झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २१ बैशाख । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् । यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्चगर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको…

Read More

झापा, २१ बैशाख । शिवसताक्षी–५ का धनकुमार ताजपुरियाले माई नदी बगरको चार बिघामा खरबुजा खेती गरेका छन् । उनले वैशाख पहिलो साताबाट खरबुजा बिक्री सुरु गरे । हिउँद भर दुःख गरेर लगाएको खरबुजा राम्रो फलेपछि खुसी थिए, उनी । तर, चैत अन्तिम साता आएको असिनाले उनको खरबुजामा क्षति पुर्‍यायो । ‘असिनाले त बर्बाद नै गर्‍यो नि १ निकाल्ने बेला भएको सबै खरबुजा फुटायो । पहिलो लटको त काम नै लागेन,’ उनले न्युज कारखानासँग भने । उनले खेतीका लागि बगरमा मलजल गरे । बगरमा ‘पैसा’ फलाउन सकिन्छ कि भन्‍ने आसले दुःख गरे । यहाँ आफ्नो पसिना मात्र खर्च गरेका छैनन् ।…

Read More

झापा, २१ बैशाख । पछिल्लो समय नेपालमा अमेरिका र पश्चिमी मुलुकहरूको चासोको केन्द्रित हुन थालेको छ । विशेषगरी अमेरिकासँग सामरिक र रणनीतिक हिसाबले नजिक रहेका युरोपेली मुलुकका उच्च अधिकारी नेपाल भ्रमणमा आउन थालेका छन् । उनीहरूले द्विपक्षीय भेटघाटको कामलाई निरन्तरता दिँदै आएका छन् । रुस–युक्रेन द्वन्द्वमा नेपाल युक्रेनको पक्षमा उभिएसँगै अमेरिका र पश्चिमा मुलुकका अधिकारीको नेपाल भ्रमण बाक्लिएको हो । नेपालले आफ्नो असंलग्न विदेश नीति छाड्दै युक्रेनको पक्ष लिएको थियो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसको आक्रमणको आलोचना गर्दै ल्याएको प्रस्तावको पक्षमा उभिएको थियो । साथै दोस्रोपटक युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा मतदान गरेसँगै युक्रेनको पक्ष लिएको…

Read More

झापा, २१ बैशाख । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ। आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो। परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो। आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् । कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ। पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको…

Read More

झापा, २१ बैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ। सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच असमझदारी देखिएको हो। सत्ता गठबन्धनले साझा उम्मेदवार बनाए पनि चितवनको भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवार दिएपछि सत्ता गठबन्धनमा आशंका शुरू भएको छ। भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवार माओवादीका रेणु दाहालविरुद्ध काँग्रेसबाटै जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिनुभएको छ। पौडेललाई पार्टीले कारवाही गरे पनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यस्ता खालको बागी उम्मेदवारीका कारण माओवादीले कांग्रेसलाई शंकाको दृष्टिले हेर्दै आएको छ। सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको उम्मेदवार बनेका धनराज आचार्यविरुद्ध…

Read More

झापा, २१ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ुमनी’ र ुमसल’ले प्रभावित हुने होकि भन्ने डर आफूलाई लागेको टिप्पणी गरेका छन् । उनले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारे र आफ्नो पक्षमा ल्याउन खोज्ने तत्व हाबी हुन सक्नेप्रति सचेत गराए । सामुदायिक रेडियो प्रसारक सङ्घ ९एको(याब०ले तयार गरेको निर्वाचन आचार संहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गरे । उनले भने “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।” उनले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने…

Read More

झापा, २१ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।  यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

Read More

झापा, २० बैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईंले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हब बनाउने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । उम्मेदवार प्रसाईंले २०७४ सालको निर्वाचनपछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको र यसलाई अझै व्यवस्थित ढंगले विकास गरीने बताउनु भयो । निवर्तमान नगर उपप्रमुख समेत रहनु भएकी प्रसाईले आफुहरु जनप्रतिनिधि भएर आउँदा सरकारी विद्यालयहरुमा विद्यार्थीहरु बसेर पढ्न नसक्नेगरिका कक्षा कोठा,शौचालयको अभाव,पठनपाठनमा समस्या रहेको भएपनि यसलाई सुधार गरेर अहिले स्मार्ट बनाउँदै लगएिको बताउनु भयो । बिर्तामोडमा…

Read More

मेचीनगर, २० बैशाख । साझा गठबन्धन मेचीनगरले गठबन्धन दलका झण्डा झिक्ने, च्यात्ने जस्ता असभ्य र अराजनीतिक हर्कत नगर्न चेतावनी दिएको छ । मंगलवार साझा गठबन्धनले विज्ञप्ति निकालेर आफ्नो पराजित मानसिकतालाई ढाकछोप गर्ने, गठबन्धनमा फाटो ल्याई भ्रम छर्ने जस्ता घृणित कार्यको भत्र्सना गरेको हो । मंलवार राती मेचीनगर–९ स्थित कमल चोक क्षेत्रमा एउटै झण्डामा सूर्य र गोलाकार भित्रको हँसिया हतौडा चिन्ह भएको झण्डा टाँगिएको छ । उक्त झण्डा ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमाले र माओवादीे सँगै हुँदाको हो । तर, अहिले पार्टी अलग भएर चुनाव चिन्ह पनि अलग–अलग हुँदा जनतामा भ्रम छर्ने दुस्प्रयास गरिएको साझा गठबन्धनको दलको ठहर छ…

Read More

भद्रपुर, २० बैशाख । झापाको जेठो नगरपालिका भद्रपुर यतिबेला स्थानीय तह निर्वाचनयम भएको छ । निर्वाचनमा सहभागी विभिन्न दलहरु मतदाता आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । जनताको पीरमर्का, स्थानीय समस्या सुन्दै र त्यसको समाधान गर्ने बाचासहित उनीहरु मतदाता आकर्षण गर्न व्यस्त भएका हुन् । सदरमुकाम नगर भद्रपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धन चुनावी अभियानमा जुटेको छ । नगरका १० वटै वडाका ५२ जना उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन् । कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार गणेश पोखरेल र माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार शिवकुमार राजभण्डारी हुन्् । लामोसमयदेखि राजनीतिमा सक्रिय यी दुई युवाप्रति जनताको अपेक्षा चुलिँदै गएको…

Read More