झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ७ असार । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटिया बजारका बारेमा उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । आज बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाईं र पूर्व जनप्रतिनिधि गोपिचन्द्र गिरी सदस्य रहनु भएको छ । यस्तै, सल्लाहकार समितिमा पूर्व अनारमनी गाविस अध्यक्ष हर्कलाल गिरीको संयोजकत्वमा पूर्व अनारमनी गाविस उपाध्यक्ष लोकबन्धु कन्दङ्गवा र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन सदस्य रहने गरी समिति गठन गरिएको छ । समितिले एक महिना भित्रमा प्रतिवेदन बुझाउने गरी निर्णय…

Read More

उत्तरी क्यारोलिनाको किट नियन्त्रण कम्पनीले घरधनीहरूलाई २००० डलर तिर्ने प्रस्ताव राखेको छ । तर यसका लागि घरधनीले आफ्नो घरमा सयवटा अमेरिकी साङ्लो छोड्न भने सहमत हुनुपर्छ । उक्त कम्पनीले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि यस्तो प्रस्ताव राखेको हो । यदि तपाईं महाद्वीपीय संयुक्त राज्य अमेरिकामा बस्नुहुन्छ र घरमै बसीबसी साढे दुई लाख कमाउन चाहनुहुन्छ भने ‘द पेस्ट इन्फर्मर’ वेबसाइटमा जानुहोस् र उनीहरुको चलिरहेको प्रयोगात्मक कार्यक्रमको लागि साइन अप गर्नुहोस् । पेस्ट कन्ट्रोल कम्पनीले वास्तविक जीवनमा साङ्लो विनाशको नयाँ प्रविधिको परीक्षण गर्न खोजिरहेको छ, त्यसैले उक्त कम्पनीले मानिसको घरमा सयवटा साङ्लो छोड्न चाहन्छ र महिना दिनसम्म यसबारे परीक्षण गर्न चाहन्छ ।…

Read More

झापा, ७ असार । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । दलको महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । साथै, उक्त विषय पालना नभए निर्वाचन आयोगले सजाय गर्नसक्ने ऐनले स्पष्ट उल्लेख गरेको छ तर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य केही साना दलले गत मङ्सिर र पुसमा महाधिवेशन गरेकोमा कुनैले पनि ऐनबमोजिम हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी…

Read More

झापा, ७ असार । जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक कलह सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ‘दबदबा’ कायम राख्ने योजनामा पार्टीका दुई खेमामा लागे। बाबुराम भट्टराई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीतिबमोजिम प्रदेशका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलनको अभियान नै थाल्यो। यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्टराई समूहको यो अभियान गोप्य रूपमा गरिएको थियो। उपेन्द्र समूहका अशोक भन्छन्, ‘एक डेढ महिनाअघि भट्टराई समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरूलाई गोप्य रूपमा हस्ताक्षर सङ्कलनको अभियान सुरु गर्न थालेका थिए तर उनीहरू सफल भएनन्। आजकोनागरिक दैनिकमा खबर छ ।

Read More

झापा, ७ असार । सत्ताधारी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापासहित काँग्रेसका १३ जना र बिन्दा पाण्डेसहित प्रमुख प्रतिपक्ष एमालेका ८ जना सांसदले बलात्कारसम्बन्धी प्रचलित हदम्यादसम्बन्धी कानुनी व्यवस्थालाई हटाउने गरी कानुनी व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन् । मूल ऐनको दफा २२९ मा संशोधन गरी जबरजस्ती करणीजस्तो जघन्य अपराधको हकमा उजुरीका लागि राखिएको हदम्यादको व्यवस्था हटाउनु पर्ने काँग्रेस सांसदहरूको संशोधन प्रस्तावमा उल्लेख छ भने यसअघि दर्ता भएको पाण्डे समूहको प्रस्तावमा पनि सोही आशय व्यक्त गरिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Read More

झापा, ७ असार । अमेरिकी डलरको विनिमय दर निरन्तर बढिरहँदा नेपालले तिर्नुपर्ने बाह्य ऋणमा १९ अर्ब ३७ करोड रुपियाँको दायित्व थपिएको छ । नेपालले बाह्य ऋणबापतको साँवा ब्याज डलरमै भुक्तानी गर्नुपर्ने भएकाले डलरको भाउ बढ्दा त्यसको असर ऋण भुक्तानीमा देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ–चैत) मा मात्रै नेपालले भुक्तानी गर्नुपर्ने ऋणको भार १९ अर्ब ३७ करोड रुपियाँले बढ्ने भएको हो । सो कार्यालयका अनुसार माघदेखि चैतसम्मको अवधिमा मात्र नेपालले एक अर्ब २२ करोड १८ लाख डलर बाह्य ऋण लिएको छ । कार्यालयका अनुसार पुस मसान्तमा नेपालले १२ अर्ब २१ करोड रुपियाँ बाह्य…

Read More

झापा, ७ असार । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोही अनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरिए पनि प्रभावकारी कार्यान्वयनमा आउन सके को थिएन ।…

Read More

भद्रपुर, ६ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा अन्तरघातसँगै पार्टीको नीति, विधि र सिद्धान्तविपरीत कार्य गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र भद्रपुर निर्वाचन परिचालन समितिले १७ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । समितिले पार्टीको प्रदेश कमिटीलाई निलम्बनदेखि स्पष्टीकरणसम्मको कारबाहीका लागि उनीहरुको सिफारिस गरेको निर्वाचन परिचालन कमिटी भद्रपुरका संयोजक डिल्ली घिमिरे (हिक्मत) ले जानकारी दिनुभयो । पार्टी सदस्यता निलम्बनको सिफारिसमा सन्तबहादुर लिम्बू ‘सुजय’, नरेश सञ्जेल, लक्ष्मण जमरकट्टेल, चन्द्रबहादुर तामाङ र धिरेन राजवंशीको नाम छ । त्यस्तै, स्पष्टीकरण लिनुपर्नेमा मिरा अधिकारी, विष्णुबहादुर राई, रूद्र निरौला, भारतसिंह राजवंशी, अरविन्द अधिकारी, धनश्याम खनाल, रञ्जीत राई, चन्द्र गौतम, योगराज अधिकारी, सन्तोष तामाङ, आशिष खनाल…

Read More

झापा, ६ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको नेकपा बहुमतले विरोध जनाउँदै फिर्ता लिन माग गरेको छ । नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको ढाड सेक्नेगरी मूल्य वृद्धि अत्याधिक भएको भन्दै सडक संघर्षमा आउँन अपिल गरेका छन् । प्रधानमन्त्री देउवा सरकार भएको ८ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै समयानुकुल समायोजन गर्न ओलीले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने बताएको छ ।

Read More

मोरङ, ६ असार । मोरङको बेलबारी–११ स्थित पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज दिउँसो सवा १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाइलकमा सवार मोरङ पथरीशनिश्चचरे–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए । दुर्घटनाबाट घाइते भएका उनीहरुको उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More