
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । रासस
बिर्तामोड, २० साउन । यातायात व्यवस्था कार्यालय मेचीले गत आर्थिक वर्ष २०७८÷०७९ मा रू ८६ करोड राजस्व संकलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजश्व संकलन गरिएको यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो । कार्यालयले यातायात क्षेत्रको आम्दानी अन्तरर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू दुई लाख ५० हजार ३५० र लाइसेन्सतर्फ रू १९ करोड ३३ लाख ७८ हजार २४३ राजश्व संकलन गरेको छ । प्रदेश सञ्चित कोषमा जम्मा हुने गरी रू…
झापा, २० साउन । झापा मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
एजेन्सी । एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैयाँ दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९ मिलियन युआन (५६०,००० डलर) क्षतीपूर्ति स्वरुप प्रेमीकी श्रीमतीलाई दिन भनिएको हो । हालै चीनकी एक महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई सम्बन्ध रहँदाका बेला दिएका सबै भौतिक सम्पत्ति फिर्ता गरिदिन भन्दै मुद्दा हालेकी छिन् । अदालतले महिलाको पक्षमा फैसला सुनाउँदै प्रेमिकालाई श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको छ । अडिटी सेन्ट्रलका अनुसार उत्तरपूर्वी चीनको लिओनिङस्थित भुआङहेको जन अदालतले जारी गरेको कागजात अनुसार वादी, ली उपनामकी महिला र उनका श्रीमान् वाङ सन् १९९१ देखि वैवाहिक…
झापा, २० साउन । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । आज बिहान गण्डकी र कर्णाली, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १ र मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले…
झापा, २० साउन । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक ९स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू० प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको जनाइएको छ । समितिको बैठकमा नेपाल पक्षको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव…
झापा, २० साउन । नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो। असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन ९सिबिआई० र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ ९रअ०को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो। भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन् । भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा…
झापा, २० साउन । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो। निर्वाचनको मिति घोषणासँगै सत्तारुढ दलको ध्यान सिट बाँडफाँटतर्फ गएको छ भने प्रमुख प्रतिपक्ष दल निर्वाचनमा जित्ने रणनीतिमा जुटेको छ। निर्वाचनको मिति घोषणालाई प्रमुख राजनीतिक दलहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य कदम भएको बताए । उनले भने, ुनिर्वाचनको मिति घोषणा भएको छ, अब सत्ता गठबन्धनमा छलफल गरेर सिट बाँडफाँटको विषय…
झापा, २० साउन । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ। दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिव दुई लाख…
विराटनगर, १९ साउन । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अखिल क्रान्तिकारी जाने र विभिन्न उत्पादनका काम सुरु गर्ने उल्लेख छ । यस्तै स्कुल तथा कलेजमा…