झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ फागुन । काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिन थालेपछि त्यसको नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको छ । पशु सेवा विभागमा शुक्रबार केन्द्रीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समितिको आकस्मिक बैठक बसेको थियो । सो बैठकले विभिन्न ठाउँमा देखिएको बर्डफ्लु रोगलाई कसरी नियन्त्रण गर्ने तथा विज्ञ कसरी परिचालन बारेमा निर्णय गरेको विभागका महानिर्देशक डा। लेखराज दाहालले जानकारी दिए । विभिन्न ठाउँबाट आएको नमुना परीक्षण गर्दा सिन्धुपाल्चोक, कास्की, उदयपुर र लमजङमा बर्डफ्लु भएको पुष्टि भएको छ । समितिले सङ्क्रमण देखिएको ठाउँमा तत्कालै आकस्मिक रोग अन्वेषण कार्यदललाई पठाउने निर्णय भएको विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताए । बर्डफ्लु रोग नियन्त्रण नियमावलीअनुसार…

Read More

झापा, १५ फागुन । सत्तारूढ गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अन्ततः वैकल्पिक विधिबाट एमसिसी पारित गर्न तत्पर भएका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्न तत्पर भएको स्रोतको दाबी छ। नेपाली काँग्रेसका महामन्त्री गगन थापा, माओवादी केन्द्रका नेता शक्ति बस्नेत र अधिवक्ता गोविन्द बन्दीको टोलीले एमसिसीबारे व्याख्यात्मक टिप्पणीको ड्राफ्ट तयार पारिसकेको छ। सो विषयमा राति अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू छलफलमा जुटेका थिए। देउवासँगको सो विषयमा कुराकानीपछि शनिबार राति नै खुमलटारमा दाहाल, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र…

Read More

झापा, १५ फागुन । युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको छ । जर्मनीस्थित नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समूदाय तथा गैर नेपाली संघसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास गरिरहेको छ । भर्चुअल बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले अहिलेसम्म २ सय १९ जना नेपाली सम्पर्कमा आएको जानकारी दिए । उनले १० जना नेपालीलाई यात्रा अनुमतिपत्र पनि उपलब्ध गराएको जानकारी दिनुभयो । पोल्याण्ड, हंगेरी, रोमानिया र स्लोभाकियालगायतका नजिकैका देशहरूमा रहेका…

Read More

झापा, १५ फागुन । मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘हत्यामा संलग्न रहेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा नाङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै…

Read More

भद्रपुर, १४ फागुन । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटी, प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ । शहीद सप्ताहको अवसरमा भद्रपुर–५ को वडा कार्यालय अगाडि एमसीसीबारे आमजनताको मत सर्वेक्षण गरेको हो । नगर अध्यक्ष शिवकुमार राजभण्डारीले मुलुकका लागि घातक एमसीसी परियोजना हाल संसद्मा प्रस्तुत भएकाले सोको विरुद्धमा जनमत संकलन गरिएको बताए । दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म गरिएको मत सर्वेक्षणमा १५४ जनाले मत खसालेका थिए । जसमध्ये १४९ मत चाहिँदैन, ४ मत चाहिन्छ र १ मत खाली (तटस्थ) खसेको थियो । छोटो अवधिमा गरिएको मत सर्वेक्षणमा ९७ प्रतिशतको मत…

Read More

झापा, १४ फागुन । झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ । झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ । बिहीबार र शुक्रबार जिल्लाका तीन ग्यास उद्योग र पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए । “बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रुपमा बढाएका छौँ”, अनुगमन समितिका संयोजक न्यौपानेले भने, “कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ, तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर…

Read More

झापा, १५ फागुन । काठमाडौं फागुन १३ (नागरिक) प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन गर्न सकारात्मक नभएका बेला प्रमुख प्रतिपक्षी एमालेसमेतको साथ लिएर नेपाली कांग्रेस अघि बढ्ने कसरतमा जुटेको छ। त्यसका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा जुटे पनि शुक्रबार साँझसम्म दुई दलबीच ठोस सहमति बनेको छैन । बिहीबार एमसिसी सम्झौताको विपक्षमा उभिने स्पष्ट संकेत गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने शुक्रबार आफ्नो अडानबाट केही लचिलो देखिएका छन्। सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी…

Read More

बिर्तामोड, १५ फागुन । झापाको बिर्तामोड नगरपालिकाका–८ स्थित प्रगतिनगर–शंखरबाडी टोल जाने सडक ग्रेडर लगाएर भत्काइएको छ । गुणस्तरहीन कालोपत्रे गरिएको भन्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले शुक्रबार ग्रेडर लगाएर सडक भत्काउन लगाउनु भएको हो । कालोपत्रे गरिएको सडकको अनुगमनमा पुग्नु भएका नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन सडक निर्माण गरिएको बताउनुभयो । “कालोपत्रेको नाममा झारो टार्ने काम भयो”, उहाँले भन्नुभयो, “गणस्तरहीन कालोपत्रे गरिएकाले भत्काउनुको विकल्प थिएन ।” गुणस्तरीय काम गर्न नसक्ने ठेकेदारहरुले विकास निर्माणको काममा हात नहाल्न उहाँले आग्रह गर्नुभयो । मापदण्ड विपरीत काम गर्नेहरुलाई बिर्तामोड नगरपालिकाले छुट नदिने उहाँले स्पष्ट पार्नुभयो । २५० मिटर लम्बाई, २० फुट चौडाइएको…

Read More

विर्तामोड,१४ फागुन । चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप ७ मा झापा विर्तामोडका नाम्गेल तामाङ प्रवेश गरेका छन् । झापा बिर्तामोड नगरपालिका–९ का नामगेल तामाङलाई जिताउन उनका सहयोगी शुभचिन्तकहरुले झापाका विभिन्न स्थान लगाएत जिल्ला बाहिर पनि व्यापक भोटिङ अपिल सहित प्रचार प्रसार गर्दै आएका छन् । सबै विधाका गीत गाउन सक्ने उनी सानैदेखि गायन कलामा अब्बल तामाङ सामाजिक सञ्जाल र युट्युवमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगेतिक क्षेत्रमा चम्किलो तारा हुन् । उनले आफूलाई जिताउन धेरै भन्दा धेरै भोट गरिदिन अनुरोध गरेका छन् ।”मैले आफ्नो उत्कृष्ट प्रस्तुती दिन सक्दो प्रयास गरिरहेको छु र गरिरहनेछु ।…

Read More

इलाम, १३ फागुन । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ । निजी जमिनमा जानका लागि सडक निर्माण गर्दा चिया बगानको जमिन प्रयोग गरिएको भन्दै स्थानीय युवाले विरोध सुरु गरेका छन् । निजी जमिनमा जाने सडकसमेत चियाबारी मासेर निर्माण भएपछि स्थानीय युवा र कन्याम चिया विकास निगमले उक्त सडक केही…

Read More