झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजीको प्रदर्शनपछि सुरु भएको आन्दोनलको निकास देशभित्रबाटै निकाल्नुपर्ने बताएका छन् । उनको संवाद सचिवालयले मंगलबार विज्ञप्ति निकाल्दै आन्दोलन हिंसात्मक नबनाउन पनि आग्रह गरेका छन्। ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस भन्ने धारणा राखि बक्सेको छ,’ सचिवालयले भनेको छ, ‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस भन्ने चाहना राखी बक्सेको छ।’

Read More

झापा, २४ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौँ उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा गरेको छ । महासंघले आज विज्ञप्ती जारी गर्दै सरकारले विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासंघले हिजो सोमबार जेनजी पुुस्ताले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कफ्र्यु लगाइएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने विज्ञप्ती मार्फत जनाएको छ ।

Read More

झापा, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिनुभएको छ । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै स्वास्थ्य मन्त्रीले पदबाट राजीनामा दिनुभएको हो ।

Read More

झापा, २४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन् ।

Read More

राजेश ढुंगानानयाँ पुस्ताले गरेको आन्दोलनमा २३ भाद्र एकै दिनमा १९ जना होनहार नेपालीहरुले शहादत प्राप्त गरिसकेका छन् । कुनै राजनीतिक दलको संगठित विद्रोह बाहेक दलहरुकै उग्र विरोधमा स्वतःस्फूर्त रुपमा उठेको यो नेपाली इतिहासकै पहिलो र गर्वलायक विद्रोह हो । कांग्रेस, एमाले र माओवादीका नेताहरु मात्र होइन, उनीहरुको गाउँस्तरीय झोलेहरु समेत यो विद्रोहलाई सुनियोजित र प्रायोजित भनिरहेका छन् । तर, उनीहरुले बुझ्नै पर्दछ— नेपाली युवाले एक दिनमै गरेको यो बलिदानीपूर्ण शहादतले उनीहरुको राष्ट्रप्रेम कसैले प्रमाणित गर्नु नपर्ने गरी प्रमाणित भइसकेको छ । युवाहरुको राष्ट्रप्रेमलाई कांग्रेस–एमालेका झोलेहरुले तोक लगाएर प्रमाणित गरिदिनु पर्ने हो र ? एमाले र कांग्रेसलाई हाम्रा युवाहरुको राष्ट्रप्रेममाथि प्रश्न…

Read More

झापा, २४ भदौ । जेन–जी आन्दोलनको दोस्रो दिन आज काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार आज अस्पताल ल्याइएका ५१ घाइतेमध्ये एक जनाको मृत्यु भएको हो । यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ । सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ ।

Read More

झापा, २४ भदौ । नयाँ पुस्ताका युवा (जेनजी) हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि झापासहित काठमाडौमा प्रदर्शन शुरु गरेका छन् । उनीहरु झापाको बिर्तामोड, दमक, इटहरी, पोखरासहित काठमाडौंको नयाँबानेश्वरको संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् । हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् । जिल्ला…

Read More

बिर्तामोड, २४ भदौ । जेन–जीको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा झापामा ५७ जना घाइते भएका छन् भने १० जना घाइते भएको छन् । घाइते हुनेहरुमा १४ जना प्रदर्शनकारी रहेका छन् । त्यसमध्ये ६ जनालाई गोली लागेको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ जनपद २५ जना र सशस्त्र १२ जना रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोड, नोवल अस्पताल विराटनगर, दमक अस्पताल दमकलगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदर्शनकारीलाई रोक्न प्रहरीले करिव ५० राउण्ड गोली प्रहार गरेको छ भने जिल्लाभरि ८५ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । दमकमा ९ जना र बिर्तामोडमा…

Read More

झापा, २४ भदौ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिनुभयो । जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र…

Read More

बिर्तामोड, २४ भदौ । झापाको बिर्तामोडबाट नियमितरुपमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक ११ औं बर्षमा प्रवेश गरेको छ । २०७२ सालदेखि निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक हरेक हप्ताको मंगलबार प्रकाशित हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिककी व्यवस्थापक रेवतादेवीभट्टराईले बताइन् । पत्रिकाले अनलाइन संस्करण बिर्ताज्योति डटकम समेत सञ्चालन गर्दै आएको उनले बताइन् । प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए । बिर्ताज्योति साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा सम्पादक तुलसीप्रसाद निरौलाले धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत…

Read More