
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ कात्तिक । इलाममा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै मेची राजमार्गमा बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्म अर्को सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ुमोन्था’ का कारण बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरूमा मौसम प्रभावित हुने देखिएको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको हो । प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपद्जन्य घटना घट्न…
झापा, १२ कात्तिक । यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत आइतबार एकै दिन प्रतितोला रु ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । हिजो मङ्गलवार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको…
अर्जुनधारा, १२ कात्तिक । जेनजीका नाममा भएको बिध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधबार बिषेश नगरसभाको अधिवेसन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले विषेश अधिवेसन गरेर बार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगरसभाको बिषेश अधिवेसन आह्वान गरेको हो । नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संसोधन गरेको जनाएको छ । नगरपालिका र विषयगत शाखाबाट २ करोड ८१ लाख ७ हजार ३४३ र वडाको सिलिङबाट ७ प्रतिशतका दरले बजेट कटौती भएका उपप्रमुख खड्गमाया पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, कृषि, भ्रमण, महिला बालबालिका, पशुपंक्षी, सामाजिक विकास तथा सौन्दयीकरण लगायतका क्षेत्रको…
झापा, १० कात्तिक । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–९ स्थित बैसबारी क्षेत्रको माईखोलाको बीच भागमा एक अन्दाजी ५५/५६ वर्षीय पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले आज अपराह्न ४:५० बजे शव देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई जानकारी गराएका थिए। प्रहरीका अनुसार मृतक पहाडे मूलका मंगोलियन अनुहार भएका व्यक्ति हुन्, जसको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन। उनी कम्मरभन्दा तल कालो रंगको ट्रायकसुट मात्र लगाएको अवस्थामा फेला परेका थिए। घटनाको जानकारी प्राप्त भएपछि ईप्रका झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। हाल शवको पहिचान, घटनाको कारण र अन्य कानुनी प्रक्रिया सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
देवेन्द्र झापाली देश जलिरहेछ — तर सिंहदरबारका झ्यालहरू अझै बन्द छन्, त्यहाँ हावा चल्दैन, आवाज पुग्दैन, सत्ता र इतिहासको गन्धमा हराएका मान्छेहरू जनताको पीडा सुन्न डराउँछन्। देश जलिरहे छ — तर हामी मौन छैनौं अब, हामी स्क्रीनभित्रका सन्तान हौं, हाम्रो आवाज डिजिटल छ, तर हाम्रो रगत पुरानो बागमतीजस्तै रापिलो छ। हामी हौं — जेन–जीको तुफान, हामी हौं – टिकटोकबाट उठेको आन्दोलन, फेसबुकलाई मञ्च, र इंस्टाग्रामलाई युद्धभूमि बनाउने पुस्ता। हामी हौं — जुन पुस्ताले “सिस्टमलाई प्रतिकार गरे!” राष्ट्रलाई चकित पारे, किनकि अब कविता मात्र होइन — क्रान्ति पनि शब्द शब्दमा लेखिन्छ। देश जलिरहेको छ र ती पुराना नेताहरू अझै “संविधान संशोधन”को…
बिर्तामोड, ८ कात्तिक । प्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लाइभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ ।गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक ९टाइटल स्पोन्सर० का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ । अब ‘एलभिडी झापा महिला गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । एलभिडीले यसअघि झापामा भएको फुटबलमा पनि प्रायोजन गरेको थियो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत ९सिओओ० सौरभ श्रेष्ठले झापा महिला गोल्डकपसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।नेपालमा १० वर्षदेखि सञ्चालनमा रहेको एलभिडीले महिला खेलाडीको प्रोत्साहनका…
झापा, ७ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोकस्थित खेतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज दिउँसो १२:१५ बजेको समयमा तालामाई मर्डी (५५) को करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय कुमार मगरको घरबाट बिजुली ल्याई आफ्नो घरमा बाल्ने क्रममा विद्युत् आपूर्ति बिग्रिएपछि मर्डी तार जाँच्न खेततर्फ गएकी थिइन्। सोही क्रममा करेन्ट लागेर घोप्टो परेकी मर्डी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थलमा खटिएको थियो। मृतकको शव पोष्टमार्टमका लागि…
झापा, २९ असोज । झापाको कनकाई–७ स्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसन, दुर्गापुरमा तीन दिवसीय विविध खेलकुद गतिविधि सुरु भएको छ। विद्यालयको वार्षिक क्यालेन्डरअनुसार प्रत्येक वर्ष सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष २०८२ सालको वार्षिक कार्यतालिकाअन्तर्गत आज बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ। शिक्षक ईमानसिङ्ग फ्याक (लिम्बू) का अनुसार प्रतियोगितामा फुटबल, भलिबल, कराते, टेबलटेनिससहित ४० भन्दा बढी खेल विधा समावेश छन्। कार्यक्रमको उद्घाटन विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा वडा नं. ७ का अध्यक्ष भीष्मभूषण सिटौलाले गर्नुभयो। उद्घाटन समारोहमा अध्यक्ष सिटौलाले शिक्षा क्षेत्रको समुन्नतिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको योगदानलाई महत्वपूर्ण बताउनुभयो। उहाँले सरकारी शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय…
झापा, २९ असोज । झापाको गौरादह नगरपालिका वडा नं. १ स्थित कृषिबजार क्षेत्रमा प्रहरीले अवैध रूपमा लुकाई छिपाई ल्याइएका पटका बरामद गरेको छ। बुधबार बिहान १०:३० बजे इप्रका गौरादहबाट प्रबनानि चन्द्रीका कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले गौरीगंजबाट गौरादहतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा लुकाई ल्याइएका दुई बोरा आलुबम खोर्साने पटका फेला पारेको हो। प्रहरी टोलीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकलसहित सामान छाडी फरार भएका थिए। बरामद गरिएको पटका इप्रका गौरादहमा राखिएको छ। बरामद पटकाको अनुमानित मूल्य रु. ५०,००० रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
भारत, २९ असोज । भारतीय राज्य राजस्थानको जैसलमेर जिल्लामा मंगलबार दिउँसो भएको एक भीषण बस दुर्घटनामा २० जनाको ज्यान गएको छ। सर्ट सर्किटका कारण निजी एसी स्लिपर बसमा आगलागी हुँदा तीन दर्जनभन्दा बढी यात्रु गम्भीर रूपमा घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, लगभग ७० प्रतिशत शरीर जलेका १६ जनालाई जोधपुरस्थित मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ। मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटनाग्रस्त बस जैसलमेरबाट जोधपुर जाँदै थियो र बसमा जम्मा ५७ जना यात्रु सवार थिए। पोखरणका विधायक प्रताप पुरीले घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। रिपोर्टअनुसार, बसको…