
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ बैशाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी दिनुभएको हो । पुरुषको एकल प्रतिशत १२।९५ छ भने महिलाको एकल ११।३६ प्रतिशत हुन्छ । त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो…
झापा, २४ बैशाख । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन अवधिको समयलाई ध्यानमा राखेर यस्तो आँकलन गरेको हो । विभागले नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्री–मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तन शीलताका कारकलाई समेत मध्यनजर गरी सो आँकलन तयार पारेको जनाइएको छ । विभागले विश्व मौसम संगठनको विश्वभर र क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन…
बुद्धशान्ति, २४ बैशाख । आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर -१ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वारी दिएका अनिल वाग्ले यतिवेला आँफूलाई जिताउन भोट माग्दै घरदैलोमा व्यस्त छन् । विद्यार्थी जिवनबाटै सामाजिक र सेवामूलक कर्ममा लागेका वाग्ले वडाध्यक्षको दरिलो दावेदार हुन् । सामाजिक, धार्मिक तथा विभिन्न संघसंस्थामा सफलतापूर्वक जिम्मेवारी सम्हालिरहेका वाग्लेले वडाका लागि केही योजनाहरु अघि सादै उम्मेद्धारी दिएका छन् । उनी सञ्चार कर्ममा समेत कार्यरत छन् । प्रसाशनिक काममा पनि दखल राख्ने उनी जुन कामलाईपनि नतिजामुखी बनाउने गरि लाग्छन् । संचारकर्ममा १९ बर्षदेखि नै सम्पादकको भूमिका सफलता पूर्वक निर्वाह गरिरहेका उनी सहकारी…
झापा, २४ बैशाख । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताउनुभयो । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी कोणसभालाई संवोधन गर्दै उम्मेदवार प्रसाईले यस्तो बताउनु भएको हो । उहाँले शिक्षा,पर्यटन,स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोरको रुपमा समेत अघि बढाउने बताउनु भयो । उहाँले व्यवसायिक आधुनिक कृषि प्रणाली र पर्यटन प्रर्वदनका योजनाहरुलाई पनि अघि बढाउने बताउनु भयो । यसैगरी कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले वडा नम्बर ७ हात्ती प्रभावित क्षेत्र रहेकाले यसको…
भद्रपुर, २३ बैशाख । नेकपा माओवादी केन्द्रका युवा नेता नरेश सञ्जेलले पार्टी सदस्य समेत परित्याग गरेको घोषणा फिर्ता लिएर पार्टी जिम्मेवारीमा पर्किएका छन् । उम्मेदवार छनोटमा असहमति जाहेर गर्दै माओवादी राजनीति परित्याग गरेको घोषाणा सञ्जेलले विज्ञप्ति जारी गरेर फिर्ता लिएका हुन् । भद्रपुरका १७ जना नेता कार्यकता सहित सदस्यता परित्यागको घोषणा गरेका सञ्जेलले सबै सदस्य सहित पार्टी फकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । झापा भद्रपुर १० का स्थायी बासिन्दा सञ्जेल स्थानीय तह, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय महाधिवेश आयोजक समितिसम्मका विभिन्न पदमा पार्टी जिम्मेवारी बहन गरिसकेका व्यक्ति हुन् ।
भद्रपुर, २३ बैशाख । स्थानीय तह निर्वाचनको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाको टोली झापामा स्थलगत अनुगमनमा आइपुगेको छ । झापा सदरमुकाम भद्रपुर आइपुगेकी थापाले स्थानीय तह निर्वाचनका बेलामा मानव अधिकारको उलंघनको अवस्था तथा निर्वाचन आचार संहिताको पालनाका बारेमा सञ्चारकर्मी र सरोकारवालासित अन्र्तक्रिया समेत गरेकी छिन् । थापाले निष्पक्ष निर्वाचनका लागि प्रचलित नियम कानुनको पालनाको अवस्था, खुल्ला सिमानाबाट सिर्जना हुन सक्ने परिस्थितिको आँकलन, महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त अपाङ्गता भएका व्यक्तिका लागि सहज वातावरण भए नभएको लगायत विषयमा केन्द्रित भएर अनुगमनलाई अगाडि बढाइ रहेको जानकारी दिइन् । आयोगकी उपसचिव मञ्जु खतिवडा सहित प्रदेश १ को अनुगमनमा निस्किएकी…
ताप्लेजुङ, २३ बैशाख । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ का २५ वर्षीय आइतराज लिम्बूलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे पाँच बजे लिम्वुले आफ्नै ७० वर्षीय बुवा बीर्खबहादुर लिम्बू र ७२ वर्षीया आमा थिपरानी लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । तत्काल घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी लेलेपबाट घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आइतराजलाई खुकुरीसहित घरबाट नै नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ ।
भद्रपुर, २३ बैशाख । स्थानीय तह निर्वाचनमा मतपत्र बदर हुन नदिनका लागि टोल–टोलमा निर्वाचन शिक्षा प्रभावकारी बनाउन पेशाकर्मी जुट्ने भएका छन् । भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदान प्रकृया बारे नागरिक स्तरमा मतदान शिक्षाका लागि पेशाकर्मी टोल टोलमा पुगेर प्रचार प्रसारलाई तीव्र पार्ने भएका हुन् । नेपाली कांग्रेस निकट पेशाकर्मीहरूको भद्रपुरमा सम्पन्न भेलाले हरेक वडामा परिचालित टोल समितिका स्वयम्सेवकसित सहकार्य गरी अधिकतम मतदान बदर हुन नदिने वातावरण बनाउने निर्णय समेत गरिएको छ । पेशाकर्मीका तर्फबाट अधिवक्ता भरत प्रसाईले सहजीकरण गरेको भेलामा नगर भित्रका १० वटै वडामा गठबन्धनका उम्मेदवारका लागि मत प्राप्त हुने वातावरण निर्माण गर्न मतदान प्रक्रियाको…
झापा, २३ बैशाख । सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ। यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु (सार्क) ले ७ सय ५० रुपैयाँ र त्यसबाहेक अन्य देशका यात्रुले एक…
भद्रपुर, २२ बैशाख । आसन्न स्थानीय तह निर्वाचन–२०७९ का लागि भद्रपुर वडा नं. ४ का गठबन्धनका उम्मेदवारले घरदैलो अभियान सम्पन्न गरेका छन् । एक साता अघिदेखि सञ्चालित अभियान बुधबार सम्पन्न भएको हो । वडाध्यक्ष उम्मेदवार हंशधर राजवंशीले घरदैलो अभियान सम्पन्न गरी आज समीक्षासहित नयाँ रणनीति तयार गरिएको जानकारी दिनुभयो । वडामा १४ वटा टोल समिति गठन गरेर २८ वटा टोली मतदाता शिक्षाका लागि सञ्चालन गर्न लागिएको छ । मतदाता शिक्षा अभियान तीन दिनसम्म सञ्चालन हुनेछ । भद्रपुर–४ का गठबन्धनका उम्मेदवार शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारसँगै किसानको जीवनस्तर उकास्ने, वडामा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वरोजगार बनाउने लगायतका नीति–योजनाका साथ अघि बढिरहेका…