झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० साउन । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहोर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहोर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहोर उठ्ने भएको हो । नगरमा उत्पादित फोहोर तत्कालका लागि बिर्तामोड–८ हर्चनास्थित सुरेन्द्र नेपालको निजी जग्गामा बिर्सन गरिने भएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिनुभयो । जग्गाधनीसँग सहमति भइसकेकाले नगरको फोहोर आज (सोमबार) देखि नै उठाइने उहाँले बताउनुभयो । बिर्तामोडमा फोहोर व्यवस्थापनमा समस्या हुँदा केही दिनयता फोहोर सडक किनारमै रहेको छ । सर्वदलीय बैठकमार्फत् फोहोर व्यवस्थापन गर्न सबै राजनीतिक दल, स्थानीयबासी र सरोकारवालाले आवश्यक सहयोग÷समन्वय गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराले बताउनुभयो । त्यस्तै, फोहोर…

Read More

विर्तामोड,३० श्रावण । सामाजिक क्षेत्रमा सक्रिय हाम्रो अभियान नेपाल संस्थाको सक्रियतामा झापामा रहेका विभिन्न स्थानमा सडक मानव, मानसिक संन्तुलन गुमाउन पुगेका ५ जना लाई उद्धार गरी मानव सेवा आश्रम लगिएको छ । उद्धार गरिएका उनीहरुलाई भक्तपुर स्थित डोलेस्वर धाम (हाम्रो घर आस्रम) लगिएको हाम्रो अभियान नेपालका सचिव विष्णु आचार्यले बताउनु भयो ।मेचिनगर -६ बाट १ जना,मानसिक संतुलन गुमाएका १ जना धुलाबारी बाट, भद्रपुर -३ बाट मानसिक संतुलन गुमाएका १ जना, बिर्तामोड -५ बाट लामो समय सडकमा रहदै आएका बिरामी लाई मेची अस्पताल बाट १ जना, र कन्काई नगरपालिका सडक आस्रित १ जना गरि ५ जना रहेका छन् । उनीहरूको कपाल…

Read More

झापा, ३० साउन । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले चारवटा मतपत्रमा मतदान गर्ने गरी आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको जानकारी दिए । एक मतदाताले चारवटा मतपत्रमा मतदान गर्नेगरी ८ करोड मतपत्र छाप्नेगरी आयोगले तयारी गरिरहेको छ,…

Read More

झापा, ३० साउन । पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच ९म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित० ४१।२० प्रतिशत पुगेको हो । आव २०७७÷७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो । आव २०७८÷७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको…

Read More

झापा, ३० साउन । सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राहमणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन्। महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आपल्ले आँटेको काम पूरा हुने विश्वासका साथ गृहदशा कटाउन नेपाली ब्राहमणबाट पाठ गराएको बताएको छ। फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा। दीपक प्रकाश बाँस्कोटाले विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग्रहशान्ति, हवन, यज्ञलगायतका पाठ गर्ने गरेको जानकारी दिए । उनले भने, शुरुमा सिपल र भापाबाट ग्रहशान्तिको पाठ गरिन्थ्यो भने एक वर्षअघिबाट फाउन्डेसनको भवनबाट पाठ गर्न…

Read More

झापा, ३० साउन । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। ‘यो गलत प्रवृत्ति हो। हामीले यसमा ‘अब्जेक्सन’ गरेका थियौं तर, सरकारले लामो समयदेखि अटेर गरिरहेको छ,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली भन्छन्। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सबैभन्दा बढी ३ सय ५५ वटा पद स्वीकृत गरिएको छ। यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा ५८, ऊर्जा मन्त्रालयमा ५१, कृषि तथा पशुपन्छी मन्त्रालयमा २०, युवा तथा खेलकुद…

Read More

झापा, ३० साउन । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो। कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्। एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले साहुलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छु…

Read More

झापा, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा समिति गठन गरेको छ । १७ असारमा औपचारिकता पाएको रवि लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचारप्रसारमा लागिपरेको छ । घण्टी चुनाव चिन्ह पाएको पार्टीलाई विस्तार गर्दै संक्षम वर्गबाट देश निर्माणको अभियान लिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकालसहितको टोलीले पुर्वदेखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ । प्रवक्ता डा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, बाग्मती, र मधेश प्रदेश गरि सातै प्रदेशमा प्रदेश तथा जिल्ला समिति गठन भैसकेको तथा…

Read More

बिर्तामोड, ३० साउन । झापाको बिर्तामोड नगरपालिकाबाट शनिबार दिउँसो प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल बिर्तामोड–४ डेरागरी बस्दै आएका ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा–५ घर भइ बिर्तामोड–३ मा डेरागरी बस्दै आएकी २७ वर्षीया प्रतिक्षा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब पउरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुटाबारीतर्फ जाँदै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटो चालक उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई सोधपुछ गर्दा प्रतिक्षा चौधरी समेत संलग्न रहेको बयान…

Read More

बिर्तामोड, ३० साउन । नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाललाई मातृ शोक परेको छ । उहाँकी आमा लक्ष्मीदेवी ढकालको ७६ बर्षको उमेरमा आइतबार बेलुका निधन भएको छ । क्यान्सर रोगबाट पीडित लक्ष्मीदेवीको मेचीनगर–१४ दुवागढीस्थित आफ्नै घरमा निधन भएको हो । लक्ष्मीदेवीका दुई छोरामध्ये कान्छा छोरा होमराज ढकाल नेपाल शिक्षक संघ मेचीनगरका अध्यक्ष हुनुहुन्छ भने जेठा छोरा लोकराज रेडक्रस झापा सभापति हुनुहुन्छ । त्यस्तै, दिवंगत लक्ष्मीदेवीको तीन छोरी छन् । उहाँको आज (सोमबार) बिहान ९ बजे कन्काई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । झापा अनलाइन परिवार ब्रह्मलीन हुनुभएकी माता लक्ष्मीदेवीप्रति हार्दिक श्रद्धाञ्जली एवम् शोकाकूल परिवारजनमा हार्दिक…

Read More