झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ जेठ । यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। ूभैरहवा(कुवेत हवाई भाडा सस्तो पनि भएकाले अहिले यहाँबाट हामीले राम्रो सङ्ख्यामा यात्रु पाएका छौँ, जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले भने। काठमाडौँ(कुवेतको भन्दा भैरहवा(कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए । “यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार…

Read More

झापा, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्सु लगाइदिन भनी टिपाइएका हुन्। फलानो स्कुललाई छात्रवृत्तिका लागि भनिदिनु पर्‍यो भन्न अभिभावकहरू उनीकहाँ आउँछन् । दैनिक पाँच जनासम्मको नाम टिप्ने गरेको जानकारी दिँदै उनले आफ्ना कोट, पाइन्टका खल्तीमा पनि त्यस्ता नाम लेखिएका कागजका टुक्रा थुप्रै रहेको सुनाए। एडुसञ्जालले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, “भन्न आएकालाई निराश पार्नु भएन, त्यसैले उनीहरूका नाम टिप्छु तर आजका मितिसम्म कसैलाई पनि फलानोलाई छात्रवृत्ति दिनू भनेर भनेको छैन ।” मन्त्रालयका प्रवक्तासमेत रहेका शर्माले दलका नेता, कार्यकर्ता,…

Read More

झापा, १९ जेठ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ। यसैगरी प्रदेशसभा सचिवालयमा कार्यरत कर्मचारीलाई पनि पहिलोपटक मर्यादाक्रममा राखिएको छ । मन्त्रालय स्रोतका अनुसार पूर्वराजालाई पनि मर्यादाक्रममा समेटिएको छ। बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई मर्यादाक्रममा पहिलो र दोस्रो स्थानमा राखिएको छ। यसैगरी मर्यादाक्रमको तेस्रो स्थानमा प्रधानमन्त्री र चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्षलाई राखिएको छ। मर्यादाक्रमको छैटौँ स्थानमा पूर्वराष्ट्रपति र पूर्वराजालाई राखिएको छ। पूर्वराजाको स्थान पूर्वराष्ट्रपति पछाडि छ। पूर्वराजापछि छैटौँ स्थानमै बहालवाला उपप्रधानमन्त्री र पूर्वउपराष्ट्रपतिलाई राखिएको छ। पूर्व राष्ट्रप्रमुखका रूपमा पूर्वराजालाई पहिलोपटक…

Read More

एजेन्सी । ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए । १८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्,…

Read More

झापा, १८ चैत । झापामा गत १० महिनाको अवधिमा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८–७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन…

Read More

बिर्तामोड, १८ जेठ । बिर्तामोडस्थित ग्रिन प्यासिफिक होटेलमा सुसाइड नोटसहित एक युवा मृत फेला परेका छन् । गौरीगन्ज गाँजपालिका–१ निवासी प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ । होटेलको ४०१ नम्बर कोठामा ती व्यक्ति मृत फेला परेका हुन् । मृतक भट्टराई बुधवार बिहान कोठाबाट बाहिर ननिस्केपछि शङ्का लागेर कोठाको ढोका खोल्दा मृत भेटिएको होटेलका कर्मचारीले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।

Read More

बिर्तामोड, १८ जेठ । किसान सूचीकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंक्षी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घर–घरमा गएर तथ्याङ्क संकलन गर्ने नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिनुभयो । बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ का तिन हजार दुई सय घरमा पुगेर कृषकको तथ्याङ्क संकलन गर्न लागिएको हो । संघीय सरकारको सशर्त अनुदान अन्तर्गत रहेको यस कार्यक्रममा सूचीकृत भएका कृषकहरुलाई परिचय कार्ड वितरण गरिने र त्यसैका आधारमा सेवा–सुविधा उपलब्ध गराउने सरकारको…

Read More

‘कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो । ‘कबड्डी’को चौथो श्रृंखलाले पहिलो साता ‘कबड्डी’कै तेस्रो श्रृंखलाको कुल कमाइ १३ करोड रुपैयाँ ग्रसलाई उछिन्ने निश्चितप्रायः छ । सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ । छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ ।

Read More

संखुवासभा, १८ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर नुनढाकी सडकखण्डमा तार जाली पर्खाल लगाउने क्रममा आज बिहान ११ बजे अचानक माथीबाट सुख्खा पहिरो झरेर पुरिदा सडक निर्माण कार्यमा खटिएका सुनसरी धरानका ३५ बर्षीय राम कुमार राई र चौदण्डीगढी नगरपालिका–६ उदयपुरका २० बर्षीय हेम बहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरोमा पुरिएका दुबै जनाको उद्धार गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, १८ जेठ । नेकपा एकीकृत समाजवादी नगर कमिटी बिर्तामोडले झापाको बिर्तामोड नगरपालिकामा नवनिर्वाचन जनप्रतिनिधिलाई बधाइ दिएको छ । पार्टीले बधाई तथा शुभकामनाका साथ बिर्तामोडमा देखिएका समास्या समाधान गर्न ज्ञापन पत्र समेत बुझाएको छ । पार्टीका नगर अध्यक्ष श्रीप्रसाद सिटौला, नगर इञ्चार्ज श्री मिश्र, सचिव कृष्ण विष्ट, पार्टीका जिल्ला प्रचार विभाग प्रमुख तीर्थ सिग्देल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिहरु दत्तचित्त भएर लाग्नुहुने कुरामा आशावादी रहेको जनाइएको छ । ‘समुन्नत, सभ्य र समृद्ध नगर निर्माण गर्न सकारात्मक भूमिका निर्वाह गर्न सक्नुहोस् भन्ने शुभेच्छा पनि प्रकट गर्दछौं’, ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ…

Read More