
झापा, ३० चैत । जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच÷छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए ।
“शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षणलाई नियमित गरिरहेको उनले बताए । उनले जिल्लाका अस्पताल तथा होम आइसोलेशनमा समेत कोही नरहेको जानकारी दिए । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



