
रोबर्टो ग्याब्रियल ट्रिगो पाराग्वेका अवकाशप्राप्त फुटबल खेलाडी हुन् । उनी सायद एक्लो व्यक्ति हुन् जसले बल हानेर सानो विमान खसालिदिएका छन् ।
बललाई किक हानेर विमान झारिदिएको कथा पाराग्वेका फुटबल क्लबका लकर रुममा विगत ६ दशकदेखि लगातार गुञ्जिरहेको छ । कतिले यो घटना प्रतिस्पर्धाकै बेलामा भएको बताउँछन् भने कतिले यो घटना अभ्यास खेलको क्रममा भएको हो भनेर दाबी गर्छन् तर यी सबैले यसका लागि एउटै व्यक्तिलाई श्रेय दिन्छन्न – रोबटोर् ग्याब्रियल ट्रिगो ।
उनी त्यतिबेला १७ वर्षका थिए र असङ्सियनस्थित जनरल जिन्स फुटबल क्लबको पछाडि पट्टी फुटबल खेलिरहेका थिए । स्थानीय फुटबल ग्राउन्डको माथिबाट उडिरहेको सानो विमानसँग उनलाई रिस उठ्यो त्यसैले उनले बल माथितर्फ हाने । बल सिधै गएर विमानको इन्जिनमा पयोर् र उनीभन्दा २०० मिटर पर खस्यो । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



