झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ बैशाख । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, “स्तरीकृत…

Read More

झापा, ८ बैशाख । स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ। विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ। महानगर समितिले भने यसअघि विराटनगरभित्र कोहीसँग पनि चुनावी तालमेल नगर्ने निर्णय गर्दै मेयर तथा उपमेयरका आकांक्षीमध्येबाट नाम पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरिसकेको थियो। आज अन्नपूर्ण पोस्टमा खबर छ ।

Read More

झापा, ८ बैशाख । विभिन्न करसम्बन्धी मुद्दाको पुनरावलोकन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको राजस्व न्यायाधिकरणमा नै झन्डै ८ अर्ब बराबरको चलखेल भएको पाइएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले छानबिनका लागि बुधबार पत्राचार गर्दै सबै विवरण माग गरेको छ । धरौटी रकममा सेटिङमार्फत अर्बौँको चलखेल भएको स्रोतको दाबी छ । राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो । लेखा समितिका अनुसार विभिन्न सूचनाका आधारमा न्यायाधिकरणले पुनरावलोकन मुद्दा दर्ता गर्दा धरौटी नलिई मुद्दा दर्ता गरिदिएपछि राज्यकोषमा…

Read More

झापा, ७ बैशाख । मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न ९चामल, मकै र गहुँ० आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो। यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य…

Read More

झापा, ७ बैशाख । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर ूविदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो। चालू आवको पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको सङ्ख्या हालसम्मकै उच्च देखिएर बीचका दुई महिना केही घटेर चैतमा पुनः बढेको छ। कोरोना सङ्क्रमणको तेस्रो लहरपछि चैतमा सबैभन्दा बढी…

Read More

झापा, ७ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएको हो । सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका सत्तारूढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गरेका हुन् । तर समझदारीपत्रमा हस्ताक्षर भने भइनसकेको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले जानकारी दिए । बैठकमा सहभागी एकीकृत समाजवादीका…

Read More

झापा, ६ बैशाख । पाँचदलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख टुंगो लगाएको छ। मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुंगो लगाएको हो। सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महागरपालिकाको उपप्रमुख पाएको छ। यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ । मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो । सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज…

Read More

झापा, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् । राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए । विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे । श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे । उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए । अर्थतन्त्र सबल बनाउनका लागि…

Read More

झापा, ६ बैशाख । आज वैशाख ६ गते शाही सेनाको गोली लागेर झापाली दुई सपुतले सहादत प्राप्त गरेको दिन । सोही दिनको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मङ्गलवार मनाइएको छ । २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि देशका लागि बलिदान दिएका थिए ।सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सहभागीहरूले भद्रपुर– ६ स्थित सहिद सुरजको अर्धकदको सालिक र राजनको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली…

Read More

झापा, ६ बैशाख । झापाको भद्रपुर नगरपालिका–७ का ५५ वर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई घटना बारे अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More