
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ जेठ । झापा र मोरङबाट प्रहरीले लागुऔषधसहित तीनण् जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका–८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो । त्यस्तै, हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम…
झापा, १३ जेठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो । धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल–६ का अगुवा किसान ख्याम आचार्यले बताए । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ । कमल गाउँपालिकाका लागि एक हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि…
झापा, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा विभिन्न पदमा उम्मेदवारी दिएका झापामा ११ दलका उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, लसपा, एकीकृत समाजवादी, विवेकशील पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अग्र्रनाइजेशन, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको हो । झापामा ९६१ जना उम्मेदवारको जमाना जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । २ हजार ७८६ जनाले उम्मेदवारी दिएकामध्ये प्रमुख÷अध्यक्षमा ८३, उपप्रमुख÷उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको जमानत रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने…
संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ । वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ । उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि…
विराटनगर, १३ जेठ । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्डारीको उपस्थितिमा भएको भेलामा संघका केन्द्रीय सदस्यद्वय महानन्द सापकोटा, महाप्रसाद खतिवडा, मोरङ शाखाका संस्थापक सदस्य उद्धव घिमिरे, प्रदेश नम्वर १ का संयोजक एवं मोरङ अध्यक्ष विजय खतिवडालगायतको उपस्थिति थियो । संघको केन्द्रीय अधिवेशन यही जेठको २१ र २२ गते दुई दिन नवलपरासीको मौलाकालीमा हुने भएकोले प्रतिनिधिहरुसमेत छनोट गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।
झापा, १३ जेठ । काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्। हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहवलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै…
विराटनगर, १३ जेठ । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोरमैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमा जाने तयारी गरेको हो । अस्पताल प्रबेश गर्दादेखिनै धुम्रपान र मध्यपान प्रबेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसर भित्र प्रवेशगरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाईएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए । ‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी…
झापा, १३ जेठ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार देखि ४२ हजार रुपियाँसम्म हुने व्यवस्था छ । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा सुविधा लागू हुने गर्दछ । जनप्रतिनिधिले पाउने सुविधामा मासिक सुविधा, सञ्चार, दैनिक भ्रमण भत्ता, वैदेशिक भ्रमण भत्ता, इन्धन खर्च, यात्रा बीमा, स्थानीय तहमा…
उदयपुर, १२ जेठ । उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश बण्डाको बिषयमा बादबिबाद भई झै(झगडा भएको र रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिगई कानुनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कटारी अस्पताल पठाएको छ भने हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, १२ जेठ । मोरङको जहदा गाउँपालिका–२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेठ ६ गते राति घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटना स्थलबाटै फरार भएका थिए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेष्ठ १० गते पक्राउ गरेको हो । पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।