
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २२ बैशाख । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले प्रचार प्रसारलाई तीव्र पारेका छन् । झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको भद्रपुर नगरको समृद्धिको खाका सहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सम्युक्त गठबन्धनले नगरका १० वटै वडा मार्फत समय तालिका मिलाएर प्रचार प्रसार तीव्र गतिमा बढाएकोे हो । घरदैलो कार्यक्रम अन्र्तगत नगरबासीको घर घरमा भेटघाट गरिरहेका मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् । जनप्रतिनिधि विलासी जीवनमा जान नहुने अठोट सहित साधारण जीवन…
प्रकाश उप्रेतीमेचीनगर, २२ बैशाख । पुर्वी झापाको मेचीनगरका तिनदलीय गठबन्धनका प्रत्यसी नगरपिता -मेयर-का उम्मेद्बार इन्द्रबहादुर बुढाथोकीले मेचीनगरलाई देशकै नमूना नगर बनाउने बताएका छ्न् । स्थानीय तहको `चुनावी घरदैलो´ अभियानका क्रममा बुढाथोकीले आफ्नो टिमलाई जनताले जिताए जनमुखी बिकासका कार्यक्रम गर्दै नमूना र समृद्ध शहर बनाउने बताएका हुन् । स्वास्थ्य क्षेत्र ज्यादै संबेदनसिल भएकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्ने उनको प्रतिबद्धता थियो । सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी निशुल्क सेवा प्रवाह गर्ने उनको भनाई थियो । उपमेयरका उम्मेद्बार प्रकाश भण्डारीले जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु…
शरीरबाट निस्कने दिसा र पिसाबको कुरा आउँदा मानिसहरूले प्रायः आफ्नो नाक र आँखा खुम्चाउने गर्छन् । यसलाई फोहोरको रूपमा मात्र होइन यसलाई अस्वच्छ पनि मानिन्छ । तर, हाम्रो शरीरबाट निस्कने यो फोहोर असाध्यै काम लाग्ने छ । यो यति शक्तिशाली छ कि यसले मानिसको भविष्य बचाउन सक्छ । अचम्म लाग्यो ? आउनुहोस्, यसबारे जानकारी लिऔँ । औसतमा, एक वयस्कले हरेक वर्ष ९१ केजी दिसा र ७३० लिटर पिसाब निकाल्छन् तर, यो के हुन्छ ? यसलाई प्रयोग गर्न सकिन्छ त ? यो आज मात्र नभई प्राचीन कालदेखि नै प्रयोग हुँदै आएको छ । प्राचीन रोममा पनि मानव मल (दिसा–पिसाब) खेर फालिँदैनथ्यो ।…
झापा, २२ बैशाख । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।
झापा, २२ बैशाख । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारलाई अधिकतम खर्च गर्ने सीमा तोकिएको भए पनि ‘चोर बाटो’बाट करोडौं रुपैयाँ खर्च भइरहेको छ। उम्मेदवारले निर्वाचन आयोगले तोकेको सिलिङभन्दा धेरै गुणा बढी खर्च गरेको देखिन्छ। उनीहरू लाखौं रुपैयाँ चन्दा उठाएर, ऋण लिएर खर्च व्यवस्थापन गर्छन् । उम्मेदवारले गाउँपालिकामा ३ लाख ५० हजार मात्रै खर्चिन पाउँछन् । महानगरको हकमा भने उम्मेदवारले ७ लाख ५० हजारसम्म खर्च गर्न पाइन्छ। उम्मेदवारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् भन्ने पनि तोकिएको छ। निर्वाचन निकै खर्चिलो र महँगो हुँदै गएको छ। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवारले करोड रुपैयाँभन्दा माथि खर्च गर्छन्। तर आयोगले स्थानीय तह…
झापा, २२ बैशाख । मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो । दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक…
झापा, २२ बैशाख । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग जवाफ…
भद्रपुर, २१ बैशाख । आसन्न स्थानीय तह निर्वाचन–२०७९ का लागि झापाको भद्रपुर नगरपालिका वडा नं. ७ मा गठबन्धनका उम्मेदावार मतदाताको घरदैलोमा व्यस्त छ । जनगुनासो सुन्दै र त्यसको सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु घरदैलोमा व्यस्त भएका हुन् । भद्रपुर–७ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा पुष्पलाल राजवंशी, महिला सदस्यमा सविता मैनाली, सदस्यमा महेन्द्र पोखरेल, सन्तोष घिमिरे र दलित महिला सदस्यमा बुधमाया बिक उम्मेदवार छन् । विगत चार दिनदेखि निरन्तर वडाबासीको घरदैलोमा गएर समस्या सुन्ने र त्यसको समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएको वडाध्यक्षका उम्मेदवार राजवंशीले बताउनुभयो । ‘हामी वडाबासीको घरघरमा गइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘मतदाताले बाटो–नाला नबनेको, नागरिकता नभएको लगायतका धेरै गुनासा गरिरहेका…
इलाम, २१ बैशाख । मृत फेला परेकी इलाम नगरपालिका–८ की ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी…
बिर्तामोड, २१ बैशाख । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान बुधवार वडा नम्बर १०मा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो । प्रचार अभियानमा नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौला सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवार, नेता,कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ । बुधबार वडा नम्बर १०का उत्तर भुतेनी,दक्षिण भुतेनी,सैनिक बजार,चमरधाप लोक्ताप गाउँ,ठुटेबर,फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभाको आयोजना गरीएको छ । वडा नम्बर १०मा वडाध्यक्षमा रिमानध्वज लोक्ताम उम्मेदवार हुनुहुन्छ । यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे,दलित महिला सदस्यमा पुर्णिमा लाम्गादे र खुल्ला तर्फ…