
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १ बैशाख । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकाशका कामहरू पनि थप भइरहेको बताउनुभएको छ । नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उहाँले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभएको छ ।ुराजनीति पेसा हैन सेवा हो । त्यसमा पनि मैले भन्ने गरेको छु,‘जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ भनेर । प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको ब्यहोरा विदितै छ । आफू जिम्मेवारीमा…
बिर्तामोड, १ बैशाख । भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रू एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मंगलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपाट्स (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपाट्स सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय…
झापा, ३० चैत । जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच÷छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए । “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए । उनले जिल्लाका अस्पताल तथा होम आइसोलेशनमा समेत कोही नरहेको जानकारी दिए । रासस
मोरङ, ३० चैत । श्रोत नखुलेको भारतिय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतिय नागरिक ३७ बर्षीय अभिनास मुखिया, २९ बर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका(१ सुनसरीका ३८ बर्षीय सुरज ऋषिदेव र ३८ बर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गत २८ गते दिउँसो बिराटनगर(१५ वाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतिय रुपैयाँ तिन लाख आठ हजार पाँच सय बरामद गरेको छ । श्रोत नखुलेको अबैध भारतिय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला…
झापा, ३० चैत । नेपाली कांग्रेस झापाले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न टिकट वितरण र सिफारिसका लागि संसदीय वोर्ड गठन गरेको छ । पार्टीको विधान २०१७ संसोधन सहितको धारा ३१ एक को ‘ख’ बमोजिम जिल्ला संसदीय वोर्ड गठन गरेको हो । गठित संसदस्य वोर्डको सभापतिमा पार्टीका जिल्ला सभापति देउकुमार थेवे, वोर्ड सचिवमा कृष्ण हुमागाई र नवीन विमली रहेका छन् । त्यस्तै सदस्यहरुमा उपसभापतिद्वय शेरवहादुर भट्टराई, केशवराज पाण्डे, सहसचिवद्वय कालेन्द्र प्रसाद राजवंशी, कमल भण्डारी तथा सभापति पदका निकटतम प्रतिष्पर्धी राम कट्टेल रहेका छन् । जिल्ला सदस्यहरु मध्येबाट सभापतिले मनोनयन गर्ने पाँच जना बोर्ड सदस्यहरुमा रमेश दाहाल, पार्वता गिरी, भक्त खवास, लीला…
बिर्तामोड, ३० चैत । झापाको बिर्तामोडमा ब्लु मुन ओभरसिज नेपाल प्रालिको शाखा कार्यालय सञ्चालनमा आएको छ । डेढ दशकदेखि मेनपावर व्यवसायमा क्रियाशील युवा प्रकाश राईले ब्लु मुन ओभरसिजको शाखा कार्यालय सञ्चालनमा ल्याएका हुन् । वैदेशिक रोजगारीमा दुबई, साउदी, मलेसिया, बहराइन, कुवेत लगायतका खाडी मुलुकमा सर्वसुलभ ढंगले युवालाई पठाउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको शाखा प्रमुख राईले बताउनुभयो । ‘स्वदेशमै रोजगारको राम्रो अवसर नभएपछि कामको खोजीमा युवाहरु विदेश जानु बाध्यता नै भएको छ’, उहाँले भन्नुभयो, ‘त्यो बाध्यताका बीच राम्रो दाम र काममा नेपाली युवा जान सकुन् भनेर मेनपावर सञ्चालनमा ल्याइएको हो ।’ उहाँले उचित परामर्श लिएर मात्र युवालाई विदेश जान आग्रह गरे…
झापा, ३० चैत । नारी कल्याण समाज अर्जुनधाराले झापाको कचनकवल गाउँपालिकाका ९ वटा सामुदायिक विद्यालय र झापा गाउँपालिकाका ४ वटा सामुदायिक विद्यालयमा एक करोड ९० लाख बराबरको संरचनाहरु निर्माण गरी हस्तान्तरण गरेको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नारी कल्याण समाजको संयोजनमा उक्त संरचनाहरुको निर्माण सम्पन्न गरिएको अध्यक्ष प्रेमाकुमारी भट्टराईले बताएकी छन् । उनका अनुसार कचनकवल गाउँपालिका वडा नं. ५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुई कोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानी धारा निर्माण गरी हस्तान्तरण गरिएको हो । यसैगरी, महेन्द्ररत्न मावि कचनकवल वडा नं. ४ केचना, लक्ष्मीप्रसाद देवकोटा मावि कचनकवल वडा नं. २…
झापा, ३० चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल्ला, निर्वाचन क्षेत्रदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र खडा गरेको आयोगले आचारसंहिताको पालनामा कडाइ गर्न संयन्त्रलाई सक्रिय तुल्याएको जानकारी दिएका हुन् । उनका अनुसार चारवटै संयन्त्रले आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्नेछ। वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ। आयोगले आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा केन्द्रीयस्तरमा अनुगमन संयन्त्र खडा गरेको छ। सो समितिमा प्रधानमन्त्री…
झापा, ३० चैत । आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक बनाउन नेपाली सेना परिचालन गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते त्यस्तो निर्णय गरेको थियो । योजना स्वीकृतिका लागि चैत २४ गते नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र…
झापा, ३० चैत । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको मूल्य अकासिएको छ। घिउ र तेलमा मात्रै २६.३४ प्रतिशतले मूल्यवृद्धि भएको छ। तरकारीको भाउ १३.९६ प्रतिशतले बढेको छ। दुग्धजन्य उत्पादन तथा अन्डाको मूल्यवृद्धि ११.३० र दाल तथा गेडागुडीको १०.३० प्रतिशत छ । खाद्य बाहेकका गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा…