
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ साउन । साहित्य चौतारी झापाको साउन पहिलो साताको मासिक सांगीतिक काव्यसभा लोकप्रिय गायक अरुण थापाको सम्झनामा समर्पित भएको छ । साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षतामा अरुण थापाको स्मृतिसहित काव्य सभा आयोजना गरिएको हो । साहित्य चौतारीका संरक्षक श्रेष्ठले काव्य सभा गायक थापाको स्मृति विशेष सम्मानमा समर्पित भएको बताए । ‘थापाको २३ औँ स्मृति दिवस र काव्य सभालाई संयुक्त रुपमा मनाएका छौँ’, संरक्षक श्रेष्ठले भने । कालजयी गायन प्रतिभाका धनी थापाको ४७ वर्षको उमेरमा २०५६ सालमा निधन भएको थियो । गायक थापाको साङ्गीतिक योगदानमाथि प्रकाश पार्दै साहित्यकार कृष्ण पौडेलले उनका गीत सतिसाल जस्तै रहेको र ती कहिल्यै नमर्ने…
बिर्तामोड, ९ साउन । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै व्हील चियर, सेतो छडी, लौरो, कम्बोड चियर, बैशाखी र वेल्ट वितरण गरेको हो । सामाग्री पाउनेहरुमा व्हील चियर १४ जना, सेतो छडी ५ जना, बैशाखी ६ जना, लौरो ३ जना, कम्बोड चियर १ जना र बेल्ट १ जना गरि जम्मा ३० जना रहेका छन् । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, कार्यपालिका सदस्य यामुना आचार्य र सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहालले सामाग्री हस्तान्तरण गर्नु भयो ।…
मोरङ, ८ साउन । मोरङको बिराटनगर-१८ स्थितबाट अबैध सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार राती साँढे १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरुपमा सुपारी बोकेको ८ वटा भारतिय नम्वरको ट्रकहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका MP09HG8320, MP22H1031, UP50BT7277, UP62BT8121, UP54T6429, UP50AT3158, UP62CT0627 र UP45T1624 नम्वरको ट्रकबाट २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारी सहित पक्राउ परेका ८ वटा भारतिय नम्वरका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।
कचनकवल, ८ साउन । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन जना किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोशी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश र १६ वर्षीया कल्पना गणेश बगानको बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरुले सामूहिक आत्महत्या गरेको हुन सक्ने अनुमान गरिए पनि आत्महत्याको कारण खुलेको छैन । सोही चिया बगानमा काम गर्दै आएका उनीहरु शनिबार दिउँसोदेखि घरबाट सम्पर्कविहीन भएको र आज…
झापा, ८ साउन । झापाको कमल गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट महिलाको मृत्यु भएको छ । हिजो बेलुका प्रदेश १–०१–०१३ प ४३४२ नम्वरको स्कुटरले ठक्कर दिँदा पैदलयात्री ७० वर्षीया मनमाया बास्कोटाको मृत्यु भएको हो । उनको बिएनसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर र चालक कमल गाउँपालिका–२ का कृष्ण भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
झापा, ८ साउन । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका कन्काई नगरपालिका–४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही स्थान बस्ने २५ बर्षीय सन्दिप कुमाललाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, ८ साउन । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । भारत सितामढी सोनवर्षा परछुहिया–९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सन्तोष शर्माभद्रपुर, ८ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएको हो । लामो समयदेखि एम्बुलेन्स सेवा अवरुद्ध हुँदा दूरदराजक बिरामी मारमा परेका छन् । नेपाल–भारत मैत्री संघमार्फत् प्राप्त विसं. २०५४ साल र विसं. २०६४ मा एक÷एक वटा गरी मेची अस्पतालमार्फत् दुई वटा एम्बुलेन्स सञ्चालित थियो । तर, एउटा करिब आठ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएको छ । बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्था समेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताउनुभयो । “एम्बुलेन्स बनाउने कण्डिसमै छैन”, उहाँले भन्नुभयो, “त्यसैले मर्मत गरिएको छैन ।”…
झापा, ७ साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
झापा, ७ साउन । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने यसअघिको प्रावधान यथावत राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटर सम्मको गाडी भाडा २० रुपैयाँ नै कायमै छ । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुर्याइएको छ । त्यस्तै १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२ र २० किलोमिटरभन्दा माथिको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ…