झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ असार । शैक्षिक गुणस्तर खस्किरहेको त्रिभुवन विश्वविद्यालयले बैठकभत्ता भने १५० प्रतिशतले वृद्धि गरेको छ। शुक्रबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवि सभाले विश्वविद्यालयको सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक नियमावली २०६४ लाई संशोधन गरी बैठक भत्ता १५० प्रतिशतले वृद्धि गरेको हो। सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम(२०५० मा सार्वजनिक खरिद ऐन(२०६३ एवं सार्वजनिक खरिद नियमावली(२०६४ को प्रावधानअनुसार हुने गरी संशोधन गरी त्रिवि सभाका सभासद्लाई दिदै आइरहेको बैठक भत्ता १ हजार ६ सय रुपैयाँबाट बढाएर ४ हजार रुपैयाँ पुर्‍याएको छ । यसै गरी कार्यकारी परिषद्को बैठक भत्ता ८ सय रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ पुर्‍याएको…

Read More

झापा, २५ असार । सरकारी जग्गालाई पाँचदेखि ४० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएको छ। सरकारले अल्पकालीन रूपमा पाँच वर्ष, मध्यकालीन १५ वर्ष र दीर्घकालीन अवधिका लागि ४० वर्षको व्यवस्थासहित सरकारी जग्गा लिजमा दिने भएको हो । सरकारले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ मा यस्तो व्यवस्था गरेको छ । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ खारेज गरी बिहीबार नेपाल राजपत्रमा नयाँ कार्यनीति प्रकाशन गरिएको हो । यसअघि सरकारी जग्गा ३० वर्षसम्म लिजमा दिने व्यवस्था गरिएकोमा नयाँ कार्यनीतिमा ४० वर्ष गरिएको हो । निश्चित उद्देश्यका लागि संरचनासहित कसैले लिजमा लिने भएको हुँदा उसलाई सहज…

Read More

झापा, २५ असार । नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल(७ मा रहेको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन ुतानसेनु सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो । यससँगै देशभरका पाँच दर्जनभन्दा बढी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुला भएको छ। शुक्रबार आयोजित कार्यक्रमबीच पाल्पा सिमेन्टले करिब तीन हजार बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो । स्थापनाको चार वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए । “अब मागका आधारमा दैनिक सिमेन्ट पठाउने तयारी छ,” उहाँले भन्नुभयो। पाल्पा सिमेन्टले पाल्पाको माथागढी(७, रहबासमा रहेको खानीको चुनढुङ्गा प्रयोग गर्दै आएको…

Read More

बिर्तामोड, २५ असार । बिर्तामोड नगरपालिकाले भू–उपयोग नियमावली तथा जग्गा वर्गीकरणका विषयमा छलफल थालेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा शुक्रबार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले नगरपालिका क्षेत्र भित्रका जग्गा वर्गीकरणका विषयमा छलफल अघि बढाएको हो । बैठकमा नगरप्रमुख प्रसाईले सबै वडामा यस सम्बन्धि समिति गठन गरेर छलफल अघि बढाउनु पर्ने बताउनु भयो । छ महिना भित्रमा वर्गीकरण प्रक्रिया टुङ्ग्याउनु पर्ने भन्दै उहाँले सकेसम्म चाँडो छलफल चलाउन सबै वडाका वडाध्यक्षहरुलाई आग्रह गर्नु भयो । त्यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले वर्गिकरणमा केहि कठिनाईहरु भएपनि यसलाई छलफलका माध्यमबाट टुङ्ग्याउनु पर्नेमा जोड दिनु भयो । बैठकमा भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९मा भएका…

Read More

भद्रपुर, २५ असार । झापा सदरमुकाम भद्रपुर नगर क्षेत्रमा पनि नाइबोरी फ्लाइका लक्षण भएका विरामीहरू भेटिएका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा ‘नाइरोबी फ्लाइ’का पीडितहरु औषधी किन्न आउने गरेको समचार आइरहदा भद्रपुरमा ओम साई पाथिभरा अस्पतालका प्रबनधक दीप पौडेल आफैं पीडित भएको फोटो सार्वजनिक गरेका छन् । स्वास्थ्य कार्यालय झापाले भने हालसम्म जिल्लाका कुनै पनि अस्पताल तथा स्वास्थ्य चौकीमा नाइरोवीका बिरामी नआएको जनाएको दावी गरिरहेको भए पनि भद्रपुरका विभिन्न दजृनबढी व्यक्तिहरू सो रोगको लक्षण देखिएर औषधी पसल आउने गरेको बताइनछ । औषधी व्यवसायीहरूको भनाइ अनुसार दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउने सो…

Read More

ताप्लेजुङ, २४ असार । मालपोत कार्यालय ताप्लेजुङमा कार्यरत मालपोत अधिकृत लेखा पनेरु महतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत महत उपर १ लाख ५० हजार विगो कायम गरी घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो । महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ५० हजार घुस माग गरेको अख्तियारले जनाएको छ । उनी राष्ट्रपति विद्यादेबी भण्डारीबाट १ बैशाखमा निजामती सेवामा रहेर नागरिकको हित अभिवृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएकी थिइन् ।

Read More

भापा, २४ असार । ठमेलको एक होटलमा २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१४ घर भएका टिकाराम नेपाली छन् । सामाखुसी बस्ने नेपालीले युवतीलाई ठमेलको एक्सेस होटलमा बोलाएर ३ घण्टासम्म बलात्कार गरेको पीडितको आरोप छ । बिहिबार राति आरोपीलाई होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । टिकाराम र पीडित युवती पूर्व परिचित हुन् ।

Read More

झापा, २४ असार । जिल्ला न्यायाधीशमा नियुक्ति लिन इच्छुक न्याय सेवाका उपसचिवहरुलाई सात दिनभित्र आवेदन दिन न्यायपरिषद्ले आह्वान गरेको छ । आज बसेको परिषदको बैठकले योग्यता पुगेका उपसचिव मध्येबाट सात दिनभित्र आवेदन माग गरी रोष्टर बनाउन न्याय परिषद्को बैठकले सचिवालयलाई निर्देशन दिएको हो । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाका अनुसार परिषद्को बैठकले जिल्ला न्यायाधीशको नियुक्ति लिन इच्छुक योग्यता पुगेका उपसचिवहरुलाई आवेदन दिन आह्वान गरिएको हो । प्राप्त आवेदनका आधारमा रोष्टर बनाई परिषद्समक्ष पेश गर्न सचिवालयलाई निर्देशन दिइएको छ । संविधानको धारा १४९ को उपधारा २क बमोजिम कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम…

Read More

झापा, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ । कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् ।

Read More

झापा, २४ असार । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र बिर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालक स्वास्थ्य सहायक कलम निरौलाले भने, “एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको छ। बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ ।” उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आउनुभएका सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए । उनका अनुसार सोही…

Read More