झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ साउन । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९ मा लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली भएको जनाएको छ । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले ४२ करोड ५८ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा २४ करोड १३ लाख ३६ हजार ६०४ रकम असुली गरेको बताए । उनका अनुसार कोभिड–१९ को असर र ठूला व्यापारीले यो नाकाको प्रयोग नगर्ने, साना व्यापारीले मात्र सामान आयात गर्ने हुँदा पनि राजस्व असुलीमा प्रभाव परेको हो । उनले कोभिड–१९ का कारण लामो समय नाका बन्द हुँदा राजस्व असुलीमा प्रभाव परेको बताए । कार्यालयले भन्सार महसुलवापत दुई करोड…

Read More

चाराली,१२ श्रावण । झापाको चारआलीमा बुधबार राष्ट्रवादी नागरिक अभियान झापाले नागरिकता विधेयक विरुद्ध प्रदर्शन गरेको छ। उल्लेख्य संख्यामा युवाहरु र स्थानीयको सहभागिता भएको उक्त प्रदर्शन, प्ले कार्ड बोकेर नाराबाजी गर्दै चारआली चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको पुत्ला दहन गरेको थियो । पुत्ला दहन पश्चात सडक अबरुद्ध गरेर गरिएको भएकोण सभामा बोल्दै झापामा राष्ट्रवादी व्यक्तित्व गिरिराज पौडेलले नागरिकता विधेयक चकलेट जस्तै बाड्न खोजिएकोले राष्ट्रियता नै धरापमा परेको भन्दै सरकारले तत्काल यो विधेयक खारेज गर्नुपर्ने माग राखेका छन् । कोण सभालाई कार्यक्रमका नेतृत्वकर्ता सन्तोष बिमलीले सम्बोधन गर्दै नागरिकता विधेयकले देशको स्वाधीनता, सार्वभौमसत्ता नै दाउमा लगाएको र यसले भोलि देशभित्रका नागरिकहरुलाई नै विस्थापित…

Read More

झापा, ११ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश नम्बर १ को प्रदेश कमिटीले पूर्णता पाएको छ । गत सोमबार बसेको प्रदेश नम्बर १ कमिटीको तेस्रो पूर्णबैठकले झापाका आठ जनालाई प्रदेश कमिटीमा मनोनित गरेसँगै प्रदेश कमिटीले पूर्णता पाएको हो । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) को अध्यक्षता तथा प्रदेश नं. १ इञ्चार्ज राम कार्की (पार्थ) को प्रमुख आतिथ्यमा भएको बैठकले झापाबाट आठ जना नेतालाई प्रदेश कमिटिमा मनोनित गरेको छ । झापाबाट प्रदेश कमिटीमा मनोनीत हुने नेताहरुमा भवानीप्रसाद दंगाल, जितेश योञ्जन, रोशन तिम्सिना, बासु दुलाल, मोहन नेम्वाङ (सञ्चार), बेदु गौतम, युवराज दाहाल र धर्म…

Read More

झापा, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए । नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याएर ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार…

Read More

बनियानी, ११ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८र७९ मा चार अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् ४ अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । आव २०७८र७९ मा कार्यालयले ४ अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व रुपैयाँ संकलनको लक्ष्य पाएको थियो । कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट ३ अर्ब ७ करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा…

Read More

झापा, ११ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आधुनिक स्वास्थ्य सामग्रीयन्त्र जडान भएको चार थान एम्बुलेन्स चार अस्पताललाई आज हस्तान्तरण गरेका छन् । स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको हो । प्रदेश सरकारले स्वास्थ्य तथा विपद् आपत्कालीन अवस्थामा नागरिकको उपचारमा सहज पहुँचका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत उक्त एम्बुलेन्स भन्सार छुटसहित प्रतिथान रु ५९ लाख ५० हजारमा खरिद गरेको हो । सरकारको स्वास्थ्य नीतिअनुसार १४ जिल्ला अस्पतालमा १४ थान एम्बुलेन्स र १४ थान शवबाहन उपलब्ध गराउने नीतिअनुसार पहिलो चरणमा उक्त एम्बुलेन्स प्रदान गरिएको हो । मुख्यमन्त्री राईले उक्त एम्बुलेन्सको चाबी…

Read More

बिर्तामोड, ११ साउन । झापाको बुद्धशान्ति गाउँपालिकामा कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । बुद्धशान्ति–६ मा रहेको कुलोमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमको लागि मेची अस्पताल पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

झापा, ११ साउन । सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको विरोध भएपछि सरकारले देवनागरीमै राख्ने तयारी अघि बढाएको छ। इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो । नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयलाई लिखित पत्र पठाएको छ। कानुन मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानुन बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताए । नम्बरप्लेट देवनागरी वा अंगेजी र देवनागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको बताउँदै उनले यसका लागि यसअघि इम्बोस्ड…

Read More

झापा, ११ साउन । सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो । बाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीसाधनमा नगदरहित भुक्तानी प्रणाली लागू हुनेछ । मन्त्रालयले विकसित मुलुकमा जस्तै यात्रा गरेको दूरीअनुसार कार्डबाटै भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयले कार्डरहित नगदप्रणालीका लागि उपकरण जडान तथा प्रणाली सञ्चालनका लागि सिलबन्दी प्रस्तावसमेत गरिसकेको छ । प्रत्येक सार्वजनिक गाडीमा ‘डिभाइस’ जडान र सोही ‘डिभाइस’मा यात्रुले कार्ड ‘स्वाइप’ गरेर भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था…

Read More

झापा, ११ साउन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन चरणको सट्टा एकै चरणमा निर्वाचन गराउँदा खर्च केही कम देखिएको हो। संविधानसभा निर्वाचनदेखि संघीयता कार्यान्वयन भएपछिका तीनवटा चुनावको खर्च तुलना गर्दा यस पटकको चुनावी खर्च मीतव्ययी देखिएको छ। यसअघि तीन चरणमा स्थानीय चुनाव गर्दा खर्च बढी भएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७० र २०७४ सालमा भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भन्दा यस पटक केही सस्तो देखिएको छ। २०७९ वैशाख ३० गते भएको…

Read More