झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो । शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लडेका थिए ।

Read More

रोबर्टो ग्याब्रियल ट्रिगो‌ पाराग्वे‌का अवकाशप्राप्त फुटबल खे‌लाडी हुन् । उनी सायद एक्लो‌ व्यक्ति हुन् जसले‌ बल हाने‌र‌ सानो‌ विमान खसालिदिएका छन् । बललाई किक हाने‌र‌ विमान झारि‌दिएको‌ कथा पार‌ाग्वे‌का फुटबल क्लबका लकर‌ रुममा विगत ६ दशकदे‌खि लगातार‌ गुञ्जिर‌हे‌को‌ छ । कतिले‌ यो‌ घटना प्रतिस्पर्धाकै‌ बे‌लामा भएको‌ बताउँछन् भने‌ कतिले‌ यो‌ घटना अभ्यास खे‌लको‌ क्रममा भएको‌ हो‌ भने‌र‌ दाबी गर्छन् तर‌ यी सबै‌ले‌ यसका लागि एउटै‌ व्यक्तिलाई श्रे‌य दिन्छन्न – र‌ो‌बटोर्‌ ग्याब्रियल ट्रिगो‌ । उनी त्यतिबे‌ला १७ वर्षका थिए र‌ असङ्सियनस्थित जनर‌ल जिन्स फुटबल क्लबको‌ पछाडि पट्टी फुटबल खे‌लिर‌हे‌का थिए । स्थानीय फुटबल ग्राउन्डको‌ माथिबाट उडिर‌हे‌को‌ सानो‌ विमानसँग उनलाई रि‌स उठ्यो‌ त्यसै‌ले‌ उनले‌ बल माथितर्फ हाने‌ ।…

Read More

नकुल काजीयसबेला सीमा गाँसिएका मात्र होइन, तेस्रो विश्वको सबल ख्वामितहरूसम्मका पाउमा राष्ट्रिय राजनीतिक स्वामित्व बलि चढाएर राज्यशक्ति र व्यक्तिगत समृद्धिको वरदान माग्ने मौसमले देश भित्रभित्रै आक्रान्त छ । यस्तो दुष्चक्रमा देशलाई निर्मम तरिकाबाट घचट्ने दुष्कर्म गर्नेमा गणतन्त्र मण्डलका नेता–नायकहरूको भूमिगत सक्रियताले उत्कर्ष आँक्दैछ भने तिनका हन्जा–हन्जाका आठपहरियाहरू समेत त्यस किसिमका दुर्मतिलाई प्रेरित–प्रोत्साहित गर्न अन्धाधुन्ध अहोरात्र अनुरक्त हुन रमाइरहेका देखिन्छन् । र, यस्ता दृश्यहरूले देशभक्त–राष्ट्रवादी अगुवाहरूको मात्र होइन, देश र देशको मौलिक सभ्यता र संस्कृतिसँगसँगै मातृभूमिको माटोका प्रति अनुवंशिक सोच–संस्कारले नै आत्मनिवेदित नेपाली मात्रका मन–मुटु अमिल्याइरहेको छ । यो नितान्त वर्तमानको शासकीय चरित्र र चलखेल शैलीलाई माथि उल्लेखित अवबोधको धरातलमा राखेर…

Read More

झापा, १६ भदौ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएसँगै सिट बाँडफाँटको विषयमा व्यापक छलफल भइरहेको छ। सिट संख्या वितरणको मापदण्डका विषयमा दलहरूबीच टुंगो लागिनसके पनि पार्टीका शीर्ष नेताहरूचुनाव लड्ने पक्काजस्तै छ। सत्ता गठबन्धन दलका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव प्रत्यक्ष निर्वाचनमा भाग लिन चाहन्छन्। उनीहरू कुन निर्वाचन क्षेत्रबाट चुनाब लड्लान भन्ने आम चासोका साथ हेरिएका बेला गठबन्धनको नेतृत्व गरेका कांग्रेस सभापति देउवा आफ्नै गृह जिल्ला डडेलधुराबाट चुनाव लड्ने पक्का भएको छ।…

Read More

झापा, १६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आज महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ,…

Read More

झापा, १६ भदौ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अन्तरिम आदेश जारी हुनेरनहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरुलाई जानकारी दिनुहोला आदेशमा भनिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, १६ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन ‘फास्ट ट्र्याक’मार्फत ल्याउने तयारी गरे पनि विफल भएको छ । सो विधेयकमा प्रस्ताव गरिएका ‘कतिपय प्रावधान संविधानप्रतिकूल र कर्मचारीमैत्री नभएपछि तत्काल आउने’ सम्भावना टरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अधिकारीले अब सो कानुन आगामी ४ मंसिरको निर्वाचनपछि बन्ने नयाँ संसद्बाट मात्रै आउने बताएका छन् । ‘जारी संसद्बाट सो विधेयक स्वीकृत हुने सम्भावना करिब–करिब टरेको छ,’ मन्त्रालयका एक अधिकारीले भने । हाल, संसद् बजेट अधिवेशन चले पनि अब यो समाप्तितर्फ अघि बढेको छ । संघीय निजामती विधेयकले अझै लामो प्रक्रिया…

Read More

झापा, १६ भदौ । खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै फावियो कार्भाल्होले लिभरपुललाई जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । यो जितसँगै लिभरपुलले ५ खेलमा ८ अंक जोडेको छ । लिभरपुल तालिकाको पाँचौं स्थानमा छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ । बुधबार राति नै भएको अर्को…

Read More

कनकाई, १५ भदौ । कारितास नेपालको आयोजना तथा कारितास जापानको आर्थिक सहयोगमा झापाको कनकाई नगरपालिका क्षेत्रका विद्यार्थीका लागि एक दिने सुरक्षित वैदेशिक रोजगार स्थानीय पुर्नस्थापना र मानव बेचबिखन विषयक अभिमुखीकरण तालिम दिइएको छ । तालिममा कनकाई नगरपालिका क्षेत्रका १३ विद्यालय तथा बाल सञ्जालमा आबद्ध ४२ जना विद्यार्थीहरुलाई पत्रकार उमाकान्त खनालले प्रशिक्षण दिनुभएको थियो । कनकाई नगरपालिकाको समन्वयमा यस क्षेत्रमा विगत २ वर्षदेखि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा कारितासले काम गर्दै आइरहेको छ । सोही क्रममा विद्यार्थीलाई तालिम दिइएको कारितास नेपालका सुरक्षित वैदेशिक रोजगारी परियोजना कनकाईका प्रमुम विवेक शिवाकोटीले बताउनुभयो । कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कारितास…

Read More

झापा, १५ भदौ । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउने भएका छन् । पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवम् छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ । भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार…

Read More