
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ बैशाख । नेपाली कांग्रेस झापाले जिल्लाका १५ वटै पालिका र सबै वडाहरुमा उम्मेद्वारको टुङ्गो लगाएको छ ।कांग्रेस संसदीय दलका संयोजक देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न विभिन्न चरणको बैठकले पालिका एवं वडाहरुमा उम्मेद्वारहरुको टुङ्गो लगाएको हो । नेपाली कांग्रेसको विधान–२०१७ (संसोधनसहित) को धारा ३२ को १, २ र ३ बमोजिम वडा, गाउँ÷नगरबाट सिफारिस भइ आएका नाममध्येबाट नगरपालिकाका उम्मेद्वारको टुङ्गो लगाउने अधिकार प्रदेश समितिलाई, गाउँपालिकाका उम्मेद्वार टुङ्गो लगाउने अधिकार जिल्ला समितिलाई दिएको छ भने वडाका अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाउने अधिकार क्षेत्रीय समितिलाई दिएको छ । जस अन्तर्गत झापाको मेचीनगरको प्रमुखमा केशवराज पाण्डेले कांग्रेसबाट प्रतिष्पर्धा गर्दैछन् । उनी पार्टीको ११ औं…
मोरङ, १२ बैशाख । मोरङको ग्रामथान गाँउपालिका–४ कटहरी स्थितबाट जुवा खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा जुवा खेलिरहेको अवस्थामा कौडा र नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सातै जनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
भोजपुर, १२ बैशाख । भोजपुरको भोजपुर नगरपालिका(१२ मोरीयामा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आज बिहान पौने ७ बजे भोजपुरको रामप्रसादराई गाउँपालिका–७ आरिखोला घर भई मोरिया बस्ने २५ वर्षीय गणेश थापाको सोही स्थानमा काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा रुखको हाँगा झरी करेन्ट लाग्दा मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिगई आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
बिर्तामोड, १२ बैशाख । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेका छन् । थापाले आज बिहान कांग्रेस झापा सभापति देउमान थेवेलाई राजीनामा पत्र बुझाएका हुन् । कनकाई नगरपालिकाका नगरप्रमुखका आकांक्षी थापाले अन्तिम अवस्थामा टिकट नपाएपछि पार्टीमा केही लोभीपापीले जरो गाडेको भन्दै राजिनामा दिएका हुन् । लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा काम गर्दै आएका थापाले टिकट नपाउँदा उनका समर्थक तथा शुभचिन्तकहरु दुखी भएका छन् ।
पाँचथर, १२ बैशाख । पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् । पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए ।
झापा, १२ बैशाख । सरकारले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । निजामती कर्मचारी (प्रदेश र स्थानीय तहसमेत),नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा तीन तहकै सरकारका सार्वजनिक पदमा स्थायी नियुक्ति भएकाहरूका सन्ततिले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले सोमबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयमा आवेदन दिन भनेको छ । प्लस टूमा कम्तिमा सी प्लस वा जिपिए २।४ ल्याएका, स्वदेशी विश्वविद्यालय वा आंगिक, सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थामा भर्ना भएर स्नातक वा सो सरह तहको प्रथम वर्ष वा पहिलो वा…
झापा, १२ बैशाख । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको सीप कार्यक्रम नेपालबाट सुरु गर्न लागेको हो। ईपीएस सेन्टर एचआरडीमा नेपाल प्रमुख किम उन दकले नेपालमा सञ्चालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए । कोरियाले मे महिनाबाट ईपीएसअन्तर्गतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए। हाल दक्षिण कोरिया सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा रहेको जनाउँदै किमले फर्केका युवालाई उद्यमशील बनाउन…
झापा, १२ बैशाख । स्थानीय चुनावका लागि आइतबार देशभर गरी विभिन्न पदमा १० हजार ५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि साना दलका र स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको हो। निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवार मनोनयनको समय तोकेकाले ठूला दलले अन्तिम समय कुर्दै मनोनयन दर्ता गरेका छैनन् । सत्तारुढ ५ दलीय गठबन्धनको भागबण्डा टुंगो लाग्न नसक्दा उम्मेदवारी दर्ता हुन नसकेको हो । मनोनयनको पहिलो दिन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका छैनन् । आजको…
झापा, १२ बैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर उपमेयर तय गर्न केन्द्रीय संसदीय बोर्ड बनाएको हो । बैठकले महानगरको उम्मेदवार तय गर्न नसकेपछि संसदीय बोर्ड बनाएको वरिष्ठ नेता नेता रामचन्द्र पौडेलले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार छान्न कांग्रेसले गत शुक्रबारबाट नै प्रयास गर्दै आइरहेको छ । काँग्रेस विधानअनुसार महानगरको टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था छ । विधानमा २५ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गर्ने…
बिर्तामोड, १२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा पहिलो दिन आइतबार ७ सय ९५ जनाले मनोनयन दर्ता गराएका छन् । पालिका प्रमुखमा ४० जना र उपप्रमुखमा ३९ जनासहित ७९५ जनाले मनोनयन दर्ता गराएका हुन् । भद्रपुरमा प्रमुख ५ उपप्रमुख ४ सहित ११५ जना र बिर्तामोडमा प्रमुख ५ उपप्रमुख ४ सहित ११५ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार शिवसताक्षीमा २ प्रमुख र १ उपप्रमुख सहित ८५ जना, दमकमा ५ प्रमुख र ४ उपप्रमुखसहित ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेचीनगरमा ४ प्रमुख र ३…