झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ भदौ । सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलामा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको हो । विभागले प्लास्टिकका झोला प्रतिबन्ध नीति तथा निर्णय आगामी दिन थप कडाइसाथ लागू गर्ने तयारीसमेत गरेको छ । यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोग अवस्था’दयगत अनुगमन र उल्लंघन भएको पाइए कारबाही गर्ने विभागको भनाइ छ । १ भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने जनाइएको छ…

Read More

झापा, २ भदौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभामा विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान…

Read More

बिर्तामोड, २ भदौ । झापाका तीन जना पत्रकारलाई डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल झापाद्वारा स्थापित उक्त पुरस्कार बुधबार एक कार्यक्रमका बीच पत्रकार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (झापाली) लाई प्रदान गरिएको हो । पुरस्कारको राशी जनही रू २१÷२१ हजार रहेको छ । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित पुरस्कार बितरण समारोहमा उनीहरुलाई प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्की, बिशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का कृषि मन्त्री झलकसिंह दर्लामी, विशेष अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीयय अध्यक्ष बिष्णु सापकोटा (जुगल) लगायतले…

Read More

सन्तोष शर्माझापा, १ भदौ । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल विगत साढेचार दशकदेखि जनशक्ति अभाव झेलिरहेको छ । विसं. २०३३ सालमा १०३ जनाको चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी रहेकामा हालसम्म ४५ जनाले सेवा दिइरहेका छन् । सो बेला अस्पताल ५० बेडको थियो भने हाल १३४ बेड छन् । अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटीले बताउनुभयो । “५० बेडको हुँदा आइसीयू, एचडीयू, पोषण सेवा थिएन”, उहाँले भन्नुभयो, “सेवा विस्तारसँगै डेब बढेको छ, तर जनशक्ति बढेको छैन ।” अस्पतालको मुख्य समस्याको रुपमा दक्ष जनशक्ति अभाव रहेको उहाँले बताउनुभयो । अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी…

Read More

झापा, १ भदौ । नेपाल राष्ट्र बैकले चालु आर्थिक बर्षमा ५ दशमलव ८४ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । राष्ट्र बैकले जारी गरेको देशको वर्तमान आर्थिक तथा बित्तिय स्थितीको बारेमा जानकारी दिदैं बार्षिक मुद्रास्फीति दर ६ दशमलव ३२ प्रतिशत रहेको उल्लेख गरेको छ । बैकले जारी गरेको मुलुकको पछिल्लो स्थितीमा आयात २४ दशमलव ७ प्रतिशत र निर्यात ४१ दशमलव ७ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष आयात २८ प्रतिशत र निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको जनाएको छ । राष्ट्र बैकले विप्रेषण प्रवाह नेपाली रूपियाँमा ४ दशमलव ८ प्रतिशत र अमेरिकी डलर २ दशमलव २ प्रतिशतले बढेको जनाएको…

Read More

झापा, १ भदौ । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक बिग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८–७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँ ले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ । गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ…

Read More

विर्तामोड,३१ श्रावण । युवा क्लब विर्तामोड वडा -५ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार विर्तामोड – ५ स्थित देवि मा. वि . को प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताले स्पूर्त रूपमा रक्तदान गर्नु भएको थियो । दैनिक रुपमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रगतको पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा क्लव वितामोडका अध्यक्ष खुशी शाहले बताउनुभयो । रेडक्रस सोसाइटी विर्तामोड शाखाको प्राबिधिक सहयोग तथा देवि मा.वि. को सहकार्यमा रक्तदान कार्यक्रममा ४२ प्रिन्ट रगत संकलन भएको थियो । कार्यक्रममा विर्तामोड नगरपालिका वडा – ५ का वडाअध्यक्ष रोहित प्रसाई , सामाजिक अभियान कर्ता विष्णु आचार्य लगाएतको उपस्थिति…

Read More

बिर्तामोड, ३१ साउन । झापामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । गत साउन २७ गते ट्रकको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का ६८ रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दमक–४ मा पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं. १–०४–००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा स्कुटर चालक नायक गम्भीर घाइते भएका थिए । दकमस्थित निम्स अस्पतालमबाट थप उपचारका लागि विराट नर्सिङ होम…

Read More

भद्रपुर, ३१ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सुधारका लागि गठित समितिले अस्पतालको व्यवस्थापन समिति, प्रशासन र चिकित्सक तथा कर्मचारीसँग छलफल गरेको छ । मेची अस्पतालको सेवा राम्रो बनाउने उद्देश्यले मेची प्रादेशिक अस्पताल सुधार समितिले उनीहरुसँग छलफल गरेको सुधार समितिका प्रवक्ता राजेश गुप्ताले जानकारी दिनुभयो । सुधार समितिका अध्यक्ष दीपक तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका कमजोरी र समस्याका बारेमा गम्भीर छलफल गरिएको थियो । स्तरीय सरकारी अस्पतला बनाउन सबै पक्षको सहभागिता अनिवार्य भएकाले अस्पताल व्यवस्थान समिति, प्रशासन र चिकित्सक–कर्मचारीहरुसँग छफलफ गरिएको समितिका अध्यक्ष तिम्सनाले बताउनुभयो । छलफलमा अस्पताल व्यवस्थान समिति, प्रशासन र चिकित्सक–कर्मचारीहरुले अस्पतालका विद्यमान समस्याबारे जानकारी दिएका थिए…

Read More

झापा, ३१ साउन । आज देशका अधिकांश भू–भागमा आंशिक बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ। दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार भने गण्डकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षाको सम्भावना रहेका पहाडी भू(भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More