
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ जेठ । संघीय सरकारले आर्थिक वर्ष २०७९-०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।’ संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या ५३ हजार पुगेको छ। २०७५ मा गरिएको संगठन तथा व्यववस्थापन (ओएनएम) सर्भेपछि केन्द्रमा करिब ४ हजार दरबन्दी थप गरिएको…
झापा, २६ जेठ । नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउनका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ । बिहीबार आन्तरिक मामिला तथा कानूनमन्त्रालयमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायसँग सुझाव संकलनका साथै विपत् भई हालेमा छिटो भन्दा छिटो उद्धार कसरी गर्न सकिन्छ भनेर छलफल गरिएको हो । यो वर्ष वर्षमायामा औसतभन्दा बढी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गर्दै गर्दा जोखिम बढी हुने भएकाले त्यसलाई प्रतिकार्य गर्नका लागि सबै क्षेत्रका प्रतिनिधिहरू जुट्नुपर्नेमा सहभागीले जोड दिएका…
भद्रपुर, २६ जेठ । मिर्गौला पीडित भद्रपुर नगरपालिका–९ निवासी १३ वर्षीय नवीन श्रेष्ठको उपचारका लागि आर्थिक रकम सहयोग जुटाई दिन उनका परिवारजनले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडित नवीनको हाल कान्तिबाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । भद्रपुर–९ घोडामारास्थित पशुपतिनाथ आधारभूत कक्षा ६ मा अध्ययनरत छोरा नवीनलाई बचाइदिन उनका आमा पूर्णमाया श्रेष्ठले अपिल गरेका हुन् । विगत ५ वर्षदेखि मिर्गौला रोगबाट छटपटाइरहेका नवीनको उपचारमा हालसम्म १९ लाख रुपैयाँ बढी खर्च भइसकेको बताउँदै पूर्णमायाले भनिन्, ‘छोराको उपचारका लागि मेची अस्पताल भद्रपुर, ओम साई पाथीभरा अस्पताल भद्रपुर, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन अस्पताल काठमाडौँ धाइसकेको छु,…
झापा, २६ जेठ । तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजि १०० मिटर तल झरी दुर्घटना हुँदा चालक फेदाप गाँउपालिका(५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । त्यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका(७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशा…
झापा, २७ जेठ । नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ । तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोडमा लागू औषध ब्राउन सुगर कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ र १६ ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गर्ने बिर्तामोड नगरपालिका ५ निवासी ४६ वर्षीय बिजेन राजवंशी र पाँचथर जिल्ला फिदिम – ७ रानीटारका २२ वर्षीय सुजन गुरुङ पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता हुन् । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बुधवार दुवै जनालाई बिर्तामोड ५ सुकुम्वासी टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय…
झापा, २६ जेठ । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । उनले झापाको कमल गाउँपालिकाको लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने समेत बताएका छन् । त्यस्तै आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम् अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्धार प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाउने र सबै जिल्लामा अस्पतालहरूमा गुणस्तरीय सेवा…
टेक्सस (अमेरिका) । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल आज (जुन ९) मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको मोसा स्टेडियमा संचालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि गत विहिवार…
झापा, २६ जेठ । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गर्नु भयो । वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो । चन्द्रप्रसाद ढकाल र निशा खड्काको विवाह दर्ता र ओमबहादुर लिम्बुको वसाईसराईको सूचना फारमको निस्सा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र वडाध्यक्ष पाण्डेले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले राज्यले आफ्ना नागरिकहरुको अवस्था बुझ्न र अभिलेख राख्नका लागि यो दर्ता…
झापा, २६ जेठ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पुऱ्याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् । हाल २१ वटा मन्त्रालय रहेका छन् । मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।