
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १३ साउन । बालयौन दुरुपयोग मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ बर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलिले हिजो खोजतलास गर्दै जाँदा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ । विश्वकर्माको बालयौन दुरुपयोग मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरीवाना भई लगत नं. १२१२ मा कैद तथा जरीवाना बेरुजु…
दमक, १३ साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले पाँच दलीय गठबन्धन आगामी निर्वाचन सम्ममा ६ दलीय गठबन्धनका रुपमा विकास हुने बताएका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहनुभएका मन्त्री चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी समेत यो गठबन्धनमा आवद्ध भएर निर्वाचनमा जाने बताउनुभयो । झापाको दमक र आसपासकमलका महत्वपूर्ण योजनाहरुको स्थलगत निरीक्षणपछि समाजवादी प्रेस संगठन झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले यो गठबन्धन यो निर्वाचनमा मात्रै नभएर अरु १०–१५ वर्ष सम्म पनि जान सक्ने बताए । संघ र प्रदेशको आगामी निर्वाचन मसिंर वा फागुनमा हुन सक्ने मन्त्री चौधरीले संकेत गरे । नेकपा माओवादी केन्द्र र नेकपा…
बनियानी, १३ साउन । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट प्रहरीले बिहीबार बेलुका दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्कीम (इस्ट सिक्किम ७३७१३४) का ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा बुद्धवीरको साथबाट खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ ७ ग्राम र तीन थान मोबाइल समेत फेला परेको उहाँले बताउनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी…
झापा, १३ साउन । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बलमा रिक्त रहेका प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जनाका लागि आवेदन आह्वान गरिएको हो ।निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ ।
झापा, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो । मन्त्रीका सचिवालयले त्यसलाई पच्छ्याउँदै आर्थिक संकलनमा जुटेका हुन् । मन्त्रालयले पछिल्ला केही दिनयता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दै आइरहेको छ । बुधबार मात्रै ६० भन्दा बढी प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दाबी छ । अझै ठूलो संख्यामा सरुवा हुनेको सूची बन्नेक्रममा रहेको बताइएको छ । एकपटक भएका दर्जनौं सरुवा संशोधन गर्दै रकम उठाइएको छ । आकर्षक…
झापा, १३ साउन । गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए । तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५०…
झापा, १३ साउन । बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिककै लागि नेपाली भाषा बिस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार नेपाली विषयमा ‘ए प्लस’ ग्रेड ल्याउने परीक्षार्थी एक हजार ८०४ जना मात्रै छन्। ‘ए ग्रेड’ नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा तीन हजार २८३ जना मात्रै छन्। अधिकांश विद्यालय नेपाली भाषामा पढाइ हुने विषय यी दुई मात्रै हुन्। जबकि अङ्ग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात् १५ हजार ३९९ जनाले ‘ए प्लस’ ल्याएका छन्। २०६८ सालको…
झापा, १३ साउन । झापाका विभिन्न स्थानमा गए रातीदेखि भारी वर्षा भएको छ । जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको हो । बाढी पूर्वानुमान महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम बढेको जनाएको छ । तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले यी स्थानमा पनि सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भद्रपुर, १२ साउन । झापाको भद्रपुर नगरपालिका–४ मा खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–७ का ४० वर्षीय भोटलाल गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गणेश भद्रपुर–४ आमडाँगीस्थित इलाम टि–प्रोडुसर प्रालिको निर्माणाधीन भवनमा काम गर्दै आएका थिए । सोही निर्माणाधीन भवनको करिब तीन सय मिटर पश्चिममा रहेको खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा आज बेलका करिब ४ः३० अचानक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते गणेशलाई उपचारका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रवक्ता पाठकले बताउनुभयो…
कनकाई, १२ साउन । कारितास नेपालको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका क्षेत्रभित्रका ३२ जना युवा युवतीहरुका लागि स्वरोजगारमुलक तालिम सम्पन भएको छ । कारितास जापानको आर्थिक सहयोग रहेको उक्त तालिम झापा प्राविधिक शिक्षालयले झोला बनाउने, कुक र बिद्युतीय मोटर बनाउने तालिम प्रदान गरिएको हो । जसमा झोला बनाउने तालिम २ महिने रहेको छ भने बाकी तालिम ३९० घण्टाको रहेको छ । तालिममा झोला बनाउनेमा १२ जना प्रशिक्षार्थी रहनुभएको थियो भने बाकी मोटर बनाउने र कुकमा १०÷१० जना रहनुभएको कारितास नेपालको सुरक्षित वैदेशिक रोजगार कार्यक्रमका होम भट्टराईले बताउँनुभयो । तालिम समापन पछि सहभागितालाई विशेष कार्यक्रमका विच होटल क्वीन प्यालेस…