
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, १९ असार । पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पुरिई बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि…
बहाउद्दिन फैजीकाठमाडौँ, १८ असार । बंगलादेशले मुलुककै सबैभन्दा लामो बहुउदेश्यीय पद्मा पुल उद्घाटन गरेको छ। जुन २५ मा प्रधानमन्त्री शेख हसिानाले उद्घाटन गरेको यो विशाल पूर्वाधार बंगलादेशका लागि ऐतिहासिक कोसेढुंगो बनेको छ। ३.८६ अर्ब डलरमा बनेको यो पुलले बंगलादेशको जीडीपीमा वार्षिक १.३ प्रतिशतले वृद्धि गर्न सघाउने आकलन गरिएको छ। त्यस्तै, रोजगार वृद्धि, सेवा क्षेत्रका क्रियाकलाप र मुलुकका दक्षिणपश्चिमी जिल्लाहरुमा पर्यटन विकासमा यसले सघाउनेछ। बंगलादेश ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार यो पूर्वाधारले एकै वर्षमा मुलुकको जीडीपीमा ४.४६ अर्ब डलर थप्ने प्रक्षेपण गरिएको छ। यो विश्वकै गहिरो स्तम्भ भएको पुल हो। यसका केही स्तम्भ पद्मा नदीमा १२७ मिटर गहिराइमा अड्याइएका छन्। पुल निर्माणमा…
झापा, १९ असार । झापाको अर्जुनधारामा बोराभित्र फेला परेको पुरुषको शव भारतीय नागरिक भएको खुलेको छ । उनको हत्या गरी बोराभित्र हालेर फ्याँकिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदैछ । प्रहरीले घटनाको बारेमा विस्तृत जानकारी पत्रकार सम्मेलनमा जानकारी गराउने छ । असार १२ गते आइतबार साँझ अर्जुनधारा नगरपालिका–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा अन्दाजी ३५–४५ उमेर भएका पुरुषको शव फेला परेको थियो । स्थानीयले बोराबाट गन्ध आइरहेको…
मोरङ, १९ असार । जिल्ला प्रहरी कार्यालय मोरङले डर धाक धम्की दिई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका(४ कञ्चनबारी बस्दै आएका ३९ बर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे(६ का २६ बर्षीय विशाल ऋषिदेव रहेका छन् । उनीहरुले बिराटनगर(३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आईरहेका थिए । असार १७ गते शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दह स्थित रहेको आइएमईमा उनीहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उत्त स्थानमा खटिएको प्रहरी टोलीले आइएमइमा पठाएको नगद रकम २५ हजारसहित ऋषिदेवलाई पक्राउ गरेको हो । ऋषिदेव पक्राउ परेसँगै…
झापा, १९ असार । जनपद तर्फको प्रहरी जवान पदमा ठुलो सङ्ख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी २ हजार ९१७ जनाका लागि भर्ना खुलेको हो । प्रहरी सहायक निरीक्षकमा खुला तर्फ २३८, अमर अशक्त प्रहरी परिवारतर्फ ९, महिला ४०, आदिवासी जनजातितर्फ ६३, मधेसी,५५, दलित २९ र पिछडा वर्गका लागि ९ गरी कुल ४४३ जनाको लागि भर्ना खुलेको छ । त्यसै गरी प्रहरी जवानको लागि खुलामा १ हजार ३३४ जना अमर अशक्त प्रहरी परिवारतर्फ ४९, महिला २१९, आदिवासी जनजातितर्फ ३५०, मधेसी,३०५, दलित १६४ र…
मोरङ, १९ असार । मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरीर जली गम्भिर घाईते भएकि बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
झापा, १९ असार । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बलिउड अभिनेता रणवीर कपूर अहिले नयाँ फिल्म ‘शमशेरा’लाई लिएर चर्चामा छन् । यो परियिड ड्रामा फिल्मको प्रमोसनमा रणवीरले कुनै कसर बाँकी राखेका छैनन् । रणवीर बाल्यकालदेखि नै ‘हिरो’सँगै ‘भिलेन’को चरित्रमा पनि अभिनय गर्न चाहन्थे । ‘म यस्तो छवि बनाउन चाहन्छु कि आमाले बच्चालाई भनुन् कि तिमी सुत । नत्र रणवीर आउनेछन्’, उनी भन्छन् । उनले फिल्म ‘शमशेरा’को भिडियो सार्वजनिक गर्दै यो कुरा बताएका हुन् । भिडियोमा उनले क्लासिक भिलेनलाई सम्झिएका छन् । ‘राम्रो र नराम्रोको लडाईंमा जहिल्यै जित राम्रोकै हुन्छ । तर, जो हारेर पनि मान्छेको मन जित्छ, उसलाई बाजिगर नभई भिलेन भनिन्छ । हिरो र भिलेनमा हामी हिरोको पक्ष…
झापा, १९ असार । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटका पक्षमा उभिन प्रदेश सांसदहरूलाई ह्विप जारी गरेको छ । शनिबार माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो । बैठकमा सहभागी प्रदेश सभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए । अगामी आर्थिक वर्ष २०७९–८० को बजेटको कार्यक्रम पुस्तिकामा सुधारको…
झापा, १९ असार । विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन । निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र विस्तारका काम स्थगितजस्तै भएका छन् । निगमका सञ्चित कोषहरू अहिले रित्तिएका छन् । आर्थिक सङ्कट, कानुनी प्रक्रिया र नेपाल–भारतबीच समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको निगमले जनाएको छ तर यी काम हाल सामान्य हिसाबले अघि बढिरहेको निगमको दाबी छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको आर्थिक सङ्कट, नीति र निर्णय प्रक्रियाका कारण चाहे जसरी काम अगाडि बढ्न नसकेको बताए…