झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला दुई दिनमा नेपालमा भएका घटनालाई हृदयविदारक भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेकोमा आफ्नो मन विचलित भएको जनाएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा नेपाली भाषामा लेख्दै नेपालमा शान्ति व्यवस्था कायम राख्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्रतापूर्वक अपील गरेका छन्। उनले लेखेका छन्,“आज दिनभरिको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरूको बारेमा विस्तृत छलफल भयो। नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ। नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण…

Read More

झापा, २५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ। काठमाडौँमा चर्किएको आन्दोलनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको हो। आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको छ। कम्पनीले यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ। देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ। टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ। सेवाका लागि तयार छौँः वायुसेवा…

Read More

झापा, २५ भदौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाले आज बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको…

Read More

झापा, २५ भदौ । आन्दोलनको आडमा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ। पक्राउ परेकाहरू काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। देशमा देखिएको सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै सेनाले विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि सेनाले समुदायसँग सक्रिय सहकार्यको आह्वानसमेत गरेको छ। काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरिएको छ। त्यस्तै, भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ। सेनाको सुरक्षा सन्देश: समुदायलाई चार आग्रहनेपाली सेनाले जारी गरेको सुरक्षा अपडेटमा…

Read More

झापा, २५ भदौ । नेपाली सेनाले जेनजी समूहलाई वार्ताका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बुधबार बिहान ८ बजेभित्र नाम उपलब्ध गराउन अनुरोध गरेको हो। सेनाको सन्देश प्राप्त भएपछि जेनजीका विभिन्न समूहहरूमा प्रतिनिधि चयनबारे छलफल तीव्र भएको छ। राजनीतिक तथा आर्थिक क्षेत्रका जानकार व्यक्तिहरूलाई प्रतिनिधि बनाउने विषयमा विचारविमर्श भइरहेको छ। नेपाल समूहमा हालै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, युवा नेता सागर ढकाल लगायतको नाम छलफलमा आएको छ। सागर ढकाल हाल धनगढीमा छन्। सो समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि संवाद गरेको थियो। तर श्रेष्ठले आफू पार्टीमा आबद्ध भएकाले जेनजीको तर्फबाट वार्तामा सहभागी हुन नसक्ने स्पष्ट…

Read More

झापा, २४ भदौ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्। सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन्। सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक…

Read More

झापा, २४ भदौ। जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

Read More

एजेन्सी, २४ भदौ । इजरायली सेनाले गाजा शहर तुरुन्तै खाली गर्न बासिन्दाहरूलाई आदेश दिएको छ । उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाहीअघि इजरायली सेनाले गाजा शहरलाई पूर्णरूपमा खाली गर्न आदेश दिएको समाचार संस्था एपीले जनाएको छ । अहिलेको युद्धमा शहर पूर्ण निकासीका लागि इजरायली सेनाले दिएको यो पहिलो चेतावनी हो । यसैबीच रक्षामन्त्री इजरायल काट्जले इजरायलले गाजामा ३० वटा अग्ला भवन ध्वस्त पारेको बताउनुभएको छ । ती भवनलाई हमासले सैन्य पूर्वाधारका रूपमा प्रयोग गरेको इजरायलको आरोप छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजो कम्तीमा ५० वटा ‘आतङ्ककारी टावर’ नष्ट गर्ने योजना रहेको बताउनुभएको थियो । पछिल्ला दिनहरूमा इजरायलले गाजा शहरका थुप्रै…

Read More

झापा, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताएका हुन् । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।

Read More

काठमाडौँ, २४ भदौ। राष्ट्रिय प्रजातन्त्र पार्टीको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामा दिएका छन् । राप्रपाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेको छ। यस सन्दर्भमा राप्रपाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको छ । आन्दोलनरत जेनजी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न राप्रपा सबैमा हार्दिक अपिल गर्दछ ।’

Read More