
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० साउन । साफ यू–२० च्याम्पियनसिपमा नेपालले सानदार विजयी सुरुआत गरेको छ। भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ।
इलाम, १० साउन । रुघाखोकी र ज्वरो बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघा खोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय बन्द गरिएको हो । परीक्षा सञ्चालन भइरहेका अवस्थामा पनि विद्यालय बन्द गर्नुपरेको बताइएको छ । चिकित्सकहरूले यसलाई भाइरल समस्या भएको जनाएका छन् । गाउँगाउँमा बिरामी हुने क्रम बढेपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । इलाम अस्पतालसहित फिक्कल बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र,…
पाँचथर, १० साउन । पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् । सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल ल्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको…
झापा, १० साउन । मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बुधबार देशभर बदली रहनेछ । पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको…
झापा, १० साउन । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ । मन्त्रालयले यसको अलवा अर्को रिपोर्ट पनि बनाएको छ । सो रिपोर्टअनुसार माओवादी केन्द्र जता मिल्यो उतै भारी बहुमत आउने देखिएको छ । एमाले…
झापा, १० साउन । स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको तथ्यांकले पुष्टि गर्छ । उक्त तथ्याङ्कअनुसार नगरसभाका सहभागीहरुले १ हजारका दरले ६ सय ५३ किलो खसीको मासु खाएका छन् । यसको खर्च ६ लाख ५३ हजार रुपैयाँ पर्छ भने कुखुराको मासु ३ सय ८० रुपैयाँको दरले १ सय ५० किलो खाएका छन् ।…
बिर्तामोड, ९ साउन । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की पार्थले बद्धाश्रममा गएर ज्येष्ठ नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभएको छ । झापाको बिर्तामोडस्थित नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयद्वारा आज यहाँ आयोजित ‘बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाद्यन्न वितरण’ कार्यक्रममा नेता कार्कीले त्यस्तो जोड दिनुभएको हो । “शिक्षालयमा अध्ययनरत विद्यार्थीले दिनमा एक घण्टा बृद्धाश्रममा आएर बुबाआमाको सेवा गर्न आग्रह गर्छु”, पूर्व सञ्चारमन्त्री तथा पार्टीका १ नं. प्रदेश इञ्चार्ज समेत रहनुभएका नेता कार्कीले भन्नुभयो, “दिनमा एक घण्टा पनि नभए वर्षमा २० घण्टा एक जना विद्यार्थीले उहाँहरुको सेवा गरौं ।” ज्येष्ठ नागरिकको सम्मान कम्युनिष्ट संस्कार रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहमा कम्युनिष्ट जनप्रतिनिधि भए…
काँकरभिट्टा ,९ श्रावण । भारतको विभिन्न आश्रामबाट बालबालिकाहरुलाई उद्धार गरिएको छ । सोमबार भारत कलकताको महावाणिज्य दूत इस्वर राज पोख्रेलको संयोजकत्वमा ५ बालबालिकाको उद्धार गरि उनीहरूको परिवारलाई जिम्मा लगाइएको हो । उनीहरुलाई दार्जिलिङ आश्राम ,सिलगुडी आश्रामबाट ल्याइएको थियो । उद्दार गरिएका बालबालिकाहरु चितवन घर भएका २ जना (किरण तामाङ, मिलन तामाङ ) जनकपुर घर भएका (रोशन पञ्जिहार ) भद्र्पुर घर भएकि पृयन्का राजवंशी त्यस्तै मेचीनगर घर भएका सन्तोष रोक्का रहेका छ्न् । उनीहरुलाई प्रहरी नायब उपरीक्षक ज्ञान कुमार महतोले कागजपत्रका आधारमा परिवारलाई जिम्मा लगाएको थियो । प्रहरी कार्यालय काँकरभिट्टा र बिश्व सेवा बिस्तार संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा माइती नेपाल, हाम्रो…
बिर्तामोड, ९ साउन । झापाको क्षितीज नाट्य प्रतिष्ठान रंगकर्मी माधव कल्पितसहित तीन जना श्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले आज एक कार्यक्रमका बीच गत असार २८ गते प्रदेश नं. १ पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७८ बाट सम्मानित कल्पितसहित नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७८ बाट सम्मानित साहित्यकार खगेन्द्रा खुशी र नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७९ बाट सम्मानित साहित्यकार लीला अनमोललाई सम्मान गरेको हो । कार्यक्रममा रंङ्गमञ्चको दौरानमा सडकमा विवाह गरेर स्टेजमा छोराछोरी हुर्काउदै अहिले सिंगो परिवार नै बहुजाती, बहुभाषिक, बहु सांस्कृतिक संग्रहालय सहितको झापा नाटक…
बिर्तामोड, ९ साउन । झापाको बिर्तामोड नगरपालिकाले ‘अनुपस्थित बैठकको समेत भत्ता लिएको खुलासा’ विषयमा आएको समाचारप्रति विज्ञप्ति निकालेको छ । गत शुक्रबार विभिन्न सञ्चारमाध्यममा अनुपस्थित हुँदा पनि बैठक भत्ता लिएको समाचार आएको थियो । सोही विषयमा स्पष्ट पार्दै नगरपालिकाले आज विज्ञिप्ति निकालिएको हो । नगरका प्रवक्त अग्नि पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– आर्थिक वर्ष २०७६–०७७ को महालेखा परीक्षणको प्रतिवेदनमा तत्कालिन जनप्रतिनिधि र कर्मचारीहरुको भत्ताको विषयमा जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी प्रदेश कानून निर्माण नभएकोले पछि बनेको प्रदेश कानून अनुसार खाइपाई आएको सुविधामा जम्मा २० लाख ५१ हजार ६८७ रुपैयाँ रकम वेरुजु देखिएकोमा उक्त रकम अघिल्लो वर्ष २०७८ भित्रै फछ्यौट गरी वेरुजु…