
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको ती दम्पतीले बताएका छन् । मिडल स्याकभिलेका ट्रेभर र अउद्राले ती जोडीको कुकुरले सातवटा छाउरा छाउरी पाएपछि प्रश्रवको काम सकिएको बताए । तर कुकुरले अर्को बच्चा समेत जन्माउने तयारी गरेको छ । ‘फ्रेयाले आठौं बच्चा पाइ । हामीले उनलाई धोइ पखाली गरेर सुकाउन थाल्यौ र नयाँ बच्चा हरियो रंगको भएको पायौ । यसको लगत्तै केही गलत भएको हामीले पायौ । त्यसपछि हामीले यसलाई गुगलमा राख्यौ, मेरो…
झापा, १९ फागुन । आगामी आर्थिक वर्ष (आव) २०७९–८० को बजेट निर्माणको तयारी भइरहेका बेला विभिन्न मन्त्रालय र सम्बद्ध निकाय बढी बजेट हात पार्न दौडधूपमा लागेका छन् । चालू आवको भन्दा बढी बजेट हात पार्न विभिन्न निकायले पहल गरिरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । यतिखेर बढी बजेट प्राप्त गर्न सबभन्दा बढी शहरी विकास र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कसरत गरिरहेको पाइएको छ । यी मन्त्रालयले चालू बजेटभन्दा बढी बजेटको चाहिने भन्दै लबिङ गरिरहेका छन् । शहरी विकास मन्त्रालयका अनुसार आगामी आव २०७९र८० का लागि योजना आयोगले दिएको सिलिङभन्दा बढी बजेट आवश्यक छ । ठूला आयोजना केन्द्रित गरेर बजेट…
झापा, १९ फागुन । झापाको शिवसताक्षी उद्योग बाणिज्य संघको अध्यक्षमा याम काफ्ले निर्वाचित भएका छन् । बुधबार सम्पन्न निर्वाचनको बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक–प्रगतिशील व्यवसायीको संयुक्त प्यानलका उम्मेदवार काफले विजयी भएका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेशकुमार मिश्र, उद्योग उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, बाणिज्य उपाध्यक्षमा कृष्णप्रसाद खरेल, महासचिवमा टंकप्रसाद मैनाली, उद्योग सचिवमा बेदप्रसाद थपलिया, बाणिज्य सचिवमा भोजराज ढकाल, कोषाध्यक्षमा विष्णु कुमारी चौलागाई विजयी भएकी छिन् । १२६० मतदाता रहेको शिवसताक्षी उद्योग वाणिज्य संघमा १२०९ मत खसेको थियो ।
झापा, १९ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले आयोगमा दर्ता गराएको थियो। दल दर्ता गराए पनि मौजुदा कानुनी प्रावधानले गर्दा ती दलले आफ्नो दलको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने स्थिति रहेको छ। हाल आयोगबाट मान्यता पाएका दलको संख्या १ सय १० पुगेको छ। स्थानीय तह निर्वाचन ऐन(२०७३ र राजनीतिक दलसम्बन्धी नियमावली(२०७४ ले राष्ट्रिय मान्यता प्राप्त ६ वटा…
झापा, १९ फागुन । नेपालको निजामती प्रशासनमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । हाल रहेका १ लाख बढी निजामती कर्मचारीमा ३० प्रतिशत कर्मचारी मात्रै काम र पेसाप्रति जिम्मेवार रहेको पाइएको हो । सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । सो अध्ययनअनुसार नेपालमा विशेषगरी पाँच प्रकारका कर्मचारी रहेका छन् । जसअनुसार पहिलो प्रकारमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउँदै पढ्ने र पढाउने काममा व्यस्त हुने कर्मचारी रहेका छन् । उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् । दोस्रो प्रकारमा कुनै…
झापा, १९ फागु्न । राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ । उक्त मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएकोमा मन्त्रिपरिषद्ले लागू गर्ने अधिकार मन्त्रालयलाई नै दिएको बताए। । उनले भने, “सो मापदण्ड मन्त्रालयले तयार गरी सचिवबाट स्वीकृत भइसकेको छ । अब मन्त्रीबाट स्वीकृत भई मापदण्ड लागू गरिने छ । अब मन्त्रालयले छिट्टै नै सो मापदण्ड जारी…
भद्रपुर, १९ फागुन । भद्रपुर मारवाडी महिला तथा युवती मञ्चले बुधबार भद्रपुर ६ स्थित शारदा आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । मारवाडी महिला मञ्चकी अध्यक्ष निकी अग्रवालको नेतृत्वमा गएका पदाधिकारीसहितको टोलीले विद्यालयका २२० विद्यार्थीलाई कपी, पेन्सिल, लेजर लगायतका शैक्षिक सामग्री वितरण गरेको हो । महिला तथा युवती मञ्चले अमावस्या (औँसी), पूर्णिमा र मञ्चमा आबद्ध सदस्यहरूको जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसरमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको मञ्चकी अध्यक्ष अग्रवालले बताइन् । बुधबार औँसी परेकोले विद्यालयलाई शैक्षिक सामग्री र खिचडी वितरण गरेको अग्रवालले बताइन् । गत माघदेखि सुरु गरिएको यस अभियानलाई नगर क्षेत्रभित्र निरन्तरता दिँदै लैजाने उनले बताइन् ।…
विराटनगर, १८ फागुन । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समाजको उन्नयनमा महिलाको भूमिका महत्पूर्ण रहेको बताउनु भएको छ । अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारि सामाजिक विकास मन्त्रालयले आयोजना गर्ने कार्यक्रमबारे आज विहान सरोकारवालावीच आयोजित छलफल कार्यक्रममा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले महिलामाथि हुने विभेद विरुद्ध शुरु भएको आन्दोलनको सम्झनामा हरेक वर्ष मनाईने अन्र्तराष्ट्रिय महिला दिवसलाई व्यापक रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो । मन्त्री यादवले औपचारिकतामा मात्रै नभएर सिर्जनात्मक रुपमा दिवस मनाउनु पर्ने उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले आगामी मार्च ८ का दिन प्रभातफेरि र दीपप्रज्वलन गरि मनाईने निर्णय भएको सामाजिक विकास मन्त्रालय…
कटहरको यो तस्वीर बीबीसीका पत्रकार रिकार्डो सेनेराले खिचेका थिए, जुन उनको मुलुक ब्राजिलमा ट्वीटरमा भाइरल बनेको छ । यो तस्वीरलाई १ लाखपटक शेयर गरिएको छ । लण्डनको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बजारको रुपमा रहेको बोरो मार्केटमा यो कटहर १६० पाउण्ड अर्थात् २५ हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भैरहेको थियो । कटहरको यो मूल्यले ट्वीटरमा मानिसहरूको सातो लिइरहेको थियो । कतिपय ब्राजिलियनहरूले त आफू अब कटहर बेचेर करोडपति बन्नका लागि ब्राजिल जान लागेको टिप्पणी गरेका थिए । ब्राजिलमा कटहर निकै सस्तो मूल्यमा पाइन्छ र गोटाको अधिकतम १ सय रुपैयाँसम्म पर्दछ । धेरै ठाउँमा त सित्तैमा तथा सडकमै कुहिएको पनि…
सुनसरी, १८ फागुन । सुनसरीको गढी गाउँपालिका–६ स्थितमा ट्रयाक्टरको ठक्करबाट १ जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गढी–६ का ७० बर्षीय हरिलाल मगरदैता रहेका छन् । हिजो राती ९ बजे प्रदेश १–०२–००३ त नम्वरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसीरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर लागि घाईते भएका मगरदैताको उपचारको क्रममा बिराटनगर स्थित बिराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । सवारी दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ ।