झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ असार । उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागी २ जनाको मृत्यु भएको छ । मंगलवार बेलुका साँढे ६ बजे उदयपुरको चौदण्डीगढी-५ का २५ बर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानी सगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो भने सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागी ७ बर्षीय सुजन तामाङको…

Read More

झापा, २१ असार । तमू गुरुङहरुको दोस्रो अन्तराष्ट्रिय सम्मेलन भारतको सिक्किममा हुने भएको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका निवर्तमान अध्यक्ष एवं संरक्षक समितिका प्रमुख रेशम गुरुङका अनुसार भारतको सिलगढीमा भएको विभिन्न गुरुङ संघ – संगठनहरुको बैठकको निर्णय अनुसार दोस्रो अन्तर्राष्ट्रिय सम्मलेन सिक्किममा गर्ने निर्णय भएको जनाइएको छ । बैठकले २०७९ साल असोज २५ र २६ गते अर्थात २०२२ अक्टोबर ११–१२ गते सम्पन्न गर्ने निर्णय गरिएको छ । यस अघि पहिलो अन्तर्राष्ट्रिय तमू सम्मेलन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको आयोजनामा २०७६ साल असोज २४ र २५ अर्थात सन् २०१९ को अक्टोबर ११ र १२ गते…

Read More

झापा, २२ असार । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घात भएको नेकपा एमाले भद्रपुर नगर कमिटीले निष्कर्ष निकालेको छ । सँगै नगर कमिटीले निर्वाचनमा हारको कारणबारे खोजविन गर्ने भएको छ । निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि मङ्गलवार बसेको स्थानीय तहको निर्वाचन समीक्षा विस्तारित बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । निर्वाचनमा कमी कमजोरी भएरै हार बेहोर्नु परेको निष्कर्ष समीक्षा बैठकले निकालेको नगर प्रमुखका पराजित उम्मेदवार असारु राजवंशीले बताए । जिल्ला कमिटीका उपसचिवसमेत रहेका राजवंशीले अन्तर्घातलगायतका कमी कमजोरी भएकै कारण आफूलगायतले पराजय बेहोर्नु परेको निष्कर्ष निकालिएको बताउँदै अन्तर्घात गर्नेहरूको खाजी गर्ने निर्णय भएको जानकारी दिए । प्रदेश कमिटी सदस्य यमबहादुर श्रेष्ठले…

Read More

झापा, २२ असार । मेचीनगर नगरपालिका– ६ काँकडभिट्टास्थित मेची पुलमा ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरीशनिश्चरे २ बस्ने २२ वर्षीय मिलन दर्जीलाई प्रहरीले मंगलबार ब्राउनसुगरसहित पक्राउ गरेको हो । शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो । इलाका प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको दर्जीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

विराटनगर, २२ असार । विराटनगर महानगरपालिकाले सडक मानव मुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानव मुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए । उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त र सहाराविहीनलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । यसैबीच महानगरले फुटपाथ खाली गर्ने अभियानलाई तीव्रता दिएको छ । नाली नै जाम हुने गरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिन पनि महानगर…

Read More

आफ्ना श्रीमानले अरु महिलाको प्रशंसा गरेको त के हेरेको समेत पनि श्रीमतीलाई मन पर्दैन । तर एकजना श्रीमतीले आफ्ना श्रीमानले अर्की महिलाको सपना देखेको समेत सहन सकिनन् । त्यसैले सुतिरहेका श्रीमानको यौनाङ्गमा तातोपानी खन्याइदिइन् । यही आरोपमा बोलिभियाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अडिटी सेन्ट्रल यो अचम्मको घटना गत हप्ता बोलिभियाको शहर ला पाजमा भएको हो । ती महिलाले प्रहरीलाई दिएको बयान अनुसार उनका ४५ वर्षका श्रीमान् सुतिरहेका बेला बर्बराइरहेका थिए । श्रीमानले सपनामा नै अर्की महिलालाई आफ्नो प्रेम भावना व्यक्त गरिरहेका थिए । श्रीमानले अर्की महिलाको नाम लिएर बर्बराइरहेको सुनेपछि रिसले आगो भएकी श्रीमती त्यसपछि भान्सामा गइन्…

Read More

झापा, २२ असार । आगामी आर्थिक वर्ष २०७१–०८० को बजेट ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको छ। सो कार्यक्रम कार्यान्वयन गर्न विद्यालयको भौतिक पूर्वाधार शीर्षकमा सबैभन्दा धेरै बजेट राखिएको छ। सो शीर्षकमा ७ अर्ब ६३ करोड रुपियाँ विनियोजन गरिएको छ। सरकारी शिक्षा सुधार गर्ने योजनासहित सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाएको हो। चाल आवको बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आवमा थप योजना कार्यान्वयन गर्न बजेट विनियोजन गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले तत्काल काम…

Read More

झापा, २२ असार । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि भने निर्यात निरन्तर बढ्दो अवस्थामा रहेको छ । नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज, ब्यागेज प्रयोजनका उत्पादन, फ्लोर कभरिङ उत्पादन, सल ब्ल्याङ्केट, विभिन्न रेसाका उत्पादन तथा शिरपोसका सम्बन्धित सामानहरू निर्यात हुने गरेका छन् । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालू आर्थिक…

Read More

झापा, २२ असार । सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर नयाँ ल्याउने निर्णय गरेको हो। ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएसँगै नयाँ विधेयक दर्ताको तयारी भएको छ’, एक मन्त्रीले भने। संसद्मा दर्ता भएको नागरिकता विधेयकका लगभग सबै विषय टुंगिए पनि वैवाहिक अङ्गीकृत नागरिकता पाउने अवधिबारे कांग्रेस र मधेसवादी दलबीच फरक धारणा छ। एमाले स्थायी कमिटी सदस्य एवं सांसद विजय सुब्बाले नागरिकता विधेयकमा बुहारीले नागरिकता पाउने प्रावधानको विषयमा मतभिन्नता रहेकाले सरकारले विधेयक…

Read More

झापा, २१ असार । प्रदेश नं. १ सरकारले असार महिनाको १७ गतेसम्म १७ दिनमा मात्रै १ अर्ब १५ करोड पूँजीगत खर्च गरेको छ । अघिल्लो महिना अर्थात् जेठमा खर्च १ अर्ब ८ करोड पुँजीगत खर्च गरेको थियो । योसँगै प्रदेश नं. १ को पूँजीगत खर्चको अवस्था ७० प्रतिशत पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको संशोधित बजेट (सशर्त थप भएपछि) ३४ अर्ब ७३ करोड १९ लाख ९ हजार थियो । चालूतर्फ बजेट १६ अर्ब ६३ करोड ८ लाख १ हजार थियो भने असार १७ गतेसम्ममा खर्च ११ अर्ब १ करोड २४ लाख ६१ हजार (७० प्रतिशत) भएको हो ।

Read More