
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, २९ साउन । कनकाई नगरपालिका–६ को वार्डको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गरिएको छ । वडाध्यक्ष दीर्घबहादुर थापाले आर्थिक बर्ष २०७९÷८० को वडाको बजेट सार्वजनिक सुनुवाई गरेरै सार्वजनिक गर्नुभएको हो । वडाले पाएको कुल ८९ लाख २९ हजारको उक्त बजेट सार्वजनिक गर्दै वडाअध्यक्ष थापाले बजेटमा भौतिक विकास तर्फ ४७ लाख ५० हजार, सामाजिक विकास तर्फ १६ लाख ९९ हजार, शिक्षा तर्फ ४ लाख ३० हजार संस्थागत विकास तर्फ ६ लाख ७५ हजार, कृषित तर्फ ६ लाख २५ हजार, बिपद व्यावस्थापन र भैपरि आउने तर्फ ७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टाउनु भएको छ । यस बर्षको वार्डको बजेटमा कृषकलाई…
कनकाई, २९ साउन । झापाको कनकाई नगरपालिकाबाट प्रकाशित कनकाई साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको छ । अनलाइन संस्करणसमेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउँदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउनुभयो । सो अवसरमा उहाँले सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेच्क्षुकमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार हो । हरेक साताको आइतबार नियमित प्रकाशन हुँदै आएको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट नियमित रुपमा ‘ख’ वर्गमा वर्गीकरणमा…
झापा, २९ साउन । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने भएका छन्। आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो। त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो। आसन्न…
एजेन्सी । ‘किङ अफ सिप’ समेत भनिने सेनेगलको द लाडौम सिप अफ्रिकी देशको प्रतिष्ठा बनेको छ । यो भेडाको उन्नत प्रजातिको मूल्य ८५,००० डलर (१ करोड रुपैयाँ) भन्दा बढी पर्छ । मौरिटानियन ‘तोउबिरे’ नस्ल र मालियन ‘बाली–बाली’ को एक हाइब्रिड, लाडौम पहिलो पटक सन् १९७० को सुरुमा सेनेगलको राजधानी डकार बाहिर प्रजनन गरिएको थियो । पश्चिमी अफ्रिकी देशभरी लाडौम नस्ल अत्यधिक चर्चित छ । यो नस्लको विकासका लागि आर्थिक रुपमा सम्पन्न परिवार र प्रजननकर्ताले यसमा पैसा खर्च गर्छन् र जसले यसमा खर्च गर्न सकिरहेका हुँदैनन्, उनीहरुले कुनै दिन यस्तो गर्ने सपना देखिरहेका हुन्छन् । जुन देशको ४० प्रतिशत जनसंख्याले प्रतिदिन…
झापा, २९ साउन । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा सचिवहरूको बैठकले उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यातायात व्यवस्था विभागले २०७८ जेठ १ मै निर्देशिका जारी गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । संशोधित कार्यविधिअनुसार लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई अब सबै प्रदेशले कार्यान्वयन गर्नेछन्। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले निर्देशिका लागू गरेका भए पनि मधेश प्रदेश, बागमती र कर्णाली प्रदेशले पूर्वाधारको अभाव…
झापा, २९ साउन । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका-१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए। सदरमुकाममा जिल्ला अस्पताल र रेडक्रस सोसाइटीका दुईवटा एम्बुलेन्स भए पनि घाइतेलाई अस्पतालसम्म ल्याउन ट्याक्टर प्रयोग गर्नुपर्ने बाध्यता आइलाग्यो । जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। मर्मतमा कसैको ध्यान पुगेको छैन। मुगु सदरमुकामसमेत रहेको छायानाथ रारा नगरपालिकाले चार वर्षअघि एम्बुलेन्स खरिद गयो। पाँच महिनादेखि एम्बुलेन्स नगरपालिकामै थन्किएको छ। प्रमुख जिल्ला अधिकारीले पटकपटक एम्बुलेन्स मर्मत गर्न दिएको निर्देशन पालनामा नगरपालिकाले अटेर गरेको छ। नगरपालिकाका सूचना अधिकारी शिवहरि रोकायले एम्बुलेन्सलाई तयारी…
झापा, २९ साउन । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश…
झापा, २९ साउन । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ । ‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती अधिकारीले भने, ‘निर्णय भने गर्न बाँकी छ, कुन समूहलाई पहिलो प्राथमिकता दिने भन्ने विषयमा छलफल भइरहेको छ ।’ पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको र संक्रमणसँगै मृत्युदरसमेत बढिरहेकाले दोस्रो बुस्टर डोजको विकल्प’दयगत छलफल भएको ती अधिकारी बताउँछन् । पछिल्लो एक महिनाको…
झापा, २९ साउन । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् । विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ । विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवर्द्धनसम्म छन् । कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट…
वितामोड,२७ श्रावण । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले फोनिजको २३औं स्थापना दिवस तथा १०औं वार्षिक साधारण सभाको अवसरमा तीन जना पत्रकारलाई पुरस्कृत गरिएको छ । शुक्रबार झापाको विर्तामोडमा सम्पन्न २३औं स्थापना दिवस एवम् १०औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार भीमा शिवाकोटीलाई स्वर्गीय डिकमान सुनवार विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गरिएको हो । कञ्चनजंघा एफएममा कार्यरत शिवाकोटीलाई नगद २५ हजारसहित ताम्रापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै फोनिज झापाले स्थापना गरेको उदीयमान पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय एपी वान टेलिभिजनका झापा सम्बा द्दाता विष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगा बेघा लिम्बूलाई जनही पाँच÷पाँच हजार…