
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सङ्खुवासभा, १६ फागुन । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताउनुभयो । सोमबार मन्त्रालयले सङ्खुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्री कार्कीले यस्तो बताउनुभएको हो । समाजमा अरू मानिसले अपराध नगरोस्, अपराध नबढोस् भन्न प्रतिनिधि पात्रका रूपमा कैदीहरू कारागारमा आएको भन्दै उहाँले यहाँको बसाइलाई होस्टेल बसाइको रूपमा लिन आग्रह गर्नुभयो । जेलबाट बाहिर निस्किएपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्नेमा उहाँको जोड छ । ‘म जेलमा गए पनि म यही समाजको एक सदस्य हुँ, मैले जेलमा सिकेका…
झापा, १६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाह्रदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्…
अर्जुनधारा, १६ फागुन । अर्जुनधारा नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि ५ जना जग्गादातालाई सम्मान गरेको हो । अर्जुनधारा–३ नम्बर वडा कार्यालय र स्वास्थ्य चैकी, शहरी स्वास्थ्य खोप केन्द्रको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उलपब्ध गराउने ५ जनालाई सम्मान–पत्र सहित सम्मान गरिएको वडा अध्यक्ष जीबकुमार भण्डारीले जानकारी दिए । नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य बृख प्रधानले जग्गादातालाई सम्मान गरेका थिए । वडा कार्यालय भवन निर्माणाका लागि स्थानीय स्व.खड्ग बिक्रम नेम्बाङले १० कठ्ठा जग्गा दिएका थिए उनका छोरा खगेन्द्र बिक्रम नेम्बाङलाई सम्मान गरीएको हो । त्यसैगरी स्वास्थ्य चौकी निर्माणका लागि दानेन्द्र बिक्रम…
झापा, १६ फागुन । झापाको मेचीनगर नगरपालिका–५ स्थित मेचीखोला बगरबाट लागुऔषधसहित दुई जना र मेचीनगर–६ बाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–३ का १९ वर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङका २२ बर्षीय अनमोल प्रधान र इलाम माइजोगमाइ–१ का २३ वर्षीय जोसेफ थापा रहेका छन् । हिजो दिँउसो मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउनसुगर २५० मिलिग्राम र Windlas Winspasmo Fort क्याप्सुल-२०४ पिस, NITROSUN10 ट्याव्लेट-१ पिस सहित बरामद भएको हो । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण…
विराटनगर, १६ फागुन । धनकुटाको पाख्रीबास नगरपालिका–६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साइडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास–६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यसैगरी, राति साढे ११ बजे विराटनगर महानगरपालिका–३ दुर्गा चोकस्थित भित्रि सडक खण्डमा को. १४ प ९४५८ नम्वरको स्कुटी आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर लागि दुर्घटना हुँदा घाइते भएका स्कुटी चालक सप्तरी घर भई विराटनगर–३ स्थितमा बस्दै आएका ३६ वर्षीय हरि भुजेलको उपचारको क्रममा नोवेल…
झापा, १६ फागुन । झापाको अर्जुनधारा नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा(९ का ५८ बर्षीय राजेन्द्र थापा रहेका छन । हिजो राती साढे ६ बजे को९प १७६३ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक इलाम रोङ–२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सुरुङ्गा, १६ फागुन । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका महाभारा क्षेत्रका कृषकलाई लक्षित गरि प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैँक गोदाम घर निर्माण गरि सरकारको समर्थन मुल्यमै धान खरिद सुरु गरेपछि धान कृषकहरु आभान्वित भएका छन । गौरीगंञ्ज गाउँपालिका १ माहाभारामा तत्कालिन भुमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार ५ सय १२ रुपैँया र आधा रकम सहकारीको गरि जम्मा १ करोड ४८ लाख रुपैँयामा उक्त गोदाम घर निर्माण गरिएको हो । उक्त खाद्यान्न गोदाम घरको प्रदेश एकका कृषि मन्त्री झलकसिंह दर्लामीले शनिवार उदघाटन गर्नुभयो । यसअघि कृषकहरुको धान मकै लगायातको कृषि उपजको एकिन मुल्य नपाउदा…
झापा, १६ फागुन । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ । ‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ उनले भने,…
झापा, १६ फागुन । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी दिए । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८…
झापा, १६ फागुन । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश गरेको जानकारी दिए। कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट…