
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुद्धशान्ति, १० जेठ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन्। वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । नवनिर्वाचित अध्यक्ष वाग्लेले वडामा परेको एक निवेदनमा तोक लगाउँदै काम सुचारु भएको घोषणा गरेका थिए।वडामा रहेका अपाङ्गता भएका नागरिक र अति बिपन्न परिवारलाई छनौटका आधारमा स्वास्थ बिमा गर्नेगरी उनले निवेदनमा हस्ताक्षर गरेका हुन्। उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। वाग्लेसँगै…
झापा, १० जेठ । बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार भएको सपथग्रहणपछि जनप्रतिनिधिहरुले औपचारिकरुपमा पदभार ग्रहण गरेका हुन् । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको सपथग्रहण तथा पदबहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । यसअघि नगरप्रमुख प्रसाईले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिनु भएको थियो । सपथग्रहण पछि नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौला सहित वडाध्यक्षहरुले पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईले २ वटा निर्णय गर्र्नु भएको छ । निम्न वर्गका जनताको…
बिर्तामोड, १० बैशाख । झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण गराएका छन् । उनले सपथग्रहण गराएपछि वडाध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् । पद्भार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको निशुल्क भिडियो एक्स–रे गर्ने कार्यक्रम पेश गरिन् । उपाध्यक्षको सो कार्यक्रमलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् । चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निशुल्क भिडियो…
बिर्तामोड, ९ जेठ । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले२०३.४१०(दुइ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागुऔषध ब्राउनसुगर , नगद ३८,७३०(अट्तिस हजार सात सय तिस ) रुपैयाँ र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प…
झापा, ८ जेठ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बितेको छ । तर पनि हालसम्म ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो । जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ। काँग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ । यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४…
झापा, ८ जेठ । चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालको व्यापारघाटा १४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नेपालले विदेशबाट १६ खर्ब ५ अर्बको वस्तु आयात गरेको हो। सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्बको वस्तु विदेश पठाएको छ। चालू आर्थिक वर्षमा वस्तु आयात तथा निर्यात दुवै बढेको देखिएको छ। निर्यातको मात्रा बढे पनि व्यापार घाटाको खाडल भने धेरै रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए। गत वर्षको यही अवधिमा १ अर्ब ८ अर्ब ४८ करोडको निर्यात भएको थियो। त्यस्तै गत आर्थिक वर्षको दश महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको थियो।
झापा, ८ जेठ । स्थानीय तहको निर्वाचनमा झापामा तीन जनाले प्रमुख पदमा दोहो¥याएका छन् । झापाको कन्काइ नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेलले दोहोर्याएका छन् । उनले ८ हजार ६७३ मत ल्याउँदा काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत ल्याएका छन् । झापाकै झापा गाउँपालिकामा काँग्रेसका जयनारायण साहले पुनः जितेका छन् । उनले ६ हजार ९९८ मत ल्याउँदा एमालेका गौरीशंकर राजवंशीले ४ हजार ३६५ मत ल्याए । झापाकै हल्दीबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले पुनः जितेका छन् । उनले ६ हजार ८ सय ५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत ल्याए ।
झापा, ८ जेठ । २०७४ सालमा भएको स्थानीय तहको चुनावमा भन्दा यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन् । ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा उनले एमाले र काँग्रेसका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र नभई उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएकाहरु कोही जितको नजिक पुगेका छन् भने केही स्थानमा जित निकालेका छन् । सुनसरीको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ राईले काँग्रेसका उम्मेदवारसँग अग्रता लिइरहेका छन् । यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि ३ हजारभन्दा बढी…
झापा, ८ जेठ । स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ । मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा…
तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ । बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि नगर्नुहोस् । प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’ भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको…