
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ जेठ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ । संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ । यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ । निर्वाचन…
झापा, ६ जेठ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो। स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशाख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, ुजसले दूधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दूधभात दिन्छौं ।ु चुनावी…
झापा, ६ जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले लिएको अग्रताबाट पुष्टि भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भई पार्टी गठनको आठ महिनामा नै नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सुशासन पार्टीलगायतले जनताको सम्मानजनक मत पाएका छन् । निर्वाचनको सधैँ विरोध गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी समेतले पहिलो पटक निर्वाचनमा सहभागी भएर केही वडामा जितेको छ ।…
झापा, ६ जेठ । भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ। मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग) सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ। प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाणबारे यकिन तथ्याङ्क छैन। नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली…
झापा, ५ जेठ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ । कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट प्रदान गर्न थालेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने…
अर्जुन आचार्यविराटनगर, ५ जेठ । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ । तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–माओवादीसहितको गठबन्धन थियो, जुन गठबन्धन सफल भएको देखिएन । गठबन्धन गरेका आधाभन्दा धेरै पालिकामा नतिजा सुखद नदेखिनु गठबन्धन दलका लागि सोचनीय विषय…
झापा, ५ जेठ । १५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ । जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो । सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले कनकाई नगरपालिकामा प्रमुख र बाह्रदशी गाउँपालिकामा अध्यक्ष जितेको छ । बाह्रदशी र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पद जितेको छ ।…
झापा, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ५८२ पालिकाको नतिजा सार्वजनिक भएको छ । बिहीबार बेलुका ६ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्यांक अनुसार नेपाली कांग्रेसले ८७ पालिकामा प्रमुख पद जितेको छ भने ४२ पालिकामा अग्रता लिएको छ । यस्तै नेकपा (एमाले) ले ५५ पालिकामा प्रमुख पद जितेको छ भने २३ पालिकामा अग्रता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ६ पालिकामा प्रमुख पद जितेको छ । पाँच पालिकामा अग्रता कायम गरेको छ । यस्तै अन्य पार्टीले…
भद्रपुर, ५ बैशाख । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नगरमा विजयी जनप्रतिनिधिहरुलाई बधाई दिएको छ । सँगै पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारलाई सम्मानजन मत प्रदान गरेकोमा धन्यवाद दिएको छ । पार्टीका नगर अध्यक्ष तथा उपप्रमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बैशाख ३० गते सम्पन्न भएको भद्रपुर नगरपालिकाको निर्वाचनमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का हंशधर राजवंशीलाई वडा नं. ४ को वडाध्यक्षमा र सविता पुरीलाई वडा सदस्यमा वहाँहरुले वडामा अघिल्लो कार्यकालमा गर्नुभएको कामलाई उच्च मूल्यांकन गरी पुनः निर्वाचित गर्नु भएकोमा सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’ पार्टीले नगरको उपप्रमुख…
बिर्तामोड, ५ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा आज ट्रकको ठक्कर पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–४ का ५२ वर्षीय टंक काफ्ले रहेको प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत रामचोकमा सडकको दक्षिणतर्फ पार्किङ गरेर राखिएको प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक सडकमा निकाल्ने क्रममा पैदल यात्री काफ्लेलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल पु¥याउना साथ मृत्यु भएको हो । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।