झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउछन्। उनी भन्छन्, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।” कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ । पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका…

Read More

बिर्तामोड, १८ साउन । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो । मंगलबार एक कार्यक्रमका बीच इलामकी जिल्ला समन्वय उपप्रमुख चित्रकला बराइलीका प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको छ । तालिममा सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, बागमती तथा १ नम्बर प्रदेशका युनिकम नेपालका नेतृत्वसहित ६० जनाको सहभागिता रहेको थियो । केन्द्रीय महासचिव लेखनाथ दाहालले स्वागत गरेको समापन कार्यक्रममा केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा…

Read More

झापा, १८ साउन । सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय हुन नसक्ने नजिरसहितको फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा (हाल निलम्बित) ले संवैधानिक परिषद्को सदस्यको हैसियतमा गरेका निर्णय र संवैधानिक निकायको नियुक्तिविरुद्ध परेको मुद्दामा उनकै नेतृत्वको विषयलाई लिएर दर्ता भएको रिट निवेदनमाथि सर्वोच्चले यस्तो व्याख्या गरेको हो। सर्वोच्चले २०७८ चैत ९ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरेको छ। जथाभावी सार्वजनिक सरोकारका रिट निवेदन दर्ता गर्नेलाई जरिवाना, प्रतिरक्षकको रूपमा अदालतमा उपस्थित हुन निषेध गर्नेलगायत आदेश गर्ने गरी फैसला भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद…

Read More

झापा, १८ साउन । कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन । तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति…

Read More

झापा, १८ साउन । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसयता गठबन्धनभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’’बारे छलफल नै भएको छैन । कसको कति…

Read More

झापा, १८ साउन । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ । कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो । व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो । सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ति बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो । १३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिव आधा रकम घोटाला भएको अनुमान गरिएको छ । आजको नागरिक…

Read More

झापा, १८ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ । प्याब्सनका अध्यक्ष डीके ढुङ्गाना र एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी भोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चिलाउने लगायतका विकृति अन्त्य हुनुपर्ने बताए । अहिलेको २१औँ शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भने– ‘हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको…

Read More

झापा, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनले प्याराग्लाईडिङ सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपाललाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित अरण्य होटलको कम्पाउण्डबाट नियन्त्रणमा लिइएको हो । आयोगको टोलीले निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने…

Read More

बिर्तामोड, १७ साउन । झापाको गौरादह नगरपालिकास्थित कमल खोलामा पौडी खेल्ने क्रममा आज एक किशोर बेपत्ता भएका छन् । गौरादह–९ स्थित कमल खोलामा कमल गाउँपालिका–१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा उज्वल खरेल पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । खरेल आज दिउँसो २ बजे पौडी खेल्ने क्रममा पानीमा डुबेर बेपत्ता भएको भन्ने खबर साथीहरुले आफन्तलाई गरेका थिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले बेपत्ता…

Read More

बिर्तामोड, १७ साउन । झापाको बुद्धशान्ति गाउँपालिकाको ४ नं. वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । सनराइज बैंक बुधबारे शाखाको सहकार्यमा वडाले कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिनुभयो । “चुनावका बेला पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धता गरेका थियौं”, उहाँले भन्नुभयो, “सोही अनुरुप आजदेखि वडाबाटै भत्ता वितरण थालिएको हो ।” गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानीप्रसाद खतिवडा लगायतले लाभग्राहीलाई आज वडाबाटै भत्ता वितरण गरेर सेवा प्रारम्भ गर्नुभएको थियो । वडा कार्यालय र ज्येष्ठ नागरिक भवन बर्ने गरी दुई स्थानबाट भत्ता वितरण गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा ज्येष्ठ…

Read More