झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ५ जेठ । प्रदेश १ का ९ जिल्लाका सबै पालिकाको मत गणना सकिएको छ। १४ जिल्ला रहेको प्रदेश १ का ९ जिल्लामा ७३ वटा पालिका छन्। मतगणना सकिएका ९ जिल्लामा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। माओवादीले ३ वटा जिल्लामा प्रमुख जित्न सकेको छैन। ५ वटा जिल्लामा भने मतगणना भइरहेको छ। ९ जिल्लाका ४१ पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ। एमालेले कांग्रेसले भन्दा आधा कम २० पालिका प्रमुख जितेको छ। प्रदेस १ का ३ जिल्लाका कुनै पनि पालिका प्रमुख जित्न नसकेको माओवादीले गणना सकिएका जिल्लाका ९ पालिकामा प्रमुख जितेको छ। २ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा माधव नेपाल…

Read More

झापा, ५ जेठ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गरी वडाध्यक्षमा जित हासिल गरेका छन् । खड्काले १ हजार ४८० मत ल्याउँदा काफ्लेले १ हजार १७१ मत पाएका छन्। उक्त वडामा राप्रपाका उम्मेदवार खेमराज भट्टराईले ७०६ मत ल्याएका छन्।

Read More

झापा, ५ जेठ । सरकारले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ मा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार जेठ १४ मा साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्ट…

Read More

भद्रपुर, ५ जेठ । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याउँदै गरेको ३४९.७०० ग्राम सुन सहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा पैदल भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा रू २८ लाख ८७ हजार १८२ बराबरको सुन बरामद गरेको थियो । सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको…

Read More

झापा, ५ जेठ । सात सय ५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका पाँच सय ३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म दुई सय ४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ। एमालेले अहिलेसम्म एक सय ५५ स्थानीय तहको प्रमुख जितेको छ। मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन्। माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ…

Read More

मेचीनगर, ५ जेठ । झापाको मेचीनगर नगरपालिका १४ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका हुन् ।

Read More

झापा, ५ जेठ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् । त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ । विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम…

Read More

झापा, ५ जेठ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन) ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ । यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको…

Read More

झापा, ५ जेठ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्। नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदासयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको…

Read More

झापा, ५ जेठ । देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ। काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई वडा अध्यक्षसहितको समूहले विजय जुलुस गरिरहँदा वडा नं. १ को व्यालेट खाली गरी मत गन्ने तयारीमा रहेको अवस्थामा एमालेले मतगणनाको नियम परिवर्तनको माग राखेपछि मंगलबार साँझबाट मतगणना स्थगित भएको छ। एमालेले २०७६ वैशाख ३० गते राति सर्वदलीय बैठकमा आफैले सहमति जनाएको निर्देशिका बदल्न माग राखेको हो। उसले वडा नं. ९ देखि लागु हुने गरी निर्देशिका परिवर्तन गर्नुपर्ने माग राखेपछि जिल्ला मुख्य निर्वाचन अधिकृतले मतगणना शुरू हुनुपूर्व नै सर्वदलीय बैठक बसी…

Read More