
झापा, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कूल २१ सय ५४ जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ८३ र एन्टीजेन विधिबाट १५ जनामा कोरोनाको संक्रमण देखिएको हो । यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ । यस्तै, यो अवधिमा २७ जना निकोसमेत भएका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



