
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ फागुन । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आगोमा घिउ थप्ने काम गर्ने अनुमान गरिएको हो। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा तल मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ७।११ प्रतिशत तथा पुसमा ५।६५ प्रतिशत मुद्रास्फीति रहेको थियो । तर, जलवायु परिवर्तन, भू(राजनीति, आर्थिक गतिविधिमा भएको विस्तार आदिका कारण मूल्यमा निकै चाप पर्ने देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी…
झापा, १८ फागुन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी ९मेजर० को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००…
झापा, १८ फागुन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनुपूर्व नै मतपत्र छपाइ सुरु गर्ने जनाएको छ । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्ति गर्न सम्झौता गरिसकेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यक्रमबमोजिम मतदानको १५ दिनअघि छ हजार ७४३ वडामा मतपत्र पुर्याउन समस्या हुने भएकाले पहिले नै मतपत्र छाप्ने प्रक्रिया सुरु हुने बताए । आयोगले मतदान हुनुभन्दा १७ दिनअघि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । मतपत्रमा अन्तिम नामावलीबमोजिमका उम्मेदवार र चुनाव चिह्न राख्न समय अभाव हुने आयोगले जनाएको छ । आयोगले वैशाख ३० गतेका लागि निर्धारित मतदानभन्दा करिब एक…
झापा, १८ फागुन । मौनता, विरोध र समर्थनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएपछि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच जस लिने होडबाजी चलेको छ । दलहरूले वैदेशिक सहायताको रूपमा एमसीसी स्वीकारिएको प्रष्टीकरण दिँदै संसद्बाट पास गर्नुलाई ‘विकासप्रेमी’ कदमको रूपमा अथ्र्याएका छन् । एकपछि अर्को दलका नेताहरू पत्रकार सम्मेलन गरेरै खुसी साट्ने र जस लिने होडमा छन् । संसद्मा एमसीसी टेबुल भएर अनुमोदन हुँदासम्म मौन रहेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै एमसीसी अनुमोदन हुनुलाई सकारात्मक भएको प्रतिक्रिया दिए । अनुमोदन भएकोमा उनी खुसी देखिए । अझ अगाडि बढेर ओलीले भनेका छन्, ‘सम्झौता…
बिर्तामोड, १८ फागुन । हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ति पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरीएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले यस अभियानको तयारी,औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा,अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै बिर्तामोड नगरपालिकाका हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रमका फोकल पर्सन दिपक सापकोटाले बिर्तामोड नगर क्षेत्रभित्र रहेका १ लाख १० हजार ३५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी…
शरणामती, १८ फागुन । बढ्दो डिजिटल प्रयोगलाई आत्मसाथ गर्दै स्थानीय समाचारलाई प्राथमिकता दिने उदेश्यका साथ झापा गाउँपालिकाबाट झापा एक्सप्रेस डटकम नामक डिजिटल पत्रिका प्रकाशन सुरु भएको छ। झापा एक्सप्रेस मिडिया प्रालीबाट सञ्चालित झापा एक्सप्रेसले स्थानीय तहमा भएका गतिबिधीलाई पहिलो प्राथमिकतामा राख्ने प्रण लिएको प्रकाशक केशव चापागाईंले बताए।झपत्रकारिता धर्म र कर्तव्यमा खरो उत्रने संस्थाका रुपमा परिचित हुने लक्ष्य राखेको यस संचार संस्थाले सन्तुलितरुपमा समाचार सामग्री उत्पादन तथा प्रकाशन गर्ने जमर्को गर्नेछञउनले भने। झापा गाउँपालिकाबाट प्रकाशित पहिलो डिजिटल पत्रिका झापा एक्सप्रेस डटकमलाई उचाईमा पुर्याउन सबैको उत्तिकै सहकार्य र सहयोगको खाँचो छ भन्दै सबैको अमूल्य सहयोग र खरो सुझावको अपेक्षा सदैव रहनेमा चापागाईंले…
विर्तामोड,१७ फागुन । वीरता जेसीजको आयोजनामा मङ्गलबार महाशिव रात्रीको अवसर पारेर वितामोड बजार सरसफाई कार्यक्रम गरिएको छ । झापा गोल्डकपको तिब्र तयारी भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्धेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको वीरता जेसीजका महासचिव टीकाराम खतिवडाले बताउनु भयो । सरसफाई कार्यक्रम वीरता जेसीज, पूर्वेली युवा क्लव र झापा गोल्डकप सरसफाई समितिको संयुक्त आयोजनामा भएको हो । पाँचौं संस्करणको झापा गोल्डकपको पूर्वसध्यामा बिर्तामोड बजार सरसफाईको सुरुवात गर्दै वीरता जेसीसले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी लगाएत विभिन्न संघ संस्थाका साथै जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । वीरता जेसीजका अध्यक्ष प्रविन…
पूर्वको पशुपतिनाथ प्रसिद्ध अर्जुनधारा जलेश्वर धाममा आज बिहान शिवरात्रिको अवसरमा पूजा आराधाना गर्न भेला भएका भक्तजनहरू :- मङ्गलबार हिन्दू धर्मावलम्बीहरूले आराध्यदेव भगवान शिवको विशेष व्रत बसी विधिपूर्वक पूजाआजा गर्ने गर्छन् । फोटो फिचर- नवेश गुरुङ
एजेन्सी । अन्तरिक्षबाट खसेको एउटा उल्का पिण्ड कुकुरको खोरमाथि बज्रियो । उल्का पिण्ड खस्दा खोरको छानोमा प्वाल पर्यो । तर भित्र रहेको कुकुरलाई केही पनि भएन । अन्ततः छानो प्वाल परेको कुकुरको खोर तीन करोड रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुने भएको छ । उक्त खोरसँगै अन्तरिक्षबाट खसेका अन्य टुक्राहरूको पनि लिलामी हुने भएको छ । बेलायती पत्रिका द सनका अनुसार उक्त खोरको छानोमा ७ इन्चको एउटा सानो प्वाल परेको छ । सन् २०१९ मा एगस जराकसमा उक्त उल्का पिण्ड खसेको थियो । अमेरिकाको न्युयोर्कस्थित क्रिस्टी लिलामघरले उल्का पिण्ड खसेर प्वाल परेको खोरसँगै उल्का पिण्डहरू समेत लिलामी गर्न लागेको छ ।…