व्यावसायिक स्टलहरुका साथै रमाइलो मेला, बाटबाटिका र मनोरञ्जनात्मक र्सास्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । १५ गतेदेखि सञ्चालन गर्ने भनिएको…
बिर्तामोड, २० साउन । कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालय बीच न्यायमा पहुँच कार्यक्रम (एटुजे परियोजना)का लागि सम्झौता भएको छ । संस्थागत सुधार कार्यक्रम मार्फत् न्यायमा पहुँच अभिबृद्धि परियोजनाको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ को संयोजनमा झापाको बिर्तामोडमा आज आयोजित ‘एकीकृत कानूनी सहायताको अनुगमन तथा प्रतिवेदन प्रणाली अन्तरक्रिया कार्यशाला’ का बीच मन्त्रालय र विश्वविद्याय बीच सम्झौता भएको हो । सम्झौता पत्रमा मन्त्रालय सहसचिव तथा परियोजना राष्ट्रिय कार्यक्रम निर्देशक फणिन्द्र गौतम र पूर्वाञ्चल विश्व विद्यालयका कानून संकायका डीन अनिलकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अन्तरगत पूर्वविद्यालयले कानून संकायमा ‘क्लिनिकल लिगल एकजुकेशन’ सञ्चालन गर्नेछ…
बिर्तामोड, २० साउन । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलिय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायकाकारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो । बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।…