
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देशक तीर्थराज भट्टराईले राष्ट्रिय परिचयपत्र व्यक्तिको पहिचान खुलाउने कागज भएकाले सक्कली अनुहार फोटोमा आउनुपर्ने बताए । उनका अनुसार त्यही फोटोको आधारमा भोलि राहदानी बनाउने प्रक्रियामा जानुपर्छ । देश विदेश पुग्नुपर्छ । त्यो बेलामा त्यही स्वरूप नरहन सक्छ । त्यस्तो भएमा व्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको झमेलामा पर्नुपर्छ । उनले आम नेपालीको कपाल जन्मजात रूपमा कि त…
झापा, २८ असार । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च गरिएको छ। यो चालु आर्थिक वर्षका अन्य ११ महिनाको यसै अवधि ९१५ देखि २५ गते० को तुलनामा झन्डै तेब्बर खर्च हो। निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायत राज्यकोषबाट तलब खाने कर्मचारीलाई दसैँ खर्च दिने असोज र लुगाभत्ता दिने चैतबाहेक चालु आर्थिक वर्षका अन्य महिनाको ११ दिनमा अधिकतम ३२ अर्ब रुपैयाँ मात्र खर्च भएको देखिन्छ। तर असारका ११ दिनमा भने ८६ अर्ब रुपैयाँ खर्च भएको छ। चालुसँगै पुँजीगत…
झापा, २८ असार । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम ऐनमा नसमेटिएका अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई आबद्ध गराउने हो तर औपचारिक क्षेत्रबाट सुुरु गरियो । औपचारिक क्षेत्रमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने ठूलो समस्या रहेकाले त्यसलाई चिर्न र कार्यक्रम घोषणालाई सहज बनाउन सुुरु औपचारिक क्षेत्रबाट गरिएको थियो । नयाँ युुगको सुरुवात भनेर घोषणा गरिएको कार्यक्रममै भनिएको थियो । पहिलो वर्ष औपचारिक र दोस्रो वर्षदेखि अनौपचारिक र स्वरोजगारको क्षेत्रमा लागू हुन्छ । घोषणा भएको चार वर्ष पूरा भइसकेको छ तर…
झापा, २८ असार । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटक–पटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। पटक–पटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर’ को प्रश्नपत्र दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको ुप्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो। त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको ुनेप्लिज सोसाइटी एन्ड पोलिटिक्सु विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो। आजको…
बिर्तामोड, २७ असार । वित्तिय साक्षरता तथा बजारीकरण सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कुनै पनि काम ठुलो सानो नहुने भएकालेआफुले सिकेको सिपलाई रोजगारीमा परिणत गर्न सहभागिहरुलाई आग्रह गर्नु भयो । नगरपालिकाले एक हजार पाँच सय जनालाई सिप सिकाएर उद्यमी बनाउने लक्ष लिएको भन्दै उहाँले महिलाहरु आफ्नो खुट्टामा आफैँ उभिन सक्षम हुनु पर्नेमा जोड दिनु भयो । उद्यमीहरुले उत्पादन गरेको वस्तुलाई वजारीकरण गर्नका लागि नगरपालिकासंग सहकार्य गर्न पनि उहाँले सुझाव दिनु…
झापा, २७ असार । संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न माग राख्दै निजामती कर्मचारीसम्बद्ध झापाका विभिन्न संगठनहरुले संयुक्त रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापा, नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत सरकारी कर्मचारी संगठन झापाले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाईंले पनि ऐक्यद्धता जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष यदुनन्दन दाहाल र एकीकृत सरकारी…
विराटनगर, २७ असार । जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाँउपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ बर्षीय सन्तोष राईलाई पक्राउ गरिएको छ । राईले गत असार २४ गते तेह्रथुम लालिगुँरास नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगी २३ बर्षीया महिलालाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको भनि पिडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई गत २५ गते पक्राउ गरिएको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बसन्तपुर, तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जवरजस्ती करणी) शिर्षकमा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको छ ।
बिर्तामोड, २६ असार । साहित्य चौतारी झापाले २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती संगीत बर्षको रुपमा मनाउने भएको छ । २०५६ साल असार ३१ गते स्व।राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारी झापाले आगामी असार ३१ गते शुक्रबार विविध कार्यक्रम गरी २३औं वार्षिक उत्सव तथा २०९ औँ भानु जयन्ती मनाउने भएको हो । साहित्य चौतारी झापाले यस वर्ष संगीत वर्षको रुपमा मनाउने र नेपालका पूर्व क्षेत्रका शास्त्रीय संगीतका धुरन्धर विद्वान प्रशिक्षक (गुरु) बिराटनगर निवासी कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गरिने साहित्य चौतारी झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए । आगामी असार ३१ गते सिंहवाहिनी महिला समूहको…
बिर्तामोड, २६ असार । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग । विजेता बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो । कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद क्षेत्रको प्रबर्द्धनमा योगदान गरेबापत उनलाई सम्मान गरिएको थियो । जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार ५०० रुपैयाँ प्रदान गरिएको थियो ।खेलाडीलाई प्रोत्साहन गर्न क्लबले पुरस्कृत गर्ने निर्णय गरेको…
सुनसरी, २६ असार । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । आज बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बीच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) गाँजा फेला पारेको हो । उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।