
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ जेठ । झापाको बिर्तामोडमा एक औषधि व्यवसायीले आफू नियमकारी निकायबाटै अन्यायमा परेको बताएका छन् । कालिका ड्रग डिष्ट्रिव्यूटर अर्जुनधारा–११ का सञ्चालक खेमराज बस्नेतले आफू बिर्तामोड नगरपालिकाबाट अन्यायमा परेको बताएका हुन् । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी बस्नेतले बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा फार्मेसी सञ्चालनका लागि न्यूनतम् वार्षिक ठेक्का मूल्य अभिबृद्धि बाहेक १२ लाख रुपैयाँ आह्वान गरेको बोलपत्र बमोजिम औषधि पसल सञ्चालनका लागि ठेक्का पाए पनि एक वर्षसम्म बित्दा पनि फार्मेसी सञ्चालन गर्न नदिएको बताए । नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमका लागि फार्मेसी सञ्चालन गर्न इ–विडिङ्गमार्पmत् २०७८ बैशाख २३ गते ठेक्का आह्वान गरेको थियो । जसमा…
झापा, ३ जेठ । मेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा संलग्नताको विषयलाई लिएर नेपाली सेना विवादमा मुछिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले एसपीपीको कुनै पनि प्रक्रियामा सहभागी नभएको र नहुने दाबी गरेको थियो । तर, बिहीबार एकाएक सेनाकातर्फबाट सन् २०१५ मा स्टेट पार्टनरसिप प्रोग्राममा सहभागी हुन अनुरोध गरिएको पत्र नै सार्वजनिक भएपछि सेना विवादमा मुछिएको हो । सार्वजनिक भएको सो पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर छ । सन् २०१५ को अक्टोबर २७ अर्थात् १० कात्तिक २०७२ मा तत्कालीन प्रधान सेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै सो कार्यक्रममा सहभागी हुन अनुरोध गरेको खुलेको…
झापा, ३ जेठ । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार केन्द्र स्थापना भएपछि पहिलोपटक बजेट व्यवस्था गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको बजेट किताबमा केन्द्रलाई १ करोड रुपियाँ बजेट व्यवस्था गरेको हो ।केन्द्रलाई बजेट व्यवस्था गर्न मन्त्रालयले सिफारिस गरेको थिएन । तर अर्थ मन्त्रालले बजेट व्यवस्था गरेपछि पहिलो पटक केन्द्रले बजेट पाउन लागेको हो । केन्द्र स्थापना भएको दुई वर्षपछि सरकारले केन्द्रलाई बजेट दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले…
भद्रपुर, ३ जेठ । आसन्न चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने भएको छ । पार्टीले सर्वसम्मत नेतृत्वका लागि पहल गरे पनि सो सम्भव नभएपछि सत्ता गठबन्धन नेतृत्वका दल कांग्रेसलाई सघाउने निर्णयमा पुगेको हो । पार्टीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो निर्णय गरेको जनाएको हो । पार्टीका नगर अध्यक्ष शिवराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सर्वसम्मत सेवा भावना भएका समक्ष व्यक्तिहरुको समिति बनाउने हाम्रो प्रस्ताव र प्रयन्त अरु पक्षबाट हार्दिककताका साथ स्वीकार नभए पश्चात पार्टी र गठबन्धन भई चुनावी प्रतिस्पर्धा गएको कारणले हामीले कुनै न कुनै पक्षलाई समर्थन गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।…
बिर्तामोड, ३ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले ओली नेतृत्वको सरकारले एसपीपी सम्बन्धमा २०१९ मा कार्यदल नै बनाएको जानकारी गराउँदै कुटनीतिक दृष्टिले कार्यदल बनाउनु भनेकै अस्वीकार गर्नु हो भन्ने प्रष्ट्याएका छन् । एमाले नेता खरेलले आज झापामा पत्रकारहरुसँग कुराकानी गर्दै भनेका छन् ‘एसपीपी एमालेले अस्वीकार गरेको विषय हो, यस्तो सम्झौताले जनताको हित नगर्ने भएकाले यसलाई सम्झौता नगर्न’ सरकारको ध्यानाकर्षण गराउँछु । एसपीपी सम्झौता राष्ट्रघाती हुने प्रष्ट पार्दै उनले गठबन्धन सरकारले आफूमाथिको दोष एमालेमाथि खन्याउने दुस्प्रयास गरेको पनि बताएका छन् । असंलग्न परराष्ट्र नीति र अन्तराष्ट्रिय सम्बन्धलाई नै तलमाथि हुने गरी सम्झौता तयारी गरेको गठबन्धन…
झापा, ३ जेठ । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ। अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका थिए । अन्तःशुल्क वृद्धि गरी प्रतिकेजी ३ रुपैयाँ ५० पैसा पुगेको छ र यसले समस्या देखाएको सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्यक्ष एवं एभरेस्ट रोलीड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए । सरकारको यो निर्णयले स्पन्ज आइरन आयात गरी बिलेट र स्टिल बनाउने उद्योगहरूलाई फाइदा…
क्यानडामा २५ वर्षकी एक युवतीले ७० वर्षका वृद्धसँग विवाह गरेकी छिन् । यी दुईका दुई वर्षको छोरा पनि छन् । श्रीमान्–श्रीमतीको उमेरबीच ४५ वर्षको अन्तर भए पनि यसले प्रेममा कुनै कमी निम्त्याएको छैन । उनीहरु खुसीसाथ एक अर्काको आड भरोसा बनेर जीवनयापन गरिरहेका छन् । ‘लभ डन्ट जज’ नामको शोमा यी दुईले आफ्नो कथा सुनाएका छन् । त्यसपछि यो अचम्मको प्रेमको चर्चा विश्वभर भइरहेको छ । डन र स्टेफनी पहिलो पटक पाँच वर्षअघि पबमा भेटेका थिए । त्यसबेला डन ६५ वर्षका थिए । जबकी स्टेफनी २० वर्षकी मात्र थिइन् । स्टेफनी त्यहि पबमा काम गर्थिन् । डन त्यहाँ बारम्बार जाने…
हलिउड फिल्ममा हामीले एक्सन हिरो मार्भल्सका एभेन्जर्स, ह्यारी पोटर जस्ता धेरै काल्पनिक पात्रहरू हेर्दै आएका छौँ । यी पात्रहरूले आफ्नो वरिपरि नयाँ संसार बनाएका छन् । हिन्दी सिनेमाका युवा निर्देशक अयान मुखर्जी पनि केही यस्तै प्रयास गरिरहेका छन् । अयान मुखर्जी निर्देशित पौराणिक चलचित्र ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक भएको छ । अमिताभ बच्चनको आवाज, रणबीर कपुर र आलिया भट्टको झलकसँगै देखिएका छन् साउथका सुपरस्टार नागार्जुन र मौनी रोय । ट्रेलरको सुरुवातमा महाबली र सर्व शक्तिशाली अस्त्रलाई खोजिरहेको कहानी देखाइएको छ । रणबीर र आलियाबीच रोमान्सका साथै अत्यधिक सस्पेन्सका साथै यो फिल्ममा अस्त्रका देवता ‘ब्रह्मास्त्र’ को शक्तिलाई देखाउने कोसिस गरिएको छ…
झापा, २ जेठ । प्रहरीले ठूलो परिमाणमा सेतो र खैरो हेरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। उनीहरु दुवइबाट फ्लाइ दुवइको जहाजबाट काठमाडौं आएका हुन्। लागुऔषध नियन्त्रण ब्युरोले ५१ केजी लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नेपालमा एकसाथ बरामद भएको यो हेरोइन अहिलेसम्मकै धेरै हो। उनीहरुको साथबाट ४९ किलो सेतो र २ किलो खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको लागुऔषधको मूल्य करिब १ अर्ब २ करोड रुपैयाँ पर्ने प्रहरीको अनुमान छ।
झापा, २ जेठ । संघीय प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ। बजेटसँग सम्बन्धित ४ वटा विधेयकमध्ये विनियोजन विधेयक बहुमतले पारित भएको हो। बिहीबारदेखि राष्ट्र ऋण उठाउने विधेयकमा छलफल सुरु भएको छ भने आगामी सोमबारदेखि आर्थिक विधेयकमा छलफल सुरु हुने सभामुख अग्नि प्रसाद सापकोटाले बताए। बजेटसँग सम्बन्धित ४ विधेयकमा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक रहेका हुन्छन्। जसमा विनियोजन विधेयक पारित भएको हो। यस विधेयकमा सरकारले छुट्याएको बजेट कार्यक्रमहरु समावेश हुन्छ। आगामी आर्थिक वर्षको लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब…