
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १३ फागुन । झापाको शिवसताक्षी–१० दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा आगलागी हुँदा आमाछोरी घाइते भएका छन् । बिहीबार राति ११ बजे भएको आगलागीबाट शिवसताक्षी–१० स्थित दोमुखामा की ४३ वर्षीया बालिका भण्डारी र उनकी छोरी १४ वर्षीया अस्मिता भण्डारी घाइते भएको जिल्ला प्रहरी झापाले जनाएकोछ । बालिकाको दाइने हात र अस्मिताको अनुहार र हातमा जलेको छ । उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । बिहीबार राति दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठे एक तले भवनमा बिजुली सर्ट भई अचनाक आगलागी भएको प्रहरीले जनाएको छ । सो भवनमा उनीहरु भाडामा बस्दै आएका थिए । आगलागीबाट सोही घरमा हरि भण्डारी,…
बिर्तामोड, १३ फागुन । वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लबको सक्रियतामा वीरता लेडी जेसीजले उत्कृष्ट नारी सम्मान कार्यक्रमको तयारी गरेको छ । वीरता लेडी जेसीजले गत वर्षदेखि वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा तथा झापाका सम्पूर्ण महिला संघसंस्थाहरुको सहभागितामा उत्कृष्ट नारी सम्मान कार्यक्रम शुरु गरेको र यस वर्ष पनि निरन्तरता दिइएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् । विभिन्न विधामा सक्रिय महिलालाई उत्कृष्ट नारी घोषणा गरी प्रत्येक वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका दिन उत्कृष्ट नारी सम्मान गरिने उनले बताइन् । यस बर्ष उत्कृष्ट नारी सम्मानका लागि ‘शिक्षा’ विधा चयन गरिएको बताउँदै उनले उक्त विधा अन्तर्गत रहेर झापा जिल्लामा विशेष…
मोरङ, १३ फागुन । मोरङको बिराटनगर महानगरपालिका-१३ स्थितबाट भारतिय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन । आज बिहान साढे १० बजे बिराटनगर(१३ नहर चोक स्थितमा सिआरभि जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका उनीहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण…
सन्तोष शर्माबिर्तामोड, १३ फागुन । झापा बुद्धशान्ति नगरपालिका–३ का दीपक भट्टराईले स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले बेला मोटर्स प्रालि काठमाडौँले उत्पादन गरेको तीन चक्के मालवाहक गाडी किन्नुभयो । सीता रमेश मल्टी क्याम्पस बुद्धशान्तिको स्नातक तह दोस्रो वर्षमा अध्ययनरत उहाँले पढाइसँगै कमाइ गर्ने उद्देश्यले सो गाडी खरीद गर्नुभएको थियो । तर, उहाँको सो सपना सपनामै सीमित भयो । कारण थियो गाडी किनेको तीन महिना पनि टिकेन । गाडीको इन्जिन, वाइयरिङ लगायतमा समस्या आउन थालेको उहाँले बताउनुभयो । “प्रतिलिटर ३५ किलोमिटर माइलेज दिन्छ भनेर गाडी किनियो, तर छ देखि १० किलोमिटर भन्दा बढी माइलेज दिएन”, उहाँले भन्नुभयो, “गाडी बिग्रएर उस्तै हैरान ।” कर्णाली…
झापा, १३ फागुन । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एसले सदनमा एमसिसी निर्णयार्थ प्रस्तुत भए विपक्षमा मत दिने निर्णय गरेका छन्। सरकारमै बसेर सरकारकै प्रस्तावको विपक्षमा उभिनु नैतिक मूल्य र मान्यताविपरीत हुने भएकाले ती दुई दल भावी दिनमा गठबन्धन कायम रहनेगरी सरकारबाट बाहिर निस्कने निष्कर्षमा पुगेका…
झापा, १३ फागुन । स्थानीय निर्वाचन, २०७९ का लागि निर्वाचन आयोगमा ३२ वटा दलले दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले निर्वाचन प्रयोजनका लागि फागुन १५ गतेसम्म दल दर्ता हुनुपर्ने समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् । बिहीबार मात्रै पिछडावर्ग निषाद दलित जनजाति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, समाजवादी केन्द्र नेपाल, नेसनलिस्ट पिपुल्स पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी, नेपाल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगमा हालसम्म १०९ वटा राजनीतिक दल दर्ता भएकोमा ७३ वटा दल अझै स्थानीय निर्वाचन प्रयोजनका लागि दर्ता भएको छैनन् ।…
झापा, १३ फागुन । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन् । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ । प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिनाभित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन्, जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्करी भइरहेको छ । यो सबै प्रदेश प्रहरी, जिल्ला…
झापा, १३ फागुन । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमाले साथ खोजेका हुन्। संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थाल्नुभएको छ । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन् । एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि…
झापा, १२ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोड, शिवसताक्षी, भद्रपुर, गौरीगञ्ज, दमक, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगर, ग्रामथान र रंगेलीमा १–१, सुनसरीको इटहरी र धरानमा १–१, खोटाङ र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण…