
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ असार । लामो समयदेखि घाटा ब्यहोरी रहेको नेपाल आयल निगम टाट पल्टिएको छ । भारतबाट महँगोमा तेल किनेर नेपालमा घाटामा बेचिरहेको निगम टाट पल्टिएको हो । पूर्णरुपमा आर्थिकरूपमा कमजोर बनेपछि जग्गा धितो राखेर अर्बौ रुपैयाँ ऋण लिने भएछ । त्यसका लागि निगमले केन्द्रीय कार्यलय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने स्रोतले जनाएको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले बैंकमा जग्गा धितो राखेर ऋण लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई पत्र पठाएको छ । पत्रमा अर्थ मन्त्रालयले निगमलाई दिनु पर्ने ३ अर्ब सोधभर्नाको रकम लिन जग्गा धितोमा राख्न भनिएको छ ।
झापा, १४ असार । अविरल वर्षाले झापाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । सोमबार रातिदेखि आएको वर्षाले कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवाखोलाले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, कमल–६, खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ । सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङका दुईवटा सुँगुर फार्म बगाएको छ । वडा नम्बर–६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँध समेत भत्काएको छ । यता, रतुवाखोलाले गौरादह नगरपालिका–५ र…
सुनसरी, १४ असार । निरन्तरको वर्षाको कारण सप्तकोशी नदीको बहाव बढेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमले आज दिउसो २ बजे मापन गरे अनुसार अहिले सप्तकोशी नदीको बहाव १ लाख २३ हजार ४ सय ५५ क्युसेक प्रतिसेकेन्ड रहेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थाले पछि अहिले १९ वटा ढोका खोलिएका छन् । पानी निरन्तर परेर नदीको बहाव बढे पनि नदीको स्पर र नोजहरु सुरक्षित रहेको एसपी थापाले बताए ।
भद्रपुर, १४ असार । भारि वर्षाका कारण झापा जलमग्न भएको छ । सोमबार रातिदेखि परेको मुसलधारे वर्षाका कारण जिल्लाका अधिकांश स्थानमा डुबानमा परेको हो । भद्रपुर, कचनकवल, हल्दिबारी, बिर्तामोड, मेचीनगर, दमक, गौरादह, गौरीगञ्ज लगायतका अधिकांश स्थानमा डुबानमा परेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्डका केही स्थानमा पानी बाटो माथिबाट बगिरहेको छ । नदी, खोलमा आएको बाढी बस्तीमा पस्दा सयौं घर डुबान र कैयौं परिवार विस्थापित भएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । गौरादह नगरपालिका–४ र ५ स्थित टङ्वामा ५० घर डुबानमा, भद्रपुर नगरपालिका–८ मा २५ परिवार विस्थापित, शिवसतासी नगरपालिका–६ मा ४० घर डुबानमा, झापा गाउँपालिका–१ मिलनबस्तीमा ९० घरमा…
बिर्तामोड, १४ असार । झापाको बिर्तामोड नगरपालिका स्थित पूर्णटुंग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिनुभयो । अस्पतालमा ‘ट्रली ब्वाइ’को रुपमा काम गर्दै गौरादह–३ का बाँस्तोला ड्युटी समयमा नउठेपछि गएर हेर्दा उनी मृत फेला परेकय हुन् । “शरीरमा कुनै चोटपटक छैन”, प्रहरी नियरीक्षक तिम्सिनाले भन्नुभयो, “घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।”
झापा, १४ असार । झापाको दमक नगरपालिका–५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेका छन् । हिजो बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट डिजिटल तराजुसहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, १४ असार । झापामा सोमबार रातिदेखि आएको मुसलधारे वर्षाले तताततै डुबान भएको छ । जिल्लाका कनकाई, रतुवा, बिरिङ, मेची, कमल, बनियानी, लगायत खोलामा आएको बाढी बस्ती पस्नुका साथै जमिन कटान भएको छ । स्थानीयबासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सरोकारवाला निकायहरु बाढी प्रभावितको उद्धारमा सक्रिय भएका छन् भने हालसम्म जिल्लामा कुनै मानवीय क्षति छैन ।
झापा, १५ असार । पूर्वी नाका काँकडभिट्टा हुँदै ४६ करोड रुपैयाँको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को जेठ मसान्तसम्ममा ४५ करोड ९७ लाख २७ हजार रुपैयाँ बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो। आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुर वापत मात्र १२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए। उनका अनुसार २९ करोड ७३ लाख ७ हजार मूल्य बराबरको चार हजार ६४५ मेट्रिक टन स्याउ आयात भएको छ। यो नाका भएर १० महिनाको अवधिमा भुइँकटहर मात्र चार करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको एक हजार…
झापा, १४ असार । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन्। उनले मंगलबार दिउँसो नयाँ दल घोषणा गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९एकता राष्ट्रिय अभियान० राख्ने बताइएको छ। पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने भएका छन्। रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको नामसहित औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए। पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहनेगरी व्यवस्था भएको उनले बताए। पार्टीको सचिवालय ९ सदस्यीय हुने जनाइएको छ।
झापा, १४ असार । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासी बहाव हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।