झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २९ असार । झापा जिल्ला जुडो तथा आर्चरी खेलसित आबद्ध खेलाडीहरूले गुरू पूर्णिमाको अवसर पारेर गुरूको सम्मान गर्दै खेल प्रदर्शन गरेका छन् । जोडो संघको कभर्ड हलमा आयोजित कार्यक्रममा जुडो खेलका संस्थापक जिगोरो कानोको तस्वीरमा माल्यार्पण गर्दै खेलाडीहरूले आफ्नो खेल प्रदर्शन गरेका हुन् । जुडो खेलका अन्तराष्ट्रिय खेलाडी आशिक लिम्बू तथा आर्चरी (धनुष वाण) खेलकी खेलाडी योगिता काँम्वाङ्गको नेतृत्वमा खेल प्रदर्शन गरिएको थियो । जुडो संघ झापाका अध्यक्ष प्रा.डा पृथ्वीविक्रम राईको अध्यक्षता तथा प्रमुख प्रशिक्षक गंगा खड्काको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यसैबीच अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम समेत सम्पन्न गरिएको थियो । जोडो खेलका…

Read More

भद्रपुर, २९ असार । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबायल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी २ थान र नगद रू ६१ हजार ५०० गरी रू पाँच लाख १८ हजार दुई सय बराबरको चोरीको थियो । उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मंगलबार राति…

Read More

झापा, २९ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन्। कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए। मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, “अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।” उनले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च…

Read More

झापा, २९ असार । उनीसँगै सशस्त्र विद्रोहमा हिँडेका केपी ओली दुई पटक प्रधानमन्त्री भइसके । सीपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री भए । तर, २०२८र२९ को झापा विद्रोहमा लागेर १७ वर्ष कठोर जेल जीवन बिताएका मानकुमार तामाङले एउटा घरसम्म बनाउन सकेका थिएनन् । झापा अर्जुनधारा–१ को एउटा काठे टाँटमा जीवन गुजार्दै आएका तामाङका लागि स्थानीय लेखक र पत्रकारले पक्की घर बनाइदिएका छन् । गुरुपूर्णिमाको अवसरमा बुधबार उनलाई घर हस्तान्तरण गरिएको छ । चुहिने र भत्किन लागेको कच्ची घरबाट शुभेच्छुकले बनाइदिएको भवनमा सर्दा तामाङ खुसी देखिन्थे । ‘त्यत्तिका बर्ष जेल बसेर फकिँदा जुन खुसी थियो, आज नयाँ घरमा गृहप्रवेश गर्दा उस्तै…

Read More

बिर्तामोड, २९ असार । नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रणामपत्र वितरण गरिने भएको छ । यही असार ३२ गते संघले काठमाण्डौंमा एक कार्यक्रमका बिच सदस्यलाई प्रणामपत्र वितरण गर्ने जनाएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने निश्चय भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा संघको राष्ट्रिय महाधिबेशन भदौ ४ मा काठमाण्डौंमा हुंदैछ । महाधिवेशनले नयां नेतृत्व चयन गर्ने बताइएको छ ।सोहि कार्यक्रमको तयारी स्वरुप सदस्यलाई प्रमाणपत्र वितरण गर्न लागिएको उनले जानकारी दिए । काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा २०७८ भदौ…

Read More

बिर्तामोड, २९ असार । झापाको मेचीनगर लागुऔषध ओसारपसार र तस्करीको मुख्य नाका बन्दै गएको छ । दैनिकजसो मेचीनगरमा लागुऔषधसहित मानिस पक्राउ पर्ने गरेका छन् भने भन्सार छलेर लाखौंको सामग्री भित्रिने गरेका छन् । सीमामा खटिएका सरोकारी निकाय असफल भए पनि राजमार्ग, भित्री सडक खण्डमा लागुऔषध र अवैध सामान बरामद हुने गरेका छन् । यसैबीच, मेचीनगर–६ बाट अवैधरुपमा भन्सार छली गरी भारत बाट नेपाल तर्फ ल्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा पकवान तेल ४२ काटुन र झ्याल ढोकामा प्रयोग हुने ह्यन्डिल ४८ थान…

Read More

सन्तोष शर्माझापा, २९ असार । झापामा करिब ३९ हजार आर्थिक क्रियाकलापमा संलग्न प्रतिष्ठान रहेका छन् । जिल्लामा दर्ता नभएका र नभएका गरी ३८ हजार ७८९ वटा व्यापारिक प्रतिष्ठन रहेको तथ्यांक कार्यालय मोरङका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उक्त कार्यालयले झापा र मोरङ जिल्लाको तथ्यांक राख्छ । ती प्रतिष्ठानमा ६८ हजार ८९० पुरुष र ४७ हजार ९४७ महिला गरी एक लाख १६ हजार ८३७ जना मानिस आबद्ध रहेको उहाँले बताउनुभयो । एक वटा प्रतिष्ठानमा औषतमा १ देखि ४ जना मानिस आबद्ध रहेका छन् । झापामा ५३ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता भएको र ४७ प्रतिशत बिनादर्ता सञ्चालित रहेको निर्देशक बरालले बताउनुभयो…

Read More

झापा, २९ असार । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुले उद्योग स्थापनासँगै आम्दानीसमेत बढ्ने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार सुपारी जोन क्षेत्रका कृषकले आम्दानी बढाउन सकिने कदम चाल्न आग्रह गरेका छन् । परियोजनाले चालु आर्थिक वर्ष २०७८–७९ मा सुपारी किसानलाई उत्पादन र बजारीकरणमा सहज तुल्याउने उद्देश्यले प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा सहकारी र व्यक्तिले सञ्चालन…

Read More

झापा, २९ असार । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो । नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा साहित्यिक गतिविधि आयोजना गरिन्छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । १८७१ असार २९ गते ९आजैका दिन० नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।

Read More

झापा, २९ असार । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर :…

Read More