
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २७ साउन । भद्रपुर नगर क्षेत्रका क्षेत्री व्रामण समुदायका पुरूषहरूले जनै पूर्णिमा अन्र्तगत सामूहि जनै फेर्ने कार्यक्रम सम्पन्न गरेका छन् । भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो । भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८, ९, १० र ५ का अधिकाम्स बासिन्दाका लागि मृत्यु संस्कार अन्र्तगत शव दहन स्थल हडिया निन्दा किनारमा परम्परादेखि रहेको भए पनि केही वर्षयता जातीयताका नाममा राजनीतिकरण गरेर दाहसंस्कार कार्यमा अवरोध गरिएको भन्दै नगरपालिकाले सो स्थानमा रामघाट निर्माणमा सहयोग गर्नु पर्ने स्थानीयले…
भद्रपुर, २७ साउन । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी सुस्मा सुन्दासकी ११ वर्षीया छोरी एञ्जिला र सोही स्थानका ध्रुव राईका १२ वर्षीय छोरा सिकुमको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । बिहीबार बेलुका करिब ४ः०० ‘पौडी खेल्न जान्छु’ भन्दै घरबाट हिँडेका उनीहरु अबेरसमम घर नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए । सो क्रममा शिवसताक्षी–९ स्थित कन्काई सिँचाई नहरको डिलमा उनीहरुले लगाएको कपडा र चप्पल फेला परेको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिले, अस्थायी प्रहरी पोस्ट माइधार र…
झापा, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए। त्यसैले ‘म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे…
झापा, २७ साउन । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भनिए पनि अब कहिले खुल्ने भन्नेबारे केही जानकारी नआएको उनले बताए । तिब्बतमा कोभिड सङ्क्रमण बढेर आयत रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । “खासा क्षेत्रमा ५८ जना कोभिड सङ्क्रमित भेटिएको भन्ने खबर आएको छ,” उनले भने । उनले पनि नाका कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको…
झापा, २७ साउन । दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन्। यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ। उद्दण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन्। त्यस्तै उद्दण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ। सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उद्दण्ड हात्तीलाई उद्दण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ। यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ।…
झापा, २७ साउन । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनमा ६ लाख तीन हजार ६ सय ५५ मतदाताले मतदान गर्ने भएका छन् । स्थानीय तहको निर्वाचनपछि थपिएका नयाँ मतदाता २४ हजार नौ सय ९२ सहित सो सङ्ख्याले मतदान गर्ने कार्यालयले जनाएको हो । नयाँ थपिएका मतदातामध्ये १२ हजार नौ पुरुष र १२ हजार आठ सय २३ महिला रहेका निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेमप्रकाश न्यौपानेले बताए । उनले हाल निर्वाचन आयोगमा निर्वाचन प्रक्रियाका लागि दल दर्ता गर्ने कार्य सुरु भएकाले आगामी भदौ १९ गतेपछि मात्र मतदाता अद्यावधिक गरी सङ्ख्या यकिन गरिने बताए ।…
जनैपूर्णिमाको दिन टुसा उम्रिएको गेडागुडीबाट बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी यस पर्वको खास खानेकुरा हो । धेरै प्रकारका गेडागुडीलाई मिसाई त्यसलाई भिजाएर राखिन्छ र टुसा उम्रपछि त्यसलाई क्वाँटी बनाइन्छ । क्वाँटी पोषणको हिसाबले पनि फाइदाजनक हुने पोषणविद्हरू बताउँछन् । जनैपूर्णिमामा टुसा उमारिएको क्वाँटी खाने जुन चलन छ, त्यो एकदमै राम्रो चलन हो । शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विभिन्न पोषक तत्त्वको आवश्यक पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । त्यसैले शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खानुपर्छ । चिया गिलासको एक गिलास भिजाएको गेडागुडी खानु उपयुक्त हुन्छ । त्यसरी चिया गिलासमा नाप्न सम्भव छैन…
बिर्तामोड, २७ साउन । सडकमा ट्राफिक चिन्ह नहुँदा दुर्घटनाको जोखिम बढिरहेको भन्दै झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरर्गत धौलापुलमा जानकारीमूलक बोर्ड राखिएको छ । निमार्णाधीन सडकमा पर्ने धौला पुल साँघुरो भएकै कारण दुर्घटना हुन थालेको भन्दै पुर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बिहीबार उक्त बोर्ड राखिएको हो । ट्राफिक सचेतनाका लागि पछिल्लो समय विभन्न कार्यक्रम गर्दै आइरहेको पुर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाले जानकारी दिए । ट्राफिक पोस्ट तथा स्थायी प्रहरी चौकी बिर्ताबजारको समन्वयमा गरिएको संक्षिप्त कार्यक्रममा पुर्वेली मजदुर यातायातका सचिव गणेश कोइराला, ट्राफिक पोस्ट बिर्ताबजारका जवान बिर्जु महतो, हबल्दार सरोज यादव, प्रहरी चौकीका इञ्चार्ज प्रविन खड्का लगायतको उपस्थिति थियो ।…
बिर्तामोड, २६ साउन । झापाको मेचीनगरमा आज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट सोही स्थानका ४० वर्षीय चेतनाथ फुयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मति प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले आज बिहान करिब ९ः४५ बजे बाटो काट्दै गरेका फुयाललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका फुयालको बिर्तामोडस्थित बीएण्डसी बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
बिर्तामोड, २६ साउन । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुरबाट एक जना भारतीय नागरिक, बिर्तामोड एक जना र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेकय भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही…