
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, २४ जेठ । सुनसरीको हरिनगरा गाउँपालिका–४ बाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पञ्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज राती साढे १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी निरीक्षकको टोलीले हरीनगरा ४ का डोमी मेहताको घरमा पाहुना आएका पालको BR 39J 6835 नम्वरको मोटरसाईकलको डिकि भित्र प्लास्टिकमा बाँधी लुकाई राखेको कटुवा पेस्तोल १ थान र ३ राउण्ड गोली सहित बरामद गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका पालको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २४ जेठ । झापाको मेचीनगर नगरपालिका–६ बाट दुई लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर–७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर–६ का २५ वर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र–५ सिमरबनका ५९ वर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ…
झापा, २४ जेठ । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…
झापा, २४ जेठ । नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको हो । नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो ।
झापा, २४ जेठ । नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ लिने गरी नयाँ मन्त्रीका नाम तय हुँदै गर्दा संसद्मा बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो। नेकपा एसको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो। सो निर्णय भोलिपल्ट (आइतबार) बसेको बैठकपछि सार्वजनिक भएको थियो। त्यसलगत्तै नेकपा एसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
झापा, २४ जेठ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो । चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् । पराजित उम्मेदवारहरूले पार्टीको विधान…
झापा, २४ जेठ । यायाताय व्यवस्था विभागको तथ्याङ्कअनुसार एक लाखको हाराहारीमा सवारी चालक अनुमतिपत्र छापेर दिन बाँकी छ । यहीबीच जेठ १६ गतेमात्र विभागमा परेका सवारी चालक अनुमतिपत्रका सात लाख ७२ हजार अनलाइन आवेदन रद्द गरियो। विभागले यी सबै कामका लागि प्राविधिक समस्या देखाउने गरेको छ। पूर्वाधार र प्रविधि तयार नहुँदै र भएको प्रविधिको पनि पूर्ण क्षमतामा प्रयोग नगर्दा यातायात व्यवस्थामा अव्यवस्था नै बढी हुँदै आएको छ। यातायात व्यवस्थाको यस्तै अव्यवस्थामा कुँदिएको (इम्बोस्ड) प्लेट पनि पर्छ। विभागले सम्पूर्ण पूर्वाधार तयारै नगरी पाँच वर्षअघि वितरण सुरु गरेको थियो । त्यो पनि पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । विभागले सवारीसाधनको उच्च सुरक्षासहितको…
झापा, २४ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् । भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता गरिसकेको छ । पाँच वर्षका लागि भएको सम्झौताअनुसार पहिलो वर्ष एक लाख ५० हजार मेट्रिक टन मल दिने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि भारतबाट मल आउनमा ढिलाइ भइरहेको थियो । देशमा मलको हाहाकार भइरहेका बेला भारतसँग मलका लागि नेपालले पटकपटक छलफल…
शिवसताक्षी,२३ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज बिरुद्धको खोप शिविर सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा भु.पु सैनिक प्राङ्गण, दुधेमा शनिबार र आइतबार २ दिन शिविर संचालन भएको हो ।जसमा पज सोसाईटी नेपाल र नेपाल भेटेनरी एशोसिएहन प्रदेश नम्बर १ को प्राबिधिक सहयोग रहेको थियो । नगरभित्र रहेका घरमा पालेका र छाडा रहेका कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सीन दिइएको र बन्ध्याकरण गरिएको कार्यक्रमको संयोजक पज सोसाइटी नेपालका अध्यक्ष सकुन सुब्बा तुम्रोकले जनाकारी दिए । शिविरमा १ सय ५३ वटा कुकुरलाई बन्ध्याकरण तथा रेबिज बिरुद्धको खोप र प्रतिबिम्बित बेल्ट लगाइएकाे आयोजकले जनाएको छ । छाडा कुकुरहरुलाई कम…
झापा, २३ जेठ । झापाको गौरिगंज गाऊपालिका ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाक प्रहरी कार्यालय गौरिगंजबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।