
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० जेठ । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ वर्षीया शान्त सुवेदीलाई २५ वर्षीय छोरा सौगात सुवेदीले गत शनिबार दिउँसो साढे १ बजे धारीलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरी गम्भिर घाइते बनाएका थिए । उक्त घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगि थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो । उक्त अस्पतालमा समेत उपचार हुन नसक्ने भनी चिकित्सकको सल्लाह अनुसार घर फिर्ता लैजाने क्रममा आज दिउँसो ३…
भद्रपुर, १० जेठ । झापाको भद्रपुर–८ स्थित बाल विकास केन्द्र, बाल मन्दिरलाई ह्वाइटबोर्ड र शैक्षिक सामग्री प्रदान गरिएको छ । आज एक कार्यक्रमका बीच समाजसेवी दीनबन्धु गोयलले आफ्नो दाजु ओमप्रकाश गोयलको स्मृतिमा ३ थान ह्वाइटबोर्ड तथा मार्कर र कपी पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । बाल मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, दाता दीनबन्धु गोयल, ८ नं. वडाध्यक्ष गौरव सुब्बा (मनोज) लगायतले प्रधानाध्यापक हीरा भुर्तेललाई ती सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले बाल मन्दिरको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘मैले सक्ने र गर्न मिल्ने सबै प्रकारका सहयोग गर्छु’,…
झापा, १० जेठ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् । एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण गरिन्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
झापा, १० जेठ । विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई कोभिड( १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लाग गर्न आग्रह गरेको छ। आजको नेपाल…
झापा, १० जेठ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ(धनगडीमा ४ सय ४५ र काठमाडौं–सिमरामा न्यूनतम ९० रुपैयाँ रहेको छ। स्वचालित प्रणाली अनुसार वृद्धि गरिएको (फ्यूल सरचार्ज) अनुसार हवाई भाडा वृद्धि…
झापा, १० जेठ । कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका-२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो। हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी खुल्न आएको हो। प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई…
झापा, १० जेठ । राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् । यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको…
लण्डन, १० जेठ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित र मन्तव्यले गौरवान्वित भएको बताएका हुन् । बुद्ध पूर्णिमाका दिन भारतीय प्रधानमन्त्री बुद्ध जन्मस्थल लुम्बिनी आएर पूजा र ध्यान गरि बुद्ध नेपाल मै जन्मिएको सन्देश दिनुलाई मन्त्री कार्कीले अन्त्यहीन लडाईं जितेको रुपमा उल्लेख गरेका हुन् । ‘यसले पनि विश्वका कतिपय पर्यटकहरुमा बुद्ध भारतमा जन्मिएको भन्ने भ्रम हटेको छ, मन्त्री कार्कीले भने, यस पटकको बुद्ध जयन्ती केवल जन्म…
झापा, १० जेठ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा नै दुई पटक मूल्य वृद्धि गरी प्रतिलिटर पेट्रोल १८०, डिजेल र मट्टितेल १६३, हवाई इन्धन १६६ (आन्तरिक) र ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ पुर्याएपछि यस्तो दबाब बढेको हो । आमउपभोक्तामा मूल्य वृद्धिले पारेको असर कम गर्न पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने वा स्वचालित मूल्यमा नै दर निर्धारण गर्ने भन्ने पनि सरकारका लागि कठिन कार्य बनेको छ तर कर छुटको विकल्पमा मात्र…
बिर्तामोड, १० जेठ । झापाको पूर्वीद्वार मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको प्रमुख पदमा बुढाथोकी ५ हजार १६७ मतको अन्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसको तर्फका र्इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत मात्र प्राप्त गरेका छन् । नगरप्रमुखमा वजयी बुढोथोकीले २६ हजार ४७८ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ । मेचीनगरमा कुल ६३ हजार ६८८ मत खसेको थियो । त्यस्तै राप्रपाका रमेश दाहालले ३ हजार ८९५, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हले १ हजार ८८७, साइकल चिन्हले १९१ मत ल्याएको निर्वाचन कार्यालयले…