झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ फागुन । झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ वर्षीया शिवमाया दाहाल रहेकी छन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र। १ (०१(०१२ प ५९९८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेकी दाहाललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते दाहालको द्य७ऋ अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती सँवा १२ बजे मृत्यु भएको हो । मोटरसाईकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक झापा बुद्धशान्ति गाऊपालिका १ भोटेटारका २१ बर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भईरहेको ईलाका प्रहरी…

Read More

झापा, १२ फागुन । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाऊपालिका ४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ बर्षीय उतम बर्देवा रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

मेचीनगर, ११ फागुन । झापाको मेचीनगर नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भने एक जना घाइते भएका छन । मंगलबार राति करिब ९ बजे पैदल यात्री मेचीनगर–८ का १९ वर्षीय श्याम मगर र १७ वर्षीय बलबहादुर मगरलाई मे.१०प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेमध्ये श्यामको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । घाइते बलबहादुरको उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल र चालक मेचीनगर–१० का अभिजित सिटौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Read More

बिर्तामोड, ११ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हराएको रकम, ल्यापटप सम्बन्धित धनीलाई बुधबार बुझाएको छ । बिर्तामोडको मनमोहन अस्पतालबाट अटो रिक्सामा देवी पञ्चकन्या जानेक्रममा बिर्तामोड–१ का रमेशकुमार झाको नगद एक लाख, ल्यापटप, मोटरसाइकलको ब्लूबुक र पसलको चाबी भएको ब्याग हराएको थियो । सीसी क्यामेराको फुटेजका आधारमा अटो रिक्साको नम्बर पत्ता लगाएर सामान फिर्ता लिएर झालाई बुझाइएको झापा ट्राफिक प्रमुख निशेष चापागाईंले बताए । पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरि बाँस्कोटाले प्रहरीले दिएको अटोको नम्बरको आधारमा चालकलाई सम्पर्क गरेका थिए । धनकुटा घर भई हाल शनिश्चरेमा बस्दै आएका यादव राईले चलाउँदै आएको मे.१ह ६५१६ नम्बरको अटोमा झाको सामान छुटेको…

Read More

मोरङ, ११ फागुन । मोरङको विराटनगर महानगरपालिका–१२ स्थितबाट ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का कुनाल सिंह रहेका छन । हिजो बेलुकी पौने ५ बजे विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउनसुगर ३२ ग्राम, डिजिटल तराजु १ थान, को ३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित नियण्त्रणमा लिएको हो । ब्राउनसुगरसहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

उदयपुर, ११ फागुन । उदयपुरको त्रियुगा नगरपालिका–६ स्थित पोखरीमा एक जना महिलाको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ५६ वर्षीया नाक्सीमाया परियार रहेकी छिन । हिजो दिउँसो पौने १२ बजे जलजले स्थितमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुवी परियारको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

सुनसरी, ११ फागुन । सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारी स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–८ का ६० वर्षीय भरत सहनी रहेका छन । हिजो बेलुकी पौने ५ बजे प्रदेश २–०३–००१ नम्वरको ट्रकको ठक्करबाट घाईते भएका साईकल यात्री सहनीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक सर्लाही लालबंदीका ५४ बर्षीय लासाङ दोर्जे जिम्वालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, ११ फागुन । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यथास्थितिमा एमसिसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो । एमसिसी टेबुल भयो तर उसले सरकार भने छाडेको छैन। नेकपा एकीकृत समाजवादीले निरन्तर बैठक राखी एमसिसीविरुद्ध मोर्चा कसेको अनुभूति हुनेगरी निर्णय गरिरहेको छ। उसको आइतबार बसेको स्थायी कमिटी बैठकले एमसिसी संसद्मा पेस गर्न दिने तर अनुमोदन भने गर्न नसकिने निर्णय गरेको थियो। ।…

Read More

झापा, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘जेन्टल एग्रिमेन्ट’ भएको दाबी गरिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पु(याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ ।…

Read More

झापा, ११ फागुन । रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित युद्धका कारण एलसी खोलिसकिएको सामान नआउने हो कि भन्ने त्रासमा छन् । युक्रेनका कम्पनीहरूलाई चाँडो माल पठाइदिन अनुरोध गर्दा त्यहाँका जहाज कम्पनीहरूले विलम्ब गरिरहेको व्यवसायीहरूले बताएका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले एलसी खोलेर सामान मगाइएको तर सम्भावित युद्धका कारण त्यहाँबाट त सामान डिसप्याच नभएकाले चिन्ता थपेको बताए । उनले भने, ‘युद्ध शुरू भइहाल्यो भने त्यहाँको कम्पनीले सामान…

Read More