झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ साउन । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सरकारसमक्ष २ मंसिरको मिति प्रस्ताव गरेको २५ दिन बितिसक्दा पनि सरकारले मिति घोषणा गरेको छैन । आयोगले निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै २२ असारमा सरकारसमक्ष २ मङ्सिरको मिति प्रस्ताव गरेको थियो । तर, सरकारले मिति घोषणा नगर्दा मङ्सिरमा निर्वाचन हुने नहुने निश्चित छैन । आयोगले मिति घोषणामा ढिलाइ भए निर्वाचन तयारीमा समस्या हुने बताउँदै आइरहेको छ । उच्च स्रोतका अनुसार संसद्को चालू अधिवेशन अन्त्य गरेर मात्रै निर्वाचन मिति तोक्ने सरकारको तयारी छ । सरकारमा रिक्त अर्थमन्त्री, नागरिकता विधेयकका कारण निर्वाचन मिति…

Read More

झापा, १६ साउन । पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बताए । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्प बारम्बार गइरहेका थिए । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो…

Read More

झापा, १६ साउन । आव २०७८–७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो । गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो । पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर…

Read More

भद्रपुर, १५ साउन । झापा भद्रपुर–१० सुकुम्बासी टोल निवासी ब्रेन ट्युमर पीडित गीता तामाङलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । गीता तामाङ बचाउ अभियानमा जुटेका भद्रपुर–६ निवासी सञ्जय भुइँमाली र उनकी श्रीमती भावना कटुवालले उनलाई रकम हस्तान्तरण गरेका हुन् । विभिन्न जटिल रोगबाट ग्रसित बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान चलाउँदै आएका उनीहरुले आज तामाङलाई संकलित रकम हस्तान्तरण गरेका छन् । सामाजिक सञ्जाल टिकटक, फेसबुक तथा विभिन्न सहयोगी दाताहरूबाट आर्थिक सङ्कलन गरी मिृगौला, क्यान्सर, ब्रेन ट्युमर जस्ता प्राणघातक रोगबाट लडिरहेका बालबालिकाहरूको परिवारजनलाई उपचार खर्च प्रदान गर्ने गरिएको यी अभियानीहरुको भनाइ छ । भुइँमाली दम्पतीद्वारा संकलित रकम भद्रपुर नगरपालिकाका…

Read More

दमक, १५ साउन । जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले २० जना भन्दा बढीलाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको विधि र विधान विपरित क्रियाकलाप गर्ने नेताहरुलाई पार्टी सदस्य समेत नरहनेगरी पदाधिकारी र सदस्यबाट निष्कासन गरिएको हो । सो पार्टीद्वारा आज दमकमा पत्रकार भेटघाट आयोजना गरी विधि र विधान विपरित रहेर नेपाल समाजवादी पार्टीमा प्रवेश गर्ने जसपा दमक अध्यक्ष भेषराज भट्टराईसहित उपाध्यक्ष तुलसी ढुङगाना, सहसचिव नानु पौडेल लगायत २० जना बढी नेताहरुलाई निष्कासन गरिएको जनाएको छ । जसपा दमक नगर अध्यक्ष खेम दाहालको अध्यक्षतामा पत्रकार भेटघाट गर्दै सो पार्टीको साउन १० गतको पदाधिकारीको बैठक र साउन १४ गते सम्पनन…

Read More

बनियानी, १५ साउन । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् ।…

Read More

भद्रपुर, १५ साउन । मेची प्रादेशिक अस्पतालको सुधारका लागि ज्ञापन पत्र बुझाइएको छ । मेची प्रादेशिक अस्पताल सुधार समितिले आज अस्पताल विकास समितिलाई ३५ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको हो । सुधार समितिका अध्यक्ष दीपक तिम्सिना, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, नेकपा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का अध्यक्ष डिल्ली घिमिरे हिक्मत लगायतको टोलीले अस्पताल विकास समितिका अध्यक्ष विश्व बराल र मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीलाई उक्त ज्ञापन पत्र बुझाएको छ ।अस्पतालका विविध क्षेत्रमा सुधार गर्दै स्वास्थ सेवालाई चुस्त–दुरुस्त र नियमित बनाउने उद्देश्यले ज्ञापन पत्र बुझाएको समितिले जनाएको छ । ‘मेची अञ्चलकै सबैभन्दा पुरानो मेची…

Read More

झापा, १५ साउन । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८–७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए । नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि १० हजार दुई सय ४१ जनाले लिएको उनले बताए । अघिल्लो आव २०७७–७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए । सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकतालगायतका कार्यसमेत प्रभावित भएको थियो ।…

Read More

झापा, १५ साउन । साउन १५ अर्थात् खीर खाने दिन । नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ । खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्व छ । हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म…

Read More

झापा, १५ साउन । खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले रातोपाटीसँग भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे खुलिसकेको छैन ।

Read More